कतार – कतारका प्रभावशाली राजा शेख हमद विन खालिफ अल थानीले आफ्ना छोरा युवराज शेख तामिम विन हमद अल थानीलाई सत्ता हस्तान्नतरण गरेका छन्। मंगलबार बिहान नयाँ राजा घोषणा गर्दै टेलिभिजनबाट उनले देशमा राष्ट्रिय विदाको घोषणासमेत गरे। नयाँ राजा घोषणा भएको अवसरमा कतारका जनतामात्र होइन नेपालबाट काम गर्न त्यहाँ रहँदै आएकाहरु विदा मनाइरहेका छन्।
‘म कहिल्यै पनि व्यक्तिगत कारण शक्तिमा रहन नचाहेको इश्वरलाई मात्र थाहा छ,’ राष्ट्र नेतृत्वबाट बाहिरिँदै गर्दै उनले भने, ‘राष्ट्रका लागि यो इतिहासको नयाँ पाना हुनेछ।’
६१ वर्षका राजाले गद्दी त्याग्दै ३३ वर्षका छोरालाई सत्ता सुम्पेका हुन्। २०२२ मा विश्वकप फुटबलको आयोजकसमेत रहेको मुलुमा नयाँ राजा पाएको विषयले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। मानिसहरु पूर्व राजाको योगदानप्रति धन्यवाद र नयाँलाई स्वागत गरिरहेका छन्।