Daily Archives: 13/06/2013

५० रुपैयाँका लागि ज्ञानेन्द्रलाई चप्पल हाने किशोरले


gyanendra-shahकाठमाण्डौं – पूर्वाञ्चल भ्रमणमा हरेका पूर्वराजा ज्ञानेन्द्र शाहमाथि चप्पल फ्याँक्न आफूलाई केही व्यक्तिले उक्साएको बयान पक्राउ परेका किशोरले प्रहरी समक्ष दिएका छन् । प्रहरी स्रोतका अनुसार १४ बर्षका ती किशोरलाई पूर्वराजामाथि चप्पल फ्याँक्न ५० रुपैयाँ दिएको र स्थानीय होटलमा खानाको व्यवस्था गरिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

नेपाल आउने पर्यटकको खर्च १६ बर्षकै न्यून


३० जेठ, काठमाण्डौं । विदेशी पाहुनाले नेपालमा आएर गर्ने खर्च १६ बर्षयताकै न्यून भएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको २०१२ को पर्यटन क्षेत्रको अध्ययनमा गत बर्ष एक पर्यटकले दैनिक औसत ३४ दशमलब ९३ अमेरिकी डलर (३ हजार रुपैयाँ) खर्चिने गरेका छन् । सन १९९६ यता पर्यटकको खर्च सन् २०१२ भन्दा बढी थियो । पढ्नेक्रम जारी राख्नुहोस्

माओवादी सहभागिता विना चुनाव असम्भवः चन्द


अमन कोइराला
image.phpसर्लाही, जेष्ठ ३० – नेकपा-माओवादीका नेता नेत्रविक्रम चन्दले आफ्नो पार्टीको सहभागिता विना निर्वाचन संभव नहुने वताएका छन् । चार दलले गर्ने चुनाव पूर्व राजाले गरेको जस्तै हुने उनको दावी थियो ।   चार दलले मुलुकलाई प्रतिगमन तर्फ धकेलेको बताउँदै चन्दले बिहीवार सर्लाहीको हरिवनमा पत्रकारसंग कुरा गर्दै भने, ‘यस्तो अबस्थामा हामी निर्वाचनमा जान्नौं, माओवादी विनाको निर्वाचन कल्पना सम्म गर्न सकिन्न् ।’ पढ्नेक्रम जारी राख्नुहोस्