सहृदयी सरिता


जनकराज सापकोटा
image.phpकाठमाडौ, असार १३ – पोखराकी चेली सरिता गुरुङ, २६, का फेसबुकमा पाँच हजारभन्दा धेरै साथी छन्। फेसबुककी अम्मली उनी अरू प्रयोगकर्ताजस्तै लाइक, कमेन्ट र पोस्ट गर्छिन्। तर, फेसबुकमा उनको उपस्थिति साथीभाइसँग जिस्किनु, ख्यालठट्टा गर्नु र आफ्ना कुराहरू भन्नुमा मात्र सीमित छैन। काठमाडौँको एक वैदेशिक रोजगारसम्बद्ध संस्थाकी जनसम्पर्क अधिकृत सरिता फेसबुकबाट समाजसेवाको क्षेत्रमा सक्रिय छिन्।

उनी दुःख पाएका, पीडा खेपेका, पैसाको अभावमा उपचार खर्च बेहोर्न नसकेर जीवन-मरणको दोसाँधमा रहेकाहरूलाई आर्थिक सहयोगको खोजी गर्छिन्। त्यसको माध्यम भनेकै फेसबुक हो। त्यसैले अफिसको कामबाट फुर्सद मिल्नेबित्तिकै फेसबुकमा झुम्मिन्छिन्। बिदाको दिन भने जम्मा भएको सहयोग बोकेर हिँड्छिन्। साढे दुई वर्षदेखि फेसबुककी सक्रिय प्रयोगकर्ता रहेकी सरिताकै पहलमा दर्जनौँले आर्थिक सहयोग पाइसकेका छन्। उनी मान्छेका दुःख, पीडा र पैसा नभएर बल्भिmएका समस्यालाई मन छुने भाषामा लेखेर सहयोगको अपिल गर्छिन्।

उनी दुःखी र असहायहरूलाई सहयोग कत्तिको आवश्यक छ भन्नेचाहिँ अखबारमा छापिएका समाचार र ती समाचार लेख्ने पत्रकारसँगको सम्पर्कपछि निक्र्यौल गर्दिरहिछन्। एक वर्षअघि उनले मिर्गौला रोगबाट पीडित कास्कीको भाचोक गाविसकी बुद्धिमाया गुरुङलाई आर्थिक सहयोग जुटाइदिइन्। कतारमा रहेका बुद्धिमायाका जेठाजुले पैसाकै कारण मिर्गौला रोगी बुहारी उपचारको अभावमा छटपटाएको भन्दै फेसबुकमा स्ट्याटस लेखेका रहेछन्। त्यसले सरितालाई बेचैन बनायो। त्यसपछि उनले फेसबुक अभियान नै चलाइन्। झन्डै १२ लाख संकलन गरी बुद्धिमायाको हातसम्म पुर्‍याएको फोटो पनि उनले फेसबुकमै राखिन्। भन्छिन्, “त्यसो गर्दा दाताहरूलाई विश्वास हुँदो रहेछ।”

एउटा सफलताबाट हौसिएकी सरितालाई लाग्यो, संसारमा दुःखी मान्छेहरू मात्रै छैनन्, दुःखीलाई सेवा गर्न चाहनेहरू पनि छन्। उनको अनुभवले भन्छ, मान्छेहरू आफ्नो सहयोगको सदुपयोगको ग्यारेन्टी खोज्दा रहेछन्। त्यही भएर उनी सहयोग रकम कति उठ्यो ? के के काममा खर्च भयो ? सबै तथ्य र विवरण फेसबुकमै प्रस्टसँग राख्छिन्।

उनको बुझाइमा सहयोगदाताको पहिलो सर्त नै पारदर्शिता हुने गर्छ। गैरसरकारी संस्थाहरू अपारदर्शी हुँदै गएका र कामभन्दा धेरै कुरा गर्ने बानी मौलाएका कारण दाताहरू आफ्नो सहयोग सम्बन्धित व्यक्तिसम्म सोझै पुगोस् भन्ने चाहन्छन्। भन्छिन्, “मैले त्यही काम गरेकी हुँ।”

दोलखा, चरीकोटकी बुद्धिमाया थामी, ८४, र उनका पति बहादुर थामी, ८१, गाँस, बास र कपासको अभावमा भौँतारिएको समाचार पढेपछि उनले सबैलाई सहयोगका लागि गुहारनि्। १७ हजार रुपियाँ अनि केही थान लुगाफाटा जम्मा भयो। बिदाको दिन पारेर चरीकोट पुगिन्, सहयोग हस्तान्तरण गरनि् र त्यसै दिन काठमाडौँ फर्किन्। अपरिचित र अनपेक्षित व्यक्तिबाट सहयोग पाउँदा दुःखीहरूको अनुहारमा फैलिने खुसीले सरितालाई ऊर्जा दिँदो रहेछ। भन्छिन्, “सहयोग पाउँदा धेरैजसो खुसी थाम्न नसकेर रोएका छन्।”

सरिताले पोखराको सेती बाढीपीडितलाई सहयोग रकम जुटाउन पनि फेसबुकबाटै अनुरोध गरनि्। दुई चरणमा गरेर २ लाख ३५ हजार रुपियाँभन्दा धेरै रकम संकलन भयो। त्यो पैसा उनले पीडितहरूको हातमा थमाइदिइन् र बदलामा आशीर्वाद र सन्तुष्टि पाइन्। गरिबीका कारण चौतारीमा बास बस्न बाध्य चितवनका वृद्धवृद्धालाई पनि सरिताले फेसबुकमार्फत नै पैसाको जोहो गरिदिइन्।

समाजसेवाको यात्रामा सरितालाई सघाउने अधिकांश डायस्पोराका नेपालीहरू नै छन्। किन नेपाल बाहिरकाले नेपालीको दुःख देख्नेबित्तिकै सहयोग गर्छन् ? सरिता भन्छिन्, “संसारमा दुःख र अभाव भए पनि सहयोगी हातहरूको पनि कमी छैन। तर, सहयोग दिनेहरूलाई विश्वासमा भने लिन सक्नुपर्छ।”

अहिले भने सरिता १२ वर्ष अर्घाखाँचीमा बसेर सेवा गरेका चिकित्सक चित्रप्रसाद वाग्ले, जो भारतमा क्यान्सर रोगको उपचार गराइरहेका छन्, लाई आर्थिक सहयोग जुटाउन लागिपरेकी छन्। १० दिनमै झन्डै एक लाख रुपियाँ सहयोग उठेकाले उनी उत्साहित छिन्। भन्छिन्, “सदुपयोग भएको देखेपछि मान्छेहरू सहयोग गर्न झनै तत्पर हुँदा रहेछन्।”

– नेपाल साप्ताहिक

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.