प्रकोप पीडित जिल्लालाई ५०/५० लाख


काठमाडौं , असार ५ – अविरल वर्षाले प्रभावित दुई जिल्ला दार्चुला र कञ्चनपुरलाई सरकारले ५०/५० लाख रुपैयाँ राहत पठाउने भएको छ । केन्द्रीय दैवीप्रकोप उद्धार समितिको बैठकले ३ दिनदेखि अविरल वर्षाका कारण प्रभावित जिल्लाको दैवीप्रकोप उद्धार कोषमा रकम निकासा गर्ने निर्णय गरेको हो ।

गृहमन्त्री माधवप्रसाद घिमिरेको अध्यक्षतामा बसेको उद्धार समितिको बैठकले खासगरी सुदूर र मध्यपश्चिममा भीषण वर्षापछि आएको बाढीको असर र क्षतिको विश्लेषण गरेको थियो । बैठकले बाढीपहिरोबाट प्रभावित जिल्लामा बेपत्ता भएका व्यक्तिहरूको खोजी, उद्धार र राहत कार्यक्रम थप सक्रिय बनाउन निर्देशन दिएको छ ।

त्यसका लागि सम्बन्धित सबै मन्त्रालयलाई सक्रिय हुन गृहले निर्देशन दिएको छ ।

नेपाल भारत सीमाको गण्डकी बाँधको १२ नम्बर स्पर कटानी भइरहेकाले त्यससम्बन्धी दुई देशको स्थापित संयुक्त संयन्त्रलाई यथाशीघ्र क्रियाशील बनाउन सिूचाइ मन्त्रालयलाई निर्देशन दिएको छ । दार्चुला सदरमुकाम पुग्ने बाटोको क्षतिग्रस्त खण्ड चाँडै खुलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको छ ।

दार्चुला सदरमुकाम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सहरी विकास मन्त्रालय र नेपाल रेडक्रस सोसाइटीबाट अत्यावश्यक औषधि, खानेपानी शुद्धीकरणमा प्रयोग हुने राहत सामग्री हेलिकप्टरमा राखी पठाएको छ । यस्तै खोजी तथा उद्धार तथा राहतका लागि क्षेत्रीय प्रशासकको समन्वयमा परिचालित हुने गरी सुर्खेतमा नेपाली सेनाको हेलिकप्टर तयारी अवस्थामा राखेको जनाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.