सुरेश गुरुङ, कुबेत
हाम्रो संस्कृति हाम्रो परम्पार भन्ने नाराको साथ बिगत तीन बर्षदेखी नेपाली समाजमा नेपाली संस्कृतिलाई जगेर्ना गर्दै र प्रबासी नेपालीहरुलाई बेला बेलामा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्दै मनोरन्जन दिदै आएको साँस्कृतिक संस्था लालीगुराँस साँस्कृतिक परिवारले यही आगामी जुलाईको ५ शुक्रबारका दिन कुबेतको रिदम कम्युनिटि हल आबसियामा आफ्नो तेस्रो वार्षिकोत्सव मनाउन्र भएको छ ।
वार्षिक उत्सब एउटा आफैमा महत्वपूर्ण दिन हो जस्ले कुनै पनि संस्थाको ईतिहास र संस्थालाई हुर्काउन सहयोग गर्ने अबिभाबकहरुको सम्झना गराउँछ । यस वार्षिकउत्सब कार्यक्रमलाई सफल पर्नको लागि साउण्ड सिस्टम माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका संरक्षक धर्मराज गिरी, ब्यानार किराँत याक्थुङ चुम्लुङ कुबेत, जन्मोत्सवको केक समिर शाक्य, जालपान मित्रता जोडी बि.बी र डिबी र ब्याज दिपक खिम्दीङ लिम्बुले स्पोन्सर गर्नु हुने भएको छ ।
वार्षिकोत्सवमा कुबेतका सम्पूर्ण नेपाली सँघ-संस्थाहरु, समाजसेबी तथा पत्रकारहरुलाई उपस्थितीको लागि अनुरोध गरिएको संस्थाका महासचिव डिबी लोप्चनले बताउनु भएको छ ।
आयोजक: लालीगुराँस साँस्कृतिक परिवार कुबेत
मिती : ५ जुलाई २०१३ शुक्रबार
स्थान : रिदम कम्युनिटि हलमा आबसिया
समया : दिन को २ बजे