खोटाङ कुवेत संपर्क मञ्चले तेस्रो वार्षिक उत्सब भब्यरुमा मनायो (फोटो फिचरसहित)


ईन्द्र भुसाल ,कुवेत

971112_10200494093852614_686807622_nसामाजिक कार्यमा लम्कदै संस्थाहरु
प्रबासको यो ठाउँमा बिभिन्न नेपाली सँघ-संस्थाहरु जन्मने क्रम सगै तीन बर्ष पहिला गठन भएको खोटाङ कुवेत संपर्क मञ्चले आफ्नो तेस्रो वार्षिकउत्सव मनाएको छ। बर्तमान परिवेशले गर्दा आफुहरुले भब्य किसिमले वार्षिक उत्सब मनाउन चाहेपनी सिमित हुन परेको मञ्चका अध्यक्ष मनिष राईले फोन संपर्कमा बताउनु भएको थियो । संस्थाका अध्यक्ष राईको निवासमा खोटाङबाशीहरुको उपस्थितीमा अहिले सम्म संस्थाले गरेका सामाजिक कार्यमा सहयोग र कार्यप्रगतीको ’boutमा सबैलाई जानकारी गराएको जित खड्काले बताउनु भएको छ ।

मञ्चको स्थापना पस्चात बिभिन्न नेपाली कार्यक्रम देखी पीडित नेपालीहरुलाई सहयोग गर्दै आएको सस्थाले अहिले १४४४ केडी सस्थामा बचत रहेको जनाएको छ भने स्थापना पछी कतारमा हत्या गरिएका नेपाली देखी बृद्धाश्रमको साँस्कृतिक कार्यक्रम सम्म गरी करिब २८० केडी सामाजिक कार्यमा सहयोग गरेको जनाएको छ ।
माउन्ट एभरेष्ट स्पोर्टईङ क्लबका अध्यक्ष धर्मराज गिरी,जनसम्पर्क समिति कुवैतको उपाअध्यक्ष सविना राउत, र अरुण लिम्बु अतिथीको रुपमा उपस्थित भएको कार्यक्रममा मञ्चका सल्लाहाकार चन्द्र तमाङले ५१ केडी आर्थिक सहयोग गर्नुभएको जनाईएको छ । संपर्क समाजका उपस्थित सबैले सस्थालाई अझै बलियो बनाएर अगाडि जानुपर्ने सुझाब दिएको महासचिब जित खड्काले बताउनु भयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.