महाकालीले १० सरकारीसहित ५० घर बगायो, नदी अझै उर्लिँदै


khalanga-1असार, दार्चुला । अविरल वर्षासँगै महाकाली नदीमा आएको बाढीले सदरमुकाम खलंगा १० बटा सरकारी कार्यालयसहित झण्डै ५० घर टहरा बगाएको छ । सोमबार दिउँसोसम्म भारतले बाँध खोलेपछि नदीमा पानीको बहाब बढेको छ भने क्षति बढेको छ । ‘पानी परिराखेको छ । नदी बढ्यो भन्ने छ’ प्रमुख जिल्ला अधिकारी चीरञ्जीवी अधिकारीले भन्नुभयो-’भारतीय पक्षको ड्याम खोलेकाले समस्या आएको छ ।केही दिनदेखिको अविरल वर्षाका कारण आइतबार मध्यरातमा महाकाली नदीमा पानीको सतह बढेपछि कटान सुरु भएको थियो । सोमबार साँझसम्ममा १० बटा सरकारी कार्यालय, २५ बटा पक्की घर र सुकुम्बासी बस्तीको १७ बटा टहरा बगाएको प्रजिअ अधिकारीले जानकारी दिनु भयो । उहाँका अनुसार बाढीले जिल्ला अस्पताल र विद्युत गृह बगाएको छ भने जिल्ला प्रहरी कार्यालय र नेपाल टेलिकमको कार्यालयको आधा भाग बाढीले बगाइसकेको छ भने जिल्लामा रहेको खुलामञ्च पनि आधा बगाएको छ । दर्जनौं घरहरु कटानको जोखिममा रहेका छन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.