अमेरिकामा भाँडा माझेर राजनीतिमा फर्के सुनिल थापा ( भिडियोमा सुनिल )


sunil-thapaअन्तरपार्टी सञ्जाल बनाएर अघि बढ्ने घोषणा
२४ जेठ, काठमाडौं – नेपाली राजनीतिमा विकर्षण मात्रै छैन, पढेलेखेका मानिसहरुको आकर्षण पनि देखिन थालेको छ । यसैक्रममा नेताका छोराछोरीहरु राजनीतिलाई मन पराउँदैनन् भन्ने मान्यतालाई चिर्दै पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका उत्तराधिकारी सुनिल थापा नेपाली राजनीतिमा प्रवेश गर्नुभएको छ । त्यसो त लोकेन्द्रबहादुर चन्द र जोगमेहर श्रेष्ठका छोराहरु पनि सुनिलसँगै राजनीतिको अग्रमोर्चामा देखा पर्नुभएको छ ।

हालै सम्पन्न राप्रपाको एकता महाधिवेशनमा अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित सुनिल सूर्यबहादुरका छोरा भएर मात्रै होइन, आफ्नै अनुभवले पनि परिपक्व हुनुहुन्छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगको जागिर खाँदा अफगानिस्तानदेखि लिबियासम्म ११ वटा द्वन्द्वग्रस्त देशमा काम गरेको अनुभव संगालेका थापाले विद्यार्थीकालमा अमेरिकामा भाँडासमेत माझेको अनलाइनखबरलाई बताउनुभयो । त्यहीँबाट कामका आधारमा मानिस सानो ठूलो नहुने शिक्षा लिएको उहाँले बताउनुभयो ।

नेपालीहरु अमेरिका पस्ने रहर गर्छन्, तर तपाईचाँहि नेपाल फर्कनुभयो, किन यस्तो उल्टो यात्रा गर्नुभएको भन्ने प्रश्नमा उहाँले भन्नुभयो-’यसलाई म उल्टो नभनी सुल्टो हिसाबले हेर्छु ।’ नेपालमा प्रशस्त नभएको भन्दै विदेश जानेहरुलाई उहाँ हाम्रो देशमा प्रशस्तै सम्भावना रहेको बताउनुहुन्छ । अवसर हामी आफैंले सिर्जनासमेत गर्नुपर्ने उहाँको भनाइ छ । खाडी मुलुकबाट फर्केर तरकारी खेतीलगायत नेपालीले उदाहरणीय काम गरिरहेको उहाँ बताउनुहुन्छ ।  नेपाली राजनीतिमा ७० वर्षको अनुभव संगालेका र ६ पटकसम्म प्रधानमन्त्री बनेका आफ्ना पिताको नजिकै रहेर उहाँको अनुभवबाट सिक्न पाउनु सुनिल आफ्नो सौभाग्य सम्झनु हुन्छ । बोल्ने शैली ठ्याक्कै पिता सूर्यवहादुरको जस्तै देखिने सुनीलसँग अनलाइनखबरले गरेको कुराकानी उहाँकै शब्दमा :

राजनीतिले छ्वाप्प छोप्यो

बाल्यकाल त नभनौं, कलेज पढ्दा सायद राजनीतिक घरानामा जन्मिएकाले होला, राजनीतिले छ्वाप्प छोपेको थियो । त्यसैले म राजनीतिबाट अछुतो रहन सकिँन । राजनीतिमा लाग्न इच्छा जाग्नुमा दुई कारण छन्  :  ०२८ सालको घटना, जतिबेला मेरा बुबाले राष्ट्रिय पञ्चायतको द्वैध शासनको विरुद्धमा उत्रँदा उहाँ २१ दिन अनसनमा बस्नुभो । त्यसबेलाको माहौल यस्तो थियो कि राष्ट्रिय पञ्चालतका सदस्यहरु मेरो घरमा आउँथे । मेरा काका हरेन्द्रबहादुर थापा त्यसबेला माननीय पनि हुनुहुन्थ्यो, त्यसबेला रणनीतिहरु तयार गर्थे । बुबा जेल परे पनि राजनीतिक माहौल बनिरहेको थियो घरमा । राष्ट्रिय पञ्चायतका सदस्यहरु आएर हाउसलाई कसरी बन्द गर्न सकिन्छ भनेर रणनीति बनाउँदा मलाई पनि इच्छा जागेर आयो । दोस्रो चाँहि यो पञ्चायतको तेस्रो संविधान संशोधन भएपछि र बुबालाई अविश्वासको प्रस्तावबाट हटाएपछि त्यसबेला फेरि राष्ट्रिय पञ्चालयका सदस्यहरु मेरो घरमै आए । यसले मलाई पनि राजनीतिमा लाग्ने प्रेरणा दियो । तर, पढ्दा पढ्दै राजनीतिमा होमिन सकिँन ।

