राति चुनाव प्रसार गर्न नपाइने


निर्वाचन आचारसंहिता तयार
११ असार, काठमाण्डौं । निर्वाचन आयोगले आगामी मंसिर ४ मा हुने संविधानसभा निर्वाचनका लागि आचारसंहिताको मस्यौदा तयार पारेको छ । मस्यौदामा बिहान सात बजेदेखि बेलुका सातबजेसम्म मात्र चुनावको प्रचार गर्न पाउने प्रावधानसमेत राखिएको छ ।

आयोगले तयार पारेको मस्यौदामाथि दलहरुसँग छलफल गरिसकेपछि आजै साँझ मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीसँग आयोगकै कार्यालयमा छलफल गरिने निर्वाचन आयोगले जनाएको छ । छलफल पछि आचारसंहिता जारी गरिने र तत्कालदेखि लागु हुने बताइएको छ ।

आयोगले तयार पारेको आचार संहितमा चुनाव प्रसारका लागि हेलिकप्टर प्रयोग गर्न नपाईने, एकै स्थानमा एकै समय दुईदलको कार्यक्रम गर्न नपाइने, चुनाव खर्च आयोगले तोके अनुसार गर्नुपर्ने र खर्च पारदर्शी नगर्ने दलले चुनाव जिते पनि रद्द गर्न सकिनेलगायतका प्रावधान समेटिएको स्रोतले बताएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.