नेपाली छात्रालाई अस्ट्रेलियामा ग्लोवल सिटिजन अवार्ड


1155मेलवर्न । नेपाली छात्रा राशी सिंहलाई अस्ट्रेलियाको भिक्टोरिया राज्य सरकारले ग्लोवल सिटिजनसिप अवार्डँले सम्मान गरेको छ । मेलवर्नको पश्चिम ब्रान्सविक सेकेण्डरी कलेजमा १२ कक्षामा अध्यनरत सिंहलाई राज्यका शिक्षा मन्त्री मार्टीन डिक्सनले गएको मे २३ का दिन पार्लियामेण्ट हाउसमा आयोजित कार्यक्रममा उक्त सम्मन प्रदान गरेका थिए । स्थानिय र अन्तराष्ट्रिय विद्यार्थीहरु बीचमा भाइचार र मित्रता बढाउन सक्रिय रहेकोले सिंहलाई उक्त सम्मन गरिएको विद्यालयले जनाएको छ ।

सन् २००९ अस्ट्रेलिया आएकी सिंह आठ काक्षादेखि उक्त विद्यालयमा अध्ययनरत छिन् । हरेक वर्ष विद्यालयमा अध्ययनरत बिभिन्न समुदायका विद्यार्थीमाझ उनले बहुसाँस्कृतिक महोत्सव, खेलकुद र खाना महोत्सव आयोजना गरिरहेकी छिन् । राशी भन्छिन, ‘यो वर्ष विद्यालय परिवार, अभिभावक र स्थानिय समुदायलाई भेला गरेर नेपाली खानाको महोत्सव गर्दै छु ।’

इन्टर स्कुल क्याप्टेन समेत भएकी सिंहले नेपाली चाडपर्वहरु दशै तिहारको ’boutमा सर्ट फिल्म बनाएर प्रदर्शन समेत गरेको एयु नेपाललाई बताइन । उनी नेपालमा हुँदा प्रहरी विद्यालय साँगामा विद्यार्थी थिइन । भविष्यमा ब्यवस्थापन विषय पढ्ने लक्ष्य लिएकी सिंह अहिले बुवा राजेश सिंह र आमा रेखा सिंह सँगै मेलवर्नमा बसिरहेकी छिन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.