शैक्षिक अनुभव

मैले सेन्ट जेभियर्स स्कुलमा ७ कक्षासम्म पढेँ । त्यसपछि पद्मोदयबाट एसएलसी दिएँ । सरस्वती क्याम्पसबाट आइकम सकाएपछि बिकम पढ्न म भारतको गुजरात राज्यको अहमदावाद गएँ । त्यसपछि अमेरिकाको क्लेरमाउन्ट युनिभर्सिटीबाट मैले पब्लिक एडमिनिष्ट्रेसन र गभर्नेसमा डिग्रीको अध्ययन सकेर म नेपाल फर्किएको हुँ ।

अमेरिकामा ६ महिना भाँडा माझें

जीन्दगीमा मैले काम गरेको भनेको अमेरिकामा बस्दा हो । पढाइका लागि घरबाट पैसा गए पनि बस्न खान र घुम्नका लागि आफैंले काम गर्नुपर्छ भन्ने लागेर मैले पहिलो काम भाडा माझ्ने -डिस बासर) भएर गरेको हुँ । अध्ययन गरेको विश्वविद्यालयको कलेजको होस्टलमा म डिस बासर थिएँ । त्यसपछि चेकर भएँ, सुरक्षामा काम गरेँ । त्यो काम गर्दा मलाई के अनुभुति भयो भने काम गर्दा कोही पनि ठूलो र सानो हुँदैन ।

यदि म अमेरिका नगएको भए भाँडा माझ्ने परिस्थित नै हँुदैन थियो होला । अरु नै काम गरिन्थ्यो होला । ’cause मेरो बुबाले जहिले पनि मान्छे ठूलो हुनका लागि आफ्नो अनुभव नै सबैभन्दा ठूलो कुरा हो, काम गर्न तैंले केही चिजमा पनि हिच्किचाउनु हुँदैन, जस्तो काम पनि तैंले गर्न सक्नुपर्छ र त्यसबाट कमाएको हर पैसाको मूल्य पनि हुन्छ भन्नुहुन्थ्यो । त्यसैले गर्दा पनि होला मैले अमेरिकामा ६ महिना भाँडा माझें । यहाँ जस्तो नभए पनि डिसमा हाल्नुपर्ने, गमबुट लगाउनुपर्ने, पञ्जा लगाउनुपर्ने । त्यसक्रममा मैले जुन विश्वविद्यालयमा पढ्थेँ, त्यहाँको क्यान्टिनमा त्यहाँको प्रसिडेन्टले त्यही क्याफेटरीमा काम गर्ने ज्यानेटर भनिथ्यो, भुइँ पुच्छ्ने आइमाईसँगै बसेर कफी खाएको देखेँ । अनि यो घटना मेरो लाइफको इक्वालिटीको ठूलो विन्दु बन्यो । त्यहाँबाट मैले आफ्नो स्वाभिमानले गरेको काम महत्वपूर्ण हुन्छ र होचो होइन भन्ने लागेपछि मैले निरन्तर काम गरेँ ।

