ब्राजिलसँगै इटली कन्फेरेडेसन कप फुटबलको सेमिफाइनलमा


neymar_1749121aब्राजिलसँगै इटली कन्फेरेडेसन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा आयोजक ब्राजिलले मेक्सिकोलाई २–० ले पराजित गरयो।खेलमा ब्राजिलले ९ औं मिनेटमा नेयमारको गोलबाट अग्रता लिएको थियो । ब्राजिलका लागि २१ वर्षीय नेयमारको यो २२ औं गोल हो । ९० औं मिनेटमा जोले गोल गरेपछि ब्राजिल २–० ले विजयी भयो ।

अर्को खेलमा इटलीले एशियाली पावर हाउस जापानलाई ४–३ गोल अन्तरले पराजित गरेको छ । हारपछि जापान भने समूह चरणबाटै बाहिरिएको छ । निकै प्रतिस्पर्धात्म खेलमा जापानले २२ औं मिनेटमा होन्डाको गोलबाट अग्रता लिएको थियो । ३३ औं मिनेटमा कागावाले गोलपछि जापान २–० ले अघि रह्यो । तर, ४१ औं मिनेटमा इटलीका डी रोसीले गोल गरेपछि पहिलो हापमा जापानको अग्रता २–१ मा झ¥यो ।

५० औं मिनेटामा जापानका युचिडाले आत्मघाती गोल गरेपछि खेलमा २–२ को बराबरी भयो ५३ औं मिनेटमा मारियो बालोटेलीले पेनाल्टी गोल गर्दा इटली ३–२ को अग्रता लिन सफल भयो । ६९ औं मिनेटमा जापानका ओकाजाकीले बराबरी गोल फर्काए ।तर, खेलको ८६ औं मिनेटमा गिओभिन्कोले गोल गर्दै इटलीलाई ४–३ को जित दिलाएका हुन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.