मलेशिया विमानस्थलमा ३३ नेपाली अलपत्र


 बैदेशिक रोजगारीका लागि मलेशिया पुगेका ३३ जना नेपाली पांच दिन देखि मलेसिया अन्र्तराष्ट्रिय विमान स्थलमा अलपत्र परेका छन । जेठ ३१ गते नेपालवाट मलेसिया उडेका ३३ जना मध्ये १९ जना काठमाण्डौ बालाजुमा रहेको इनोभेटिभ सर्भिस ( म्यानपावर कम्पनी ) वाट गएका थिए । शुक्रवार दिउंसो नेपालबाट मलेसिया उडेका ति सवैलाई शनिवार विहानमात्र मलेसियाको विमानस्थल पुर्‍याईएको थियो ।

बैककमा केही बेर रोकिएका कारण शनिवार विहान मलेसिया पुगेका नेपालीहरु मंगलवार विहान सम्म पनि एयरपोर्टमा अलपत्र परेपछि उनिहरुले सहयोगका लागि आˆना आफन्तहरुलाई आग्रह गरेका छन ।

यसैबीच विभिन्न सञ्चार माध्यममा समाचार सार्वजनिक भएपछि अलपत्र परेका नेपालीहरुलाई उनीहरु काम गर्न गएको कम्पनीले उद्धार गरेर काममा पुर्‍याएको छ । लामो समयसम्म हवाईमैदानमा रहेका उनीहरु आफूहरुलाई उद्धार गर्न कोही नआएको भन्दै आत्तिएका थिए । अहिले भने आफू सुरक्षित रहेको र काममा पुगेको उनीहरुले जानकारी दिएका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.