म एबीए पढ्न अमेरिका गएको । म जुन विश्वविद्यालय गएँ, त्यहाँ पिटर डकर भन्ने म्यानेजमेन्टको विद्धान प्रोफेसर हुनुहुन्थ्यो । तर, त्यो क्यासमा गएपछि मैले आफूलाई अचम्मको तरंग फिल गरें । त्यहाँको पढाइको कुरा गर्दा टि्रलियन मिलयन डलरको कुरा हुन्थ्यो । मैले सोचंे, नेपालमा हजार मिलियन डलरको मात्रै बजेट बन्छ, भोलि मैले यहाँबाट पढेर नेपाल गएर कहाँ लागू गर्ने ? मैले पढेको त यहाँको परिस्थितिमा मेल नै नखाने भयो । भनेपछि के गर्ने त भन्दा त्यसबेला नेपालमा एक दुई जनाले मात्र पब्लिक एडमिनिष्ट्रेसन र गभर्नेसका विषयमा पढेका थिए । मैले यो विषय लिएँ भने भोलि केही गर्न सक्छु भन्ने लाग्यो ।

नेपाल छोड्दादेखि नै मलाई अमेरिकामा बस्ने कहिल्यै इच्छा लागेन । भोलि नेपाल नै र्फकनुपर्छ भन्ने हिसावले गएको थिएँ, विषय परिर्वतन गरेँ । यसले नेपालको परिप्रेक्ष्यमा काम गर्न सहज भयो । र, अहिले अर्को जुन राजनीतिक यात्रा सुरु गर्दैछु, यसलाई पनि ठूलो टेवा दिन्छ भन्ने लाग्छ ।

मसँग दृष्टिकोण छ, सपना हैन

राजनीतिमा लागेर यो देशलाई कस्तो बनाउँछु भन्ने मैले निश्चित परिकल्पना गरेको छु । तर, मेरो परिकल्पनामा दृष्टिकोण छ, सपना हैन । ’cause मैले यहाँ राजनीति सुरु गर्नुभन्दा पहिला पनि म राष्ट्रिय पञ्चालतमा जान्थेँ । त्यहाँ मानिसहरु विकासको कुरा आफ्नो जिल्लामा मात्र सीमित गर्थे । २१ औं शताब्दीमा विश्व नै ग्लोवल भिलेज भइसकेकोमा अब मैले पनि मेरो जिल्लाकै मात्र कुरा गर्ने हैन । मैले पनि निश्चित अनुभव हासिल गर्नुपर्छ । राम्रो माध्यम पाएँ भने केही गर्न सक्छु भन्ने हिसावले अघि बढेँ ।

मैले आफूलाई सोचेजस्तो तत्काल नै नहोला भनेर, केही काम गरौं भनेर मैले ०४५ सालमा प्राध्यापक बनेर सेडामा जागिर खाएँ । दोस्रो, मैले अध्ययन गराउने मौका पाएँ । जनप्रशासनमा पढाउँदा एमकम र जनप्रशासनको एउटै पाठ्यक्रम देखेपछि भाइस चान्सरल रामचन्द्र सिंहले कोर्ष परिर्वचन गर्नुपर्‍यो भनेकाले मैले केही परिर्वतन गरें । त्यसपछि त्यहाँ एक डेढ वर्ष पढाउने मौका पाएँ । त्यही क्रममा संयुक्त राष्ट्रसंघको शरणार्थी आयोगले मलाई मौका दियो । पहिलो टेष्ट गर्छु भनेर तीन महिना कन्सलट्यान्ट भए काम गरेँ । त्यसक्रममा धेरैको सेवा गर्ने मौका पाएँ र त्यसपछि मैले आफ्नो प्रोफेसनल जीवन सुरु गरेँ ।

त्यसपछि मैले श्रीलंका, अफगानिस्तान, सुडानसहितका ११ देशमा काम गर्ने मौका पाएँ । सायद यो अनुभवले नेपालको विकासमा योगदान दिनसक्ने परिस्थिति बनेको छ भन्ने लाग्छ ।

