जे पाण्डे
नेपालगन्ज, जेष्ठ २९ – नेपाली काँग्रेस र नेकपा माओवादी सर्मथित बिद्यार्थीहरुबीच झडपको सम्भावना देखिएपछि जुम्ला प्रशासनले त्यहाँ कर्फ्यू लगाएको छ । मंगलबार राति साढे ८ बजे देखि लगाएको कर्फ्यूमा बुधबार बिहान केहि घण्टा खुला गरिएको थियो । प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेलले १० बजेपछि पुन कर्फ्यू लगाउने जानकारी दिएका छन् ।
जुम्लामा नेपालगन्ज र सुर्खेतबाट मद्तका लागि थप प्रहरी पठाईदै छ । मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक टपेन्द्रध्वज हमालले पस्थिति असज भइनसके पनि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कर्फ्यू लगाएको बताए ।
केहि दिन अघि नेपाली काँग्रेस सर्मक धनश्याम थापा र नेकपा माओवादीका मनोज बुढामगरबीच भएको बिवादपछि तनावको अवस्था उत्पन्न भएको प्रहरीले बताएको छ ।
होटलमा भएको बिबादपछि प्रशासनले राजनीतिक दलहरुको बैठक बोलाएर समस्या समाधान गर्ने प्रयास गरेको थियो । तर फेरि अवस्था प्रतिकुल हुने देखेकाले निषेधाज्ञा जारि गरेको प्रजिअ प्याकुरेले बताए ।