सिकाइ कै कमजोरीले एसएलसीमा असफलता बढ्दो


अनमोलमणि पौडेल
image.phpकाठमाडौ, जेष्ठ २९ – केही वर्षअघि ह्वात्त बढेको एसएलसी नतिजा खस्केर यसपालि झन्डै ५९ प्रतिशत विद्यार्थी असफल भए । अनुत्तीर्ण दर बढ्नुले ठूलो समूहलाई निराश मात्रै बनाएको छैन, राज्यको अर्बौं लगानी पनि खेर गएको छ । यसले कक्षाकोठाको सिकाइ अत्यन्त कमजोर छ र विद्यार्थीप्रति शिक्षक उत्तरदायी छैनन् भन्ने देखाएको छ ।

७९ वर्षको एसएलसी इतिहासमा पढेर पास, कामकाजी र सिर्जनात्मक हुनेभन्दा फेल भएर निराश हुनेको संख्या धेरै छ ।

राज्यले प्रतिवर्ष एक विद्यार्थीलाई सरदर १० हजार रुपैयाँ लगानी गर्छ । शिक्षा मन्त्रालयका अनुसार एसएलसी दिउन्जेलसम्म प्रतिविद्यार्थी राज्यको प्रत्यक्ष लगानी करिब १ लाख रुपैयाँ पुग्छ । यसपालि फेल भएका २ लाख ५५ हजार विद्यार्थीको हिसाब गर्दा २५ अर्ब राज्यको लगानी खेर गएको छ ।

एक तथ्यांकअनुसार १० वर्षमा शिक्षामा करिब ४ खर्ब लगानी भएको छ । ‘नतिजाले कक्षाकोठाको सिकाइ पद्धति पूर्णतः असफल सावित भएको देखाउँछ,’ शिक्षाविद् प्रा. डा. मनप्रसाद वाग्ले भन्छन्, ‘राज्य हचुवाको भरमा शिक्षामा लगानी गरिरहेको छ, शिक्षा मन्त्रालयको विद्यालय शिक्षा योजनामा नै खोट रहेको पुष्टि गर्छ ।’

सरकारले कुल बजेटको १७ प्रतिशत र गार्हस्थ्य उत्पादनको ४ दशमलव ७ प्रतिशत बजेट शिक्षामा छुट्टयाउँछ । देशभरका सामुदायिक विद्यालयमा कार्यरत करिब १ लाख ९ हजार स्थायी तथा राहत, पिसिएफ, अस्थायी र अन्य गरी करिब २ लाख शिक्षकलाई तलब, सुविधा र तालिम प्रदान गरेको छ ।

‘शिक्षकले कक्षाकोठामा कहिल्यै आफ्नो सीप प्रयोग गर्दैनन्, उनीहरूले तालिम सिकेका छैनन् लिइदिएका र खाइदिएका छन्, जसको परिणाम तल्लो तहदेखि नै विद्यार्थीलाई कमजोर बनाएको छ,’ शिक्षक तालिमको प्रभावकारिता’bout अध्ययन गरेका शिक्षाविद् डा. विष्णु कार्की भन्छन्, ‘हाम्रा अधिकांश शिक्षक विद्यार्थीप्रति उत्तरदायी छैनन् । एसएलसी त्यसको प्रतिविम्ब हो ।’

शिक्षा विभागले सन् २०११ मा कक्षा १० का विद्यार्थीमा गरेको अध्ययनअनुसार ६० प्रतिशतको सिकाइ अत्यन्त कमजोर छ । बाँकी ४० प्रतिशतको सिकाइ पनि परीक्षा उत्तीर्ण गर्ने स्तरको मात्रै छ । गणित, अंग्रेजी र विज्ञानको सिकाइ अत्यन्त कमजोरमा पर्छ । यसपालि पनि सबैभन्दा बढी यिनै ३ विषयमा विद्यार्थी फेल भएका छन् । अध्ययनअनुसार ४९ प्रतिशत विद्यालयमा गणित र विज्ञानका, ४५ प्रतिशत विद्यालयमा नेपाली र सामाजिक शिक्षाका विषयगत शिक्षक छैनन् ।

हिमाली क्षेत्रका ७८ प्रतिशत विद्यालयमा शिक्षक विद्यार्थी अनुपात सरकारले तोकेअनुसार छ तर त्यही क्षेत्रको सिकाइ कमजोर देखिन्छ । तराई र पहाडी क्षेत्रमा पनि सिकाइ गतिलो छैन ।

फुलब्राइट एसोसियसन अफ नेपालको अध्ययनले उपत्यकाका ८० प्रतिशत सामुदायिक विद्यालयको भौतिक पूर्वाधार शिक्षणयोग्य नभएको देखाएको छ । विद्यालय शिक्षाको समीक्षा (टीआरएसई) अनुसार ८३ प्रतिशत विद्यालयमा कमजोर अवस्थामा चलेका छन् । पछिल्लो आर्थिक सर्वेक्षणअनुसार ८४ प्रतिशत नागरिकका छोराछोरी सामुदायिक विद्यालयमा पढ्छन् । तिनको सिकाइ कमजोर हुँदा एसएलसीमा फेल प्रतिशत बढेको छ ।

‘पठनपाठनको गुणस्तरमा एकरूपता नहुनु, परीक्षा प्रणाली पाठ्यक्रमअनुरूप नहुनु, उत्तरपुस्तिका परीक्षणमा अन्तर परीक्षक वैधता नहुनु त्यसको कारण हो,’ वाग्लेको विश्लेषण छ, ‘पठनपाठन र प्रश्नपत्रबीच तालमेल नमिल्दा विद्यार्थी अलमलमा छन् । पाठ्यपुस्तक बेलामा पुग्दैन, शिक्षकमा पाठ्यक्रमअनुसार पढाउने क्षमता छैन । पठनपाठन जिल्ला र स्कुलपिच्छे फरक छ । शिक्षकको योग्यता र तालिममा भिन्नता छ । पाठ्यक्रमअनुसार प्रश्न सोध्दा विद्यार्थीले उत्तर दिन नसक्ने अवस्था छ ।’ विद्यालयको अनुगमन नहुने, दण्ड पुरस्कारको व्यवस्था नहुने, शिक्षकमा चरम राजनीतीकरण मौलाएका कारण नतिजा खस्किँदै गएको उनको विश्लेषण छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.