बुबा र मेरो सम्बन्ध

सबैभन्दा पहिला त यसलाई बाबु-छोराको सम्वन्ध भन्दा पनि गुरु चेलाको सम्बन्धका रुपमा लिन्छु । ’cause एउटा घरमा, जसको ७० वर्षको राजनीतिक अनुभव भएको, देशको ६ पटक प्रधानमन्त्री भएको मान्छे र साथै यो देशले विभिन्न मोडमा अपनाएका व्यवस्थासँग काम गरेका व्यक्तिको चेला भएर काम गर्ने मौका पाएको छु, यसलाई म सौभाग्य छान्छु । जहाँसम्म बाबु छोराको सम्वन्ध घरभित्र रहन्छ । तर, नढाँटिभन्दा त्यसबाट मलाई बेफाइदा भन्दा पनि फाइदा भएको छ । राजनीतिक यात्राका लागि उहाँको भूमिकाले मलाई सहज बनाएको छ । त्यसले गर्दा यसलाई म सकारात्मक रुपमै लिन्छु ।

एकता अधिवेशनको खुशी

सबैभन्दा पहिला त म धेरै खुसी छु, यो अधिवेशनलाई एकता अधिवेशन भनिएको थियो, यो सफलताका साथ टुङ्गयिो । पहिला ११/१२ सय प्रतिनिधि सहभागी हुने गरेकोमा २३ सयजति सहभागी भए । त्यसमा पनि २ हजार नयाँ अनुहारको मात्र हैन कि भर्खरका विद्यार्थीदेखि युवाहरु छन्, यसले मलाई एकदमै खुसी बनाएको छ । ’cause जहिले पनि यो बुढापाकाको पार्टी, पूर्वपञ्चको पार्टी भनेर जुन ट्याग लाग्थ्यो, यसले धेरै हदसम्म हटाएको छ । अर्को, जुन रिजल्ट आयो ७० वटा सिटका लागि भएको निर्वाचनमा ६० जना नयाँ पुस्ताका छन्, एकजना त २८ वर्षका विद्यार्थी नेता छन् । यसले म एकदमै खुसी छु, ’cause यो नयाँ जमातसँगै बसेर म पनि काम गर्न पाउँछु ।

दोस्रो, म त राजनीतिमा आएको छ महिना मात्र भयो । योबीचमा मैले करिव १० बटा जिल्ला भ्रमण गरेँ । त्यो घुमाइले गर्दा मानिसहरुले दुई एस्पेक्टले हेरे, पहिलो यो नयाँ पुस्ता आयो, अर्को यो त सूर्यबहादुर थापाको छोरो हो, यसलाई हामीले किन मौका नदिने भन्ने कुरा गरे । तर, उहाँलाई सूर्यबहादुर थापाभन्दा पनि बूढा भनेर चिन्छन् । बूढाको छोरा भनेपछि तुरुन्तै पहिचान आइहाल्ने ।

नेपालमा पार्टी टुटफुट भएको बेला भएको यो एकता महाधिवेशनसफल भएकोमा विदेशी पाहुना र विभिन्न पार्टीका मान्छेहरु पनि बडो खुसी भएको पाएँ ।

राप्रपामै लाग्नुको कारण

पहिलो कुरा त म राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापनाकालबाटै संलग्न छु । अर्को, राप्रपाले अंगालेको राष्ट्रियता, प्रजातन्त्र र उदारवाद अर्थतन्त्रको नीतिलाई म स्वीकार गर्छु । तेस्रो, नेपालमा त्यतिखेर बैकल्पिक प्रजातान्त्रिक पार्टीका रुपमा स्थापना हुनुपर्छ भन्ने जुन हेतु राखेको थियो । त्यो अरु राजनीतिक पार्टीमा छैन । त्यसले गर्दा मैले यहाँ आएपछि केही गर्न सकिन्छ भन्ने लाग्यो । अर्को, राज्य सञ्चालन एकमुष्ट रुपले गर्न पाएको छैन । हामीजस्तो फर्किएर आएको मान्छे पार्टीमा बस्दा जीवन्त रुप दिन र कार्यकर्ताको मनोवल बढाउन सकिन्छ भन्ने हो ।

