प्रेम कटवाल (खोटांग)
आफ्नै छाँया पराई भयौ, कि मलाई छोड़्यौ कित।
जवानिका उन्माद सँगै, पाईला अन्तै मोड्यौ कित।।
बिबशता यो पलपल हरपल, तिम्रै यादमा तड्पिनु म।
अन्त्य सँगै भरोषाको, साईनो अन्तै जोड़्यौ कित।।
अठोट् हाम्रो सँगै जिउने, जनम्- जनम् चखेवा झै।
बाचा-कशम देउरालीका, ठट्टा संझि तोड्यौ कित।।
नौं दीनमा भन्छन नौलो, बीस दीनमा बिर्सिन्छ रे।
जलाएर हाम्रो बिश्वाश, पराई घुम्टो ओड्यौ कित।।
रोपि यता प्रेमको फूल, छैन संभार मलजल।
बगैंचा त्यो पराईको, आफ्नै ठानि गोड्यौ कित।।