ब्राजिलले इटलीलाई हरायो


brazil_team_reuters९ असार, काठमाडौं । कन्फेरेडेसन कप फुटबलमा आयोजक राष्ट्र ब्राजिलले इटलीलाई पराजित गरेको छ । जितसँगै यसअघि नै सेमिफाइनल पुगेको ब्राजिल ३ खेलबाट ६ अंकका साथ समूह ए को विजेता बनेको छ भने इटली ४ अंकका साथ उपविजेता भएको छ ।

शनिबार राति भएको समूह चरणको अन्तिम खेलमा ब्राजिलले इटलीलाई ४–२ ले पराजित गरेको हो । खेलमा ब्राजिलले पहिलो हापको अन्तिममा डान्टेको गोलबाट अग्रता लिएको थियो । तर, ५१ औं मिनेटमा इटलीका मरियो बालोटेलीको पासमा इमानुएल जियाक्रिनीले बराबरी गोल फर्काए ।

neymar५५ औं मिनेटमा नेयमारले गोल गरेपछि ब्राजिलले फेरि अग्रता लियो । ६६ औं मिनेटमा फ्रेडले गोल गर्दै घरेलु टोलीलाई ३–१ को अग्रता दिलाए । ७१ औं मिनेटमा केलिनीले गोल गरेर इटलीलाई खेलमा फर्काउने संकेत दिएका थिए । तर, ८८ औं मिनेटमा फ्रेडले ब्यक्तिगत दोस्रो गोल गरेपछि ब्राजिल ४–२ ले विजयी भयो । र्को खेलमा मेक्सिकोले जापानलाई २–१ ले पराजित गरेको छ ।प्रतियोगिता अन्तरगत आज राति स्पेन र नाइजेरिया तथा उरुग्बे र टहली भिड्ने छन् । २ खेलबाट ६ अंक छ भने नाइजेरिया र उुरुग्बेको समान ३–३ अंक छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.