आफ्नै घरको फूलबारी राम्रो

नेपालमा अहिलेको परिस्थितिमा धेरै अवसर छ । हामीलाई जहिले पनि आफ्नो घरको फूलबारी राम्रो नलाग्ने, अरुको घरको राम्रो लाग्ने । आफ्नो विद्यार्थी कालको संघर्षमय काममा मैले भाँडा पनि माझंे । सायद मैले आफ्नै घरमा भाँडा माझ्दिँन थिएँ होला । हामीमा द्वैध पर्सनालिटी जहिले पनि हुन्छ । हरेक नेपालीमा छ । यहाँ बाथरुम सफा गर्न नचाहने तर, दुबई एयरपोर्टमा सफा गर्ने ।

मान्छे बाहिर जानुका दुई कारण हुन्छन् । एउटा बाध्यताको कारणले, अर्को केही सिक्न । म के भन्छु भन्दा नेपालमा पनि उत्तिकै अवसर छ । कति नेपालीहरु खाडी गएर फर्किएर यहाँ तरकारी खेती गरेका छन् र आफ्नो जिविका आनन्दसँग चलाएका छन् । हो, अवसर जागिरमा कम होला तर, जागिरबाहेक अरुमा अवसर छ, खोतल्नु मात्र पर्छ ।

राजनीतिमा लाग्ने मान्छे लोभीपापी हुनुहुँदैन

मलाई राजनीति गर्ने ठूलो इच्छा थियो । त्यसलाई मैले कसरी पूरा गरेँ भने पहिला बाहिर गएर सिकेर, देश विदेश हेरेर त्यहाँको राम्रो कुरा यहाँ लागू गर्न सकिन्छ कि भनेर हेरें । तर, नेपालको सेवा गर्न चाहने मान्छेले लोभीपापी सोचाइ राख्नु हुँदैन । मलाई मेरो २२ वर्षको सेवाअवधिमा त्यो संस्थाले मेरो जीविका चलाउन, छोराछोरी पढाउन पर्याप्तमात्रमा आर्थिक सुविधा दियो । आज यो समयमा आउँदा मैले परिवारप्रति गर्नुपर्ने न्यूूनतम आवश्यकता परिपूर्ति गर्दिसकेको छु । अब मैले मेरो आधा जीवनमा कुनै पनि लोभीपापी नभई देश र जनताको सेवा गर्न सक्छु । ’cause मलाई भोलि मन्त्री भएर पैसा कमाएर छोराछोरीलाई घर बनाइदिनुपर्ने, पढाइदिनुपर्ने यस्ता काममा मलाई लाग्नु छैन । मैले सबै गरिदिएको हुनाले अब राजनीतिक सफलताका लागि काम गर्न सक्छु । अहिले कमाउनका लागि राजनीतिमा क्रम बढ्यो । यसले गर्दा राजनीतिक परिपार्टीमाथि जनताको वितृष्णा बढ्यो ।

नेपालको इतिहासमा धेरै व्यक्ति लोभीपापी नभएका पनि छन् । कृष्णप्रसाद भट्टराईलाई हेर्नुस, रुपचन्द्र विष्ट हेर्नुस् । कांग्रेसका शंकर पाण्डेलाई लिन सकिन्छ । यो त कसरी अघि बढ्ने भन्ने हो । मानिसले कमाउनका लागि पनि राजनीति नगरेका होइनन् तर, जनताको सेवा गर्न मात्र राजनीति गर्नेहरु पनि छन् ।

मैले पनि जीवनमा कम दुःख गरेको छैन

हुने र नहुनेमा म हुनेमा परेँ होला, तर, मैले पनि त २२ वर्ष संयुक्त राष्ट्रसंघमा एक्लो जीवन बिताएँ । त्यहाँ मैले पैसा र नाम मात्र कमाइँन, परिवारले ठूलो मूल्य चुकाएको छ । कतिपटक अगाडि बम पड्किन्थ्यो । घरबाट निस्किँदा म र्फकन्छु कि र्फकन्न भन्ने डर हुन्थ्यो । त्यसरी पनि मैले जीवन बिताएको छु । आपत्ति आइलाग्दा मैले जाइलागेको छु ।

