Daily Archives: 09/06/2013

आँप खाँदै हुनुहुन्छ ? सावधान !


जनकपुरधाम- व्यापारीले काँचो आँप कार्बाइड नामक रसायन हालेर पकाउने तथा बजारमा बेच्ने गरेकाले यसबाट जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ।महङ्गोमा बेचेर बढी आर्थिक लाभ लिने लोभमा व्यापारीले काँचो आँपमा क्याल्सियम कार्बाइडजस्ता अखाद्य वस्तु मिसाएर पकाउने र बजारमा बेच्ने गरेकाले यस्ता फलको सेवन मन्द विष सरह हुने विज्ञहरू बताउँछन्। पढ्नेक्रम जारी राख्नुहोस्

पढाउने ‘मास्टर’ले व्यापार गर्न नपाउने


खाली समयमा व्यवसाय गर्न पाउनुपर्छ : शिक्षक
२६ जेठ, काठमाडौं । घरमै पाकेको भात खाएर नजिकको स्कूलमा १०-४ को ‘ड्युटी’ गर्ने शिक्षकको तलब त्यति नराम्रो छैन । प्राथमिक तहमा पढाउनेको न्यूनतम तलब १३ हजार ६ सय ५०, निम्न माध्यमिकको १४ हजार ४ सय ८० र माध्यमिक तहको १८ हजार ७ सय ९० रुपैंया छ । दुर्गमभत्ता र अरु सेवासुविधा पनि थप हुन्छन् । पढ्नेक्रम जारी राख्नुहोस्

झा र अर्याललाई केन्द्रीय सदस्य, शेर्पालाई वैकल्पिक


काठमाडौं- एकीकृत माओवादीले एमाले परित्याग गरी पार्टी प्रवेश गरेका तीन नेतालाई जिम्मेवारी तोकेको छ। एमाले परित्याग गरेका पोलिटब्युरो सदस्यद्वय रामचन्द्र झा र उर्मिला अर्याललाई केन्द्रीय सदस्यको जिम्मेवारी दिएको छ। लक्की शेर्पालाई वैकल्पिक केन्द्री सदस्यको जिम्मेवारी दिएको छ। पढ्नेक्रम जारी राख्नुहोस्

एमाले पुरानै निर्णयमा अडिग


image.phpकाठमाडौं, जेष्ठ २६ – एमालेले निर्वाचन कानुनमा लिएको पुरानै अडान नछाड्ने निष्कर्ष निकालेको छ । पार्टी मुख्यालय बल्खुमा आइतबार बसेको स्थायी कमिटी बैठकले पुरानै निर्णयमा अडिग रहने दोहोर्‍याएको हो । ‘थ्रेस होल्ड, फौजदारी अभियोग लागेका व्यक्तिलाई उम्मेदवार हुन नपाउने अडानमा कायमै छौं,’ बैठकपछि नेता रघुजी पन्तले भने । पढ्नेक्रम जारी राख्नुहोस्