खेताला पाउनै मुस्किल


बेलैमा मनसुन सुरु भयो । खडेरी हुने ठाउँमा पनि पर्याप्त पानी छ । तर काम गर्ने खेताला नहुँदा किसान समस्यामा परेका छन् । सबैतिर एकैपटक रोपाइँको चाप बढेकाले किसान खेताला नपाउने समस्याले हैरान छन् ।  विशंखुनारायण विष्टछाप मधुसूदन विष्टले सबैतिर एकैपटक रोपाइँ सुरु भएकाले खेताला अभाव भएको बताए । ‘खेताला तानातान छ, नपाएपछि घरपरिवार नै जुटेर जेनतेन काम भ्याउनुपरेको छ,’ उनले भने । एकैपटक सबैतिर कामको चाप बढेकाले छिमेकीबीच पर्म जान पनि सम्भव नभएको उनीहरू बताउँछन् ।

कृषि कार्यालय ललितपुरका अधिकृत लेषबहादुर केसीले रोपाइँमा काम गर्ने प्रतिखेताला ज्याला ७ सय रुपैयाँसम्म पुगेको बताए । उनले भने, ‘जनशक्ति नहुँदा खेतीमा लागत बढेको छ ।’ विशंखुनारायण र गोदामचौर गाविसका खेतमा आधाजसो भाग रोपाइँ भइसकेको छ । लुभु, सिद्धिपुर, इमाडोल लगायतका क्षेत्रमा विगतका वर्षमा कुलोको पालो कुर्नुपर्नेमा यसपालि त्यो परेको छैन ।

गोदावरीको सिमसार क्षेत्र ’round फाँटमा रोपाइँ सुरु भएको छ । ठैबका केहीबाहेक सबैजसो फाँटमा रोपाइँ सकिएको छ । खेतमा काम गर्ने लाठेको काम सजिलो ठाउँमा ट्याक्टरले धानेको छ । ट्याक्टरले एक घन्टा जोतेको कम्तीमा ५ सय रुपैयाँ लिन्छ । थोरै खेत हुनेलाई यसले घाटा हुने किसान बताउँछन् । ठैबमा आली लगाउँदै गरेका किसान भाइकाजी डंगोलले तीन दिन दौडधुप गर्दा पनि खेताला नपाएको बताए ।

‘भनेको बेलामा काम गर्ने मान्छे पाइन्न, पाए पनि महँगो पैसा तिर्नुपर्ने बाधयता छ,’ उनले भने, ‘खर्च पनि नउठ्ने डर छ ।’ वैशाखदेखि नै दिनहुँजसो झरी परेका कारण चाँडै रोपाइँ सुरु भएकाले खेताला खोसाखोस भएको हो । प्रायः असारको पहिलो सातादेखि रोपाइँको व्यस्तता सुरु हुने भए पनि यसपालि उपत्यका ’roundका खेतमध्ये दुई तिहाइभन्दा बढी भागमा रोपाइँ सकिएको छ ।

काठमाडौं ’roundका गाउँहरूमध्ये मुहाननजिकै भएको क्षेत्रमा छिटो रोपाइँ सुरु हुन्छ । पालो बाँड्दै जाँदा तल्लो भेगका किसानले साउन नलागी रोपाइँ गर्न पाउँदैनथे । यसपालि सैबु, भैंसेपाटी, खोकना, बुङमतीमा पनि असारको दोस्रो सातामै रोपाइँ सुरु भएको छ । लेलेको धेरैजसो भागमा रोपाइँ सकिएको छ । भोर्लेर् राजकुलो मर्मत भएका कारण बुङमतीवासीले पनि झन्डै दुई साताअघि नै रोपाइँ गर्न थालेका छन् । विगतका वर्षमा उनीहरूले वाग्मतीको फोहोर पानी पम्प गरेर रोपाइँ गर्थे । यसपालि केही फाँटमा मात्रै पानी पम्प गरिएको छ । बेलैमा रोपाइँ सुरु भएकाले यसपालि खेतीयोग्य जमिन बाँझो नरहने कृषि कार्यालयका प्राविधिकहरू बताउँछन् ।

कृषि कार्यालयका अधिकृत केसीले उपत्यकाभित्र ८० प्रतिशतभन्दा बढी फाँटमा रोपाइँ भएको बताए । पहाडको अनुपात अलि कम रहेको उल्लेख गर्दै उनले जिल्लाभर ७० प्रतिशतभन्दा बढी रोपाइँ भइसकेको बताए । ललितपुरमा ४ हजार ६ सय हेक्टर जमिनमा धानखेती हुन्छ । प्लटिङका कारण धानखेती हुने जग्गा र कुल उत्पादन घट्दो छ । तर यसपालि धानको बिरुवा सानै हुँदा रोपाइँ भएकाले उत्पादकत्व बढ्न सक्ने प्राविधिकहरू बताउँछन् । अहिलेकै अनुपातमा पानी परे दुई साताभित्र सबैजसो ठाउँमा रोपाइँ सकिने केसीले बताए ।भक्तपुर च्यामासिंहमा रोपाइँ गर्ने तयारीमा महिलाहरू । असार १५ धान दिवसका रूपमा मनाइन्छ ।

Source:ekantipur

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.