लेख लेखेकामा देश फिर्ता प्रयासको विरोध


image.phpकाठमाडौं , असार ४ – नेपाली राजदूतको आलोचना गरी लेख लेखेका कारण दीपेन्द्र (दीपक) भेटवाललाई देश फिर्ता गर्न कतार सरकारलाई पत्राचार गरिएको घटनाको एमनेस्टी इन्टरनेसनलले विरोध जनाएको छ । उक्त घटनाले विदेशमा रहेका नेपाली आप्रवासी श्रमिकको अधिकार संरक्षणका लागि नेपाल सरकारको प्रणालीगत असफलतालाई उदांगो पारेको उसको भनाइ छ ।

कतारस्थित नेपाली दूतावासले राजदूत मायाकुमारी शर्माको आलोचना गरेको भन्दै  कतारी सरकारलाई मे १ मा पत्र पठाएर भेटवाललाई गिरफ्तार गर्न र फिर्ता पठाउन अनुरोध गरेको थियो । यो विषय गम्भीर भएको भन्दै काठमाडौंस्थित परराष्ट्र मन्त्रालयले हस्तक्षेप गरेपछि दूतावासले पत्र फिर्ता लिएको थियो ।

यो पनि पढ्नुहोस्- लेख लेखेकामा देश फिर्ता !

‘भेटवाललाई लेख लेखेबापत निसाना बनाइनु उनको अभिव्यक्ति स्वतन्त्रताको अधिकार उल्लंघन मात्रै होइन, यसले विदेशमा रहेका आफ्ना नागरिकको संरक्षणमा नेपाल सरकारको प्रणालीगत असफलतालाई समेत प्रदर्शन गरेको छ,’ काठमाडौंस्थित एमनेस्टी इन्टरनेसनलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ, ‘श्रमिकहरूलाई दूतावासले पुर्‍याउनुपर्ने सहयोग प्राप्त नभएको विषयलाई लिएर भेटवालले उठाएको आवाजलाई राजदूतले रोक्ने प्रयास गर्नु प्रत्युत्पादक कामको प्रमाण हो । यस घटनाले दूतावास र कन्सुलरहरू आप्रवासी श्रमिकको उच्चतम हितलाई ध्यान दिएर सेवा पुर्‍याउूदैनन् भनी अधिकांश श्रमिकहरूमा सन्देश जानेछ ।’

त्यसैगरी, वैदेशिक रोजगारका क्षेत्रमा क्रियाशील सस्थाहरूको संगठन सुरक्षित आप्रवासन सञ्जालले लेख लेखेकै आधारमा देश निकाला गर्न गरिएको दूतावासको पहलप्रति आपत्ति जनाएको छ ।

‘यो कदम सम्पूर्ण नेपाली जनता र प्रवासमा रहेर देशका लागि रगतपसिना बगाउने नेपाली नागरिकप्रतिको उदासीन र अन्यायपूर्ण व्यवहार हो । जनताको सेवा गर्न स्थापित संस्थाद्वारा निजी स्वार्थ तथा वैरभाव साँध्न चालिएको कदम पदयि मर्यादाको दुरुपयोग तथा कानुनी राज्यको अवधारणाको ठाडो अपमान हो,’ सञ्जालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अपरिपक्व, गैरजिम्मेवार तथा आफ्नै राष्ट्रका नागरिक विरुद्ध चालिएको सो कमदको नैतिक जिम्मेवारी लिँदै उक्त राजदूतावासको नेतृत्वको तत्काल राजीनामा तथा आगामी दिनमा यस्ता कदम नदोहोरिने प्रतिबद्धताका लागि नेपाल सरकार र मातहतका सबै निकाय साग जोडदार माग राख्छौं ।’

One response to “लेख लेखेकामा देश फिर्ता प्रयासको विरोध

  1. aba kuwait ko pani lekh lekhnu parxa,

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.