अन्तरपार्टी सम्बन्ध विकास गर्नुपर्छ

नेपालमा अब एउटा पार्टी मात्र हैन, अन्तर पार्टी साझा कार्यक्रम बनाएर हिँड्नुपर्छ । जहाँ कि सबै लाइक म्याण्डेट पिपुल एक ठाउँमा बस्नुपर्छ । मैले भनेको कस्तो भने राप्रपाको, कांग्रेसको, एमालेको र केही हदसम्म माओवादीको पनि युवाहरु एक ठाउँमा बस्न सकियो भने हामी धेरै ठूलो उपलब्धी हासिल गर्न सक्छौं । अमेरिकामा क्लिन्टनको दोस्रो कालमा हाउसमा बहुमत भए पनि बाइपार्टीइज्ममा गए । नेपालमा पनि त्यो परिस्थिति आइसक्यो । गगन थापा, योगेश भट्टराई, गोकर्ण विष्टसहित कति नाम नसुनेका युवाहरु छन् । त्यसैले अबको नेपाल बनाउने हो भने दुई लेयरले जानुपर्छ । एउटा पार्टीगत भने अर्को लाइक म्याण्डेट पिपुल विथ कमन भिजन र इन्ट्रा पार्टी । यसमा अब छिट्टै काम सुरु गर्छु ।

भिडियोमा सुनिल  अमेरिकामा भाँडा माझेर राजनीतिमा फर्के सुनिल थापा
अन्तरपार्टी सञ्जाल बनाएर अघि बढ्ने घोषणा
15

२४ जेठ, काठमाडौं । नेपाली राजनीतिमा विकर्षण मात्रै छैन, पढेलेखेका मानिसहरुको आकर्षण पनि देखिन थालेको छ । यसैक्रममा नेताका छोराछोरीहरु राजनीतिलाई मन पराउँदैनन् भन्ने मान्यतालाई चिर्दै पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका उत्तराधिकारी सुनिल थापा नेपाली राजनीतिमा प्रवेश गर्नुभएको छ । त्यसो त लोकेन्द्रबहादुर चन्द र जोगमेहर श्रेष्ठका छोराहरु पनि सुनिलसँगै राजनीतिको अग्रमोर्चामा देखा पर्नुभएको छ ।

हालै सम्पन्न राप्रपाको एकता महाधिवेशनमा अत्यधिक मतका साथ केन्द्रीय सदस्यमा निर्वाचित सुनिल सूर्यबहादुरका छोरा भएर मात्रै होइन, आफ्नै अनुभवले पनि परिपक्व हुनुहुन्छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायोगको जागिर खाँदा अफगानिस्तानदेखि लिबियासम्म ११ वटा द्वन्द्वग्रस्त देशमा काम गरेको अनुभव संगालेका थापाले विद्यार्थीकालमा अमेरिकामा भाँडासमेत माझेको अनलाइनखबरलाई बताउनुभयो । त्यहीँबाट कामका आधारमा मानिस सानो ठूलो नहुने शिक्षा लिएको उहाँले बताउनुभयो ।sunil-thapa

नेपालीहरु अमेरिका पस्ने रहर गर्छन्, तर तपाईचाँहि नेपाल फर्कनुभयो, किन यस्तो उल्टो यात्रा गर्नुभएको भन्ने प्रश्नमा उहाँले भन्नुभयो-’यसलाई म उल्टो नभनी सुल्टो हिसाबले हेर्छु ।’ नेपालमा प्रशस्त नभएको भन्दै विदेश जानेहरुलाई उहाँ हाम्रो देशमा प्रशस्तै सम्भावना रहेको बताउनुहुन्छ । अवसर हामी आफैंले सिर्जनासमेत गर्नुपर्ने उहाँको भनाइ छ । खाडी मुलुकबाट फर्केर तरकारी खेतीलगायत नेपालीले उदाहरणीय काम गरिरहेको उहाँ बताउनुहुन्छ ।  नेपाली राजनीतिमा ७० वर्षको अनुभव संगालेका र ६ पटकसम्म प्रधानमन्त्री बनेका आफ्ना पिताको नजिकै रहेर उहाँको अनुभवबाट सिक्न पाउनु सुनिल आफ्नो सौभाग्य सम्झनु हुन्छ । बोल्ने शैली ठ्याक्कै पिता सूर्यवहादुरको जस्तै देखिने सुनीलसँग अनलाइनखबरले गरेको कुराकानी उहाँकै शब्दमा :

