Daily Archives: 11/06/2013

रामचन्द्र झाले छाडेपछि एमालेमा फर्कें – गोइत


jhalluतमलोपा नेपालका सहमहामन्त्री एमालेमा प्रवेश
२८ जेठ, काठमाडौं । तराई मधेस लोकतान्त्रिक पार्टी नेपालका सहमहामन्त्री रतनेश्वर गोइत यादव एमालेमा प्रवेश गर्नुभएको छ । एमाले मुख्यालय बल्खुमा मंगलबार आयोजित एक कार्यक्रममा अध्यक्ष झलनाथ खनालका हातबाट अबीर लगाएर गोइत एमालेमा प्रवेश गर्नुभएको हो । नवप्रवेशी गोइत एक वर्ष अघिसम्म नेकपा एमालेमै हुनुहुन्थ्यो । गत संविधानसभाको चुनावमा उहाँ धनुषा क्षेत्र नं १ मा एमालेका तर्फबाट सभासदको उमेद्वार समेत बन्नुभएको थियो । कांग्रेसका रामकृष्ण यादवले ९ हजार मत ल्याएर जितेको सो क्षेत्रमा एमालेका तर्फबाट गोइतले ६ हजार मत ल्याई तेस्रो स्थान हासिल गर्नुभएको थियो पढ्नेक्रम जारी राख्नुहोस्

Advertisements

यसरी सजिलै हेर्नुस् एसएलसी नतिजा


भक्तपुर, जेष्ठ २८ – परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको एसएलसी नतिजा डिजिटल मिडियामामात्र दिने भएको छ । सरकारी दैनिक गोरखापत्र र अन्नपूर्ण पोष्टमा प्रकाशन गर्दै आएको नतिजा पहिलोपटक डिजिटल मिडियामामात्र प्रकाशन गर्न लागिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । टेलिफोन र डिजिटल मिडियामा सवैको पहुँच पुगेको निष्कर्षमा पुगेको परीक्षा नियन्त्रण कार्यालयले अनलाइनमा नतिजा सार्वजनिक गर्न लागेको हो । पढ्नेक्रम जारी राख्नुहोस्

एसएलसीमा ४१.५७ उतिर्ण


मकर श्रेष्ठ
भक्तपुर, जेष्ठ २८ – केही वर्षदेखि ओरालो लाग्दै गएको एसएलसी परीक्षाको नतिजा यसपालि झन् तल झरेको छ । परीक्षा नियन्त्रण कार्यालयले मंगलबार सार्वजनिक गरेको २०६९ सालको नतिजामा नियमिततर्फ ४१.५७ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । नियमिततर्फको यो नतिजा गत वर्षभन्दा ५ दशमलब ५९ प्रतिशतले कम हो । पढ्नेक्रम जारी राख्नुहोस्