दाहालद्धारा एक लाख क्षतिपूर्ति र हेलिकप्टर माग


prachanda4-300x257दाहालले भ्रमणमा जान नेपाली सेनाको हेलिकप्टर व्यबस्था गर्न रेग्मीसँग आग्रह गरेको बताइएको छ ।
काठमाडौ, असार ७ – एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आज मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीलाई भेटेर बाढीका कारण मृत्यु भएको परिवारलाई एक लाख राहत उपलब्ध गराउन आग्रह गरेका छन् । रेग्मीसँगको भेटमा दाहालले बाढी आउँनुको कारण पत्ता लगाउन पनि आग्रह गरे ।

भारतले धौलीगङ्गा जलविद्युत् आयोजनाको बाँधको ढोका खोलेका कारण सुदुरपश्चिमका दार्चुलालगायतका जिल्लामा यस्तो समस्या आएको खबर सार्वजनिक भएको थियो । दार्चुलाका स्थानीय राजनीतिक दलले यस्तो निश्कर्ष निकालेका हुन् ।

दाहालले रेग्मीलाई भारतीय पक्षसँग कुरा गरेर सत्यतथ्य पत्ता लगाउँनसमेत आग्रह गरेका छन् । दाहालले बाढी प्रभावित क्षेत्रलाई संकटग्रस्त क्षेत्र घोषणा गरी प्रभावकारी राहत वितरण गर्नुपर्ने बताएका थिए ।

सरकारले बाढीपहिरोग्रस्त क्षेत्रलाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरी रु ५० करोड छुट्ट्याएर राहत तथा पुनः निर्माणको कार्य सञ्चालन गर्ने निर्णय गरेको छ ।

दाहालले दार्चुलासहित कालीकोट, कैलाली, कञ्चनपुरलगायतका जिल्ला समेत बाढी प्रभावित भएकाले त्यस क्षेत्रको अवलोकन भ्रमणमा जान नेपाली सेनाको हेलिकप्टर व्यबस्था गर्न रेग्मीसँग आग्रह गरेको बताइएको छ ।

त्यस्तै, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल नेतृत्वको टोलीले पनि आजै अध्यक्ष रेग्मीलाई भेटेर बाढी प्रभावित क्षेत्रमा तत्काल राहत उपलब्ध गराउन माग गरेका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.