राजनीतिले छ्वाप्प छोप्यो

बाल्यकाल त नभनौं, कलेज पढ्दा सायद राजनीतिक घरानामा जन्मिएकाले होला, राजनीतिले छ्वाप्प छोपेको थियो । त्यसैले म राजनीतिबाट अछुतो रहन सकिँन । राजनीतिमा लाग्न इच्छा जाग्नुमा दुई कारण छन्  :  ०२८ सालको घटना, जतिबेला मेरा बुबाले राष्ट्रिय पञ्चायतको द्वैध शासनको विरुद्धमा उत्रँदा उहाँ २१ दिन अनसनमा बस्नुभो । त्यसबेलाको माहौल यस्तो थियो कि राष्ट्रिय पञ्चालतका सदस्यहरु मेरो घरमा आउँथे । मेरा काका हरेन्द्रबहादुर थापा त्यसबेला माननीय पनि हुनुहुन्थ्यो, त्यसबेला रणनीतिहरु तयार गर्थे । बुबा जेल परे पनि राजनीतिक माहौल बनिरहेको थियो घरमा । राष्ट्रिय पञ्चायतका सदस्यहरु आएर हाउसलाई कसरी बन्द गर्न सकिन्छ भनेर रणनीति बनाउँदा मलाई पनि इच्छा जागेर आयो । दोस्रो चाँहि यो पञ्चायतको तेस्रो संविधान संशोधन भएपछि र बुबालाई अविश्वासको प्रस्तावबाट हटाएपछि त्यसबेला फेरि राष्ट्रिय पञ्चालयका सदस्यहरु मेरो घरमै आए । यसले मलाई पनि राजनीतिमा लाग्ने प्रेरणा दियो । तर, पढ्दा पढ्दै राजनीतिमा होमिन सकिँन ।

शैक्षिक अनुभव

मैले सेन्ट जेभियर्स स्कुलमा ७ कक्षासम्म पढेँ । त्यसपछि पद्मोदयबाट एसएलसी दिएँ । सरस्वती क्याम्पसबाट आइकम सकाएपछि बिकम पढ्न म भारतको गुजरात राज्यको अहमदावाद गएँ । त्यसपछि अमेरिकाको क्लेरमाउन्ट युनिभर्सिटीबाट मैले पब्लिक एडमिनिष्ट्रेसन र गभर्नेसमा डिग्रीको अध्ययन सकेर म नेपाल फर्किएको हुँ ।

अमेरिकामा ६ महिना भाँडा माझें

जीन्दगीमा मैले काम गरेको भनेको अमेरिकामा बस्दा हो । पढाइका लागि घरबाट पैसा गए पनि बस्न खान र घुम्नका लागि आफैंले काम गर्नुपर्छ भन्ने लागेर मैले पहिलो काम भाडा माझ्ने -डिस बासर) भएर गरेको हुँ । अध्ययन गरेको विश्वविद्यालयको कलेजको होस्टलमा म डिस बासर थिएँ । त्यसपछि चेकर भएँ, सुरक्षामा काम गरेँ । त्यो काम गर्दा मलाई के अनुभुति भयो भने काम गर्दा कोही पनि ठूलो र सानो हुँदैन ।

यदि म अमेरिका नगएको भए भाँडा माझ्ने परिस्थित नै हँुदैन थियो होला । अरु नै काम गरिन्थ्यो होला । ’cause मेरो बुबाले जहिले पनि मान्छे ठूलो हुनका लागि आफ्नो अनुभव नै सबैभन्दा ठूलो कुरा हो, काम गर्न तैंले केही चिजमा पनि हिच्किचाउनु हुँदैन, जस्तो काम पनि तैंले गर्न सक्नुपर्छ र त्यसबाट कमाएको हर पैसाको मूल्य पनि हुन्छ भन्नुहुन्थ्यो । त्यसैले गर्दा पनि होला मैले अमेरिकामा ६ महिना भाँडा माझें । यहाँ जस्तो नभए पनि डिसमा हाल्नुपर्ने, गमबुट लगाउनुपर्ने, पञ्जा लगाउनुपर्ने । त्यसक्रममा मैले जुन विश्वविद्यालयमा पढ्थेँ, त्यहाँको क्यान्टिनमा त्यहाँको प्रसिडेन्टले त्यही क्याफेटरीमा काम गर्ने ज्यानेटर भनिथ्यो, भुइँ पुच्छ्ने आइमाईसँगै बसेर कफी खाएको देखेँ । अनि यो घटना मेरो लाइफको इक्वालिटीको ठूलो विन्दु बन्यो । त्यहाँबाट मैले आफ्नो स्वाभिमानले गरेको काम महत्वपूर्ण हुन्छ र होचो होइन भन्ने लागेपछि मैले निरन्तर काम गरेँ ।

