चुनावमा सघाउन चीन तयार : जेइची


सुन्दर खनाल
image.phpकाठमाडौ, असार ११ – दुईदिने औपचारिक भ्रमणका लागि सोमबार राजधानी आइपुगेका चिनियाँ स्टेट काउन्सिलर याङ जेइचीले नेपालमा संविधानसभा चुनाव र संविधान लेखन प्रक्रिया सम्पन्न गर्न जस्तोसुकै सहयोगका निम्ति चीन तत्पर रहेको बताएका छन् । अपराह्न त्रिभुवन विमानस्थलमा १९ सदस्यीय प्रमण्डलको नेतृत्व गर्दै अवतरण गरेका याङले साँझ नेपाली समकक्षी परराष्ट्र तथा गृहमन्त्री माधव घिमिरेसँग शिष्ट्राचार भेटवार्ता गर्ने क्रममा उक्त प्रतिबद्धता व्यक्त गरेका हुन् ।

परराष्ट्र प्रवक्ता अर्जुनबहादुर थापाका अनुसार नेपाली प्रमण्डलसमक्ष याङले नेपालमा चुनावको घोषणा हुनुलाई सकारात्मक भन्दै नेपाली शान्ति प्रक्रियाप्रति सद्भाव व्यक्त गरे ।

घिमिरेले नेतृत्व गरेको नेपाली वार्ता टोलीमा विभिन्न सात मन्त्रालयका सचिवहरू थिए । चिनियाँ वार्ता टोलीमा याङका साथ परराष्ट्र मामिला उपमन्त्री झाङ येसुई, वाणिज्य उपमन्त्री, सार्वजनिक सुरक्षा उपमन्त्री र चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधि थिए ।

नेपाली टोलीले वार्तामा काठमाडौं चक्रपथलाई पूरै सुधार गर्न, पश्चिम सेती परियोजनामा लगानी सहयोग र नेपाल-चीन हवाई सम्पर्क वृद्धिका लागि आग्रह गरेको थियो । याङले ती विषयमा आफू सकारात्मक रहेको भन्दै आवश्यक पहल गर्ने बताएको प्रवक्ता थापाले जनाए ।

याङले बुधबार काठमाडौं

चक्रपथ सुधार परियोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । त्यससँगै प्रधानम्ान्त्री कार्यालयमा दुई देशबीच ‘वाइल्याटरल प|mेमवर्क एगि्रमेन्ट’ अन्तर्गत चीनले नेपाललाई दिने चुनावी प्राविधिक सहयोग र सशस्त्र प्रहरी बलका लागि एकेडेमी निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुनेछ । चीनले चुनावका लागि १० मिलियन युआन अर्थात् १५ करोड रुपैयाँ र सशस्त्रको अत्याधुनिक एकेडेमीका लागि ३ अर्ब ६० करोड रुपैयाँ सहयोग गर्ने भएको हो ।

याङले बुधबारै कार्यवाहक राष्ट्रपति परमानन्द झा र अन्तरिम चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीसँग भेट्ने कार्यक्रम छ । बुधबार साँझै उनी स्वदेश र्फकने छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.