अमेरिकामा ख्यातिप्राप्त नेपाली इन्जिनियरको निधन


काठमाडौं , असार ७ – अमेरिकामा टनेल इन्जिनियरिङबाट ख्याति कमाएका भाष्कर थापाको बुधबार साँझ हृदयाघातबाट निधन भएको छ । उनी ४९ वर्षका थिए । सन् १९८६ मै प्रसिद्ध कार्नेजी मेलोन विश्वविद्यालयबाट एमएस गरेका थापा सनफ्रान्सिस्को सहरस्थित ज्याकोब्स एसोसिएट्स नामक कम्पनीको उच्चतहमा कार्यरत थिए । नजिकैको ब्रकले सहरमा बस्दै आएका उनी बुधबार साँझ कार्यालयबाट फर्की टेनिस खेलेपछि आराम गर्ने क्रममा अचानक ढलेका थिए । अस्पताल पुर्‍याउनेबित्तिकै उनलाई चिकित्सकहरूले मृत घोषणा गरेका थिए ।

अमेरिकाको शिकागो, सनफ्रान्सिस्कोलगायतका सहरमा थापाको डिजाइनमा उच्चप्रविधियुक्त टनेलहरू बनेका छन् । वासिङट्न डीसीमा बसोबास गर्ने एक पारिवारिक स्रोतका अनुसार अन्तिम संस्कारका लागि एक-दुई दिनमै शव नेपाल पठाउने तयारी भइरहेको छ ।

भाष्कर नेपाली कूटनीतिज्ञ भेषबहादुर थापाका छोरा हुन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.