असन्तुष्ट दलसँग आफैं वार्ता गर्छु : देउवा


काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधानसभा निर्वाचन सफल बनाउन असन्तुष्ट दलसँग आफैं वार्ता गर्ने बताएका छन्। ‘जनताको निर्णय सर्वोपरि मान्नेले जनताको भोट हाल्ने अधिकार रोक्न हुँदैन। चुनाव भनेको जनताको तागत बढाउने कुरा हो,’ भारत भ्रमणबाट फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देउवाले भने, ‘जनतालाई मालिक बनाउने निर्वाचन सफल बनाउन वैद्यजी, उपेन्द्र यादवलगायत साना दलसँग म आफैं कुरा गर्छु।’
भारतले नेपालमा प्रजातन्त्रको सुदृढीकरण, स्थिरता र निर्वाचन सम्पन्न भएर संविधान बनोस भन्ने चाहेको उनले बताए। सञ्चारकर्मीसँग भने, ‘नेपालमा लोकतन्त्र होस्, चुनाव होस्, स्थिरता आओस् र संविधान बनोस् भन्ने भारत चाहन्छ।’ भारतका उच्च नेताहरूसँग भेटेका देउवाले आफ्नो भ्रमण पूर्ण सफल भएको दाबी गरे।
संविधानसभा निर्वाचनका लागि भारत सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको देउवाले जनाए। ‘अहिलको चुनावमा भारतबाट लजिस्टिक कुरा जे जे चाहिन्छन्, सहयोग गर्ने वचन प्रधानमन्त्री सिंहले मलाई वचन दिनुभएको छ,’ उनले भने, ‘भारतीय सरकार नेपाललाई हरप्रकारको मद्दत गर्न चाहन्छ। प्रजातन्त्रको सुदृढीकरण र चुनावपछि नेपालमा स्थिरता होस् भन्ने चाहन्छ।’
संघीयता’bout भारतको कुनै चासो नरहेको देउवाको बुझाइ छ। ‘यस्तो गर्नुपर्छ, उस्तो गर्नुपर्छ भन्ने कुनै सल्लाह छैन। कस्तो संघीयता बनाउने भनेर भारतसँग भन्ने कुरा होइन यो हाम्रो कुरा हो,’ उनले भने। देउवाले काठमाडौं–निजगढ फास्ट ट्रयाक, महाकाली नदीमा बनवासा–महेन्द्रनगर जोड्ने पुल, नेपालमा उत्पादित खाद्यान्नको परीक्षणका लागि प्रयोगशाला स्थापनासहित विषयमा भारतसँग सहयोग मागेको जनाए। ‘व्यापार घाटा कम गर्न नेपाली उद्योगमा थप भारतीय लगानी भित्त्याउने विषयमा उद्योगमन्त्रीसँग छलफल गरेको छु,’ उनले भने।
राजनीतिक निकासका लागि पार्टीको आन्तरिक एकता पनि महत्त्वपूर्ण रहेको भन्दै देउवाले पार्टीलाई मिलाएर जानुपर्ने बताए। पार्टी सभापतिसँग भारत असन्तुष्ट भई आफूलाई भारत भ्रमणमा नडाकिएको उनले स्पष्ट पारे। ‘भारत भ्रमणमा सुशीलजी डेढ वर्षअघि नै गइसक्नुभएको हो। म त पछि पो गएको हो नि,’ उनले भने।
देउवा जेठ २६ गते भारत सरकारको औपचारिक निमन्त्रणामा भारत भ्रमणमा निस्केका थिए। भारतमा रहँदा देउवाले कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धी, प्रधानमन्त्री सिंहका साथै उच्च नेताहरूसँग भेटेका थिए। भ्रमणमा टोलीमा कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधि र पत्नी आरजु राणा पनि थिए।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.