काठमाडौं, जेष्ठ २६ – एमालेले निर्वाचन कानुनमा लिएको पुरानै अडान नछाड्ने निष्कर्ष निकालेको छ । पार्टी मुख्यालय बल्खुमा आइतबार बसेको स्थायी कमिटी बैठकले पुरानै निर्णयमा अडिग रहने दोहोर्याएको हो । ‘थ्रेस होल्ड, फौजदारी अभियोग लागेका व्यक्तिलाई उम्मेदवार हुन नपाउने अडानमा कायमै छौं,’ बैठकपछि नेता रघुजी पन्तले भने ।
एमालेले उच्चस्तरीय राजनीतिक समितिमा भइरहेका छलफल, देशभर भइरहेको जनपरिचालन कार्यक्रमलगायतका विषयमा समीक्षा गर्यो ।