प्रचण्डले कार्यकर्तालाई भने-निर्वाचनतर्फ लाग्नुहोस


prachanda4-300x257२९ जेठ, इलाम । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना कार्यकर्तालाई चुनावका लागि गाउँ-गाउँमा जान निर्देशन दिनुभएको छ । इलामको कन्याममा आज बिहान कार्यकर्ताहरूसँग भेटघाट गर्दै अध्यक्ष दाहालले पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान आफूहरूको एजेण्डा भएको बताउनुभयो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै अझ बढी उपलब्धि हात पार्नुपर्ने भएकाले सविधानसभाको निर्वाचनका लागि सबै जनता होमिने वातावरण बनाउन उहाँले कार्यकर्तालाई निर्देशन दिनुभयो । अहिले पार्टीले देशभर कार्यकर्ता भेटघाट तथा गाउँ परिचालन कार्यक्रम गरिरहेको एनेकपा माओवादीले जनाएको छ । सरकारले केही दिनभित्रै निर्वाचनको मिति घोषणा गर्ने उहाँले बताउनुभयो ।

राज्य पुनःसंरचना, शासकीय स्वरूप र निर्वाचन प्रणालीका ’boutमा दलहरूबीच सहमति नहुँदा अघिल्लो पटक संविधान निर्माण हुन नसकेको उहाँले बताउनुभयो । उच्चस्तरीय राजनीतिक संयन्त्रमा सहमति हुन नसकेपछि सम्पूर्ण काम सरकारलाई जिम्मा लगाएको बताउँदै अध्यक्ष दाहालले सरकारले गर्ने निर्णय सबैले मान्नुपर्छ, भन्नुभयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.