काबुल – अफगानिस्तानका तालिवान विद्रोहीले त्यहाँको सबैभन्दा सुरक्षित मानिएको राजधानीमा ठूलो विस्फोट गराएका छन्। अफगानी राष्ट्रपति भवनको गेटसमेत विस्फोटमा परेको छ। ४५ मिनेटको अन्तरमा आधा दर्जन स्थानमा विस्फोट गराइएको थियो। राष्ट्रपति भवनको पूर्वीद्वारबाट ठूलो मात्रामा धुँवा उडेको देखियो। विस्फोटसँगै तालिवानीले गोली पनि बर्साएका थिए। विस्फोट भएको क्षेत्र नजिकै अमेरिकी राजदूतावास र नेटो नेतृत्वमा रहेको संयुक्त फोर्सको मुख्यालयसमेत रहेको छ। बिहान ६:३० देखि विस्फोट हुनेक्रम सुरु भएको थियो। प्रहरीले अहिलेसम्म घटना’bout मुख खोलेको छैन।
अफगानी राष्ट्रपति भवनमा तालिवानी आक्रमण
This entry was posted in विश्व समाचार. Bookmark the permalink.