म एबीए पढ्न अमेरिका गएको । म जुन विश्वविद्यालय गएँ, त्यहाँ पिटर डकर भन्ने म्यानेजमेन्टको विद्धान प्रोफेसर हुनुहुन्थ्यो । तर, त्यो क्यासमा गएपछि मैले आफूलाई अचम्मको तरंग फिल गरें । त्यहाँको पढाइको कुरा गर्दा टि्रलियन मिलयन डलरको कुरा हुन्थ्यो । मैले सोचंे, नेपालमा हजार मिलियन डलरको मात्रै बजेट बन्छ, भोलि मैले यहाँबाट पढेर नेपाल गएर कहाँ लागू गर्ने ? मैले पढेको त यहाँको परिस्थितिमा मेल नै नखाने भयो । भनेपछि के गर्ने त भन्दा त्यसबेला नेपालमा एक दुई जनाले मात्र पब्लिक एडमिनिष्ट्रेसन र गभर्नेसका विषयमा पढेका थिए । मैले यो विषय लिएँ भने भोलि केही गर्न सक्छु भन्ने लाग्यो ।

नेपाल छोड्दादेखि नै मलाई अमेरिकामा बस्ने कहिल्यै इच्छा लागेन । भोलि नेपाल नै र्फकनुपर्छ भन्ने हिसावले गएको थिएँ, विषय परिर्वतन गरेँ । यसले नेपालको परिप्रेक्ष्यमा काम गर्न सहज भयो । र, अहिले अर्को जुन राजनीतिक यात्रा सुरु गर्दैछु, यसलाई पनि ठूलो टेवा दिन्छ भन्ने लाग्छ ।

मसँग दृष्टिकोण छ, सपना हैन

राजनीतिमा लागेर यो देशलाई कस्तो बनाउँछु भन्ने मैले निश्चित परिकल्पना गरेको छु । तर, मेरो परिकल्पनामा दृष्टिकोण छ, सपना हैन । ’cause मैले यहाँ राजनीति सुरु गर्नुभन्दा पहिला पनि म राष्ट्रिय पञ्चालतमा जान्थेँ । त्यहाँ मानिसहरु विकासको कुरा आफ्नो जिल्लामा मात्र सीमित गर्थे । २१ औं शताब्दीमा विश्व नै ग्लोवल भिलेज भइसकेकोमा अब मैले पनि मेरो जिल्लाकै मात्र कुरा गर्ने हैन । मैले पनि निश्चित अनुभव हासिल गर्नुपर्छ । राम्रो माध्यम पाएँ भने केही गर्न सक्छु भन्ने हिसावले अघि बढेँ ।

मैले आफूलाई सोचेजस्तो तत्काल नै नहोला भनेर, केही काम गरौं भनेर मैले ०४५ सालमा प्राध्यापक बनेर सेडामा जागिर खाएँ । दोस्रो, मैले अध्ययन गराउने मौका पाएँ । जनप्रशासनमा पढाउँदा एमकम र जनप्रशासनको एउटै पाठ्यक्रम देखेपछि भाइस चान्सरल रामचन्द्र सिंहले कोर्ष परिर्वचन गर्नुपर्‍यो भनेकाले मैले केही परिर्वतन गरें । त्यसपछि त्यहाँ एक डेढ वर्ष पढाउने मौका पाएँ । त्यही क्रममा संयुक्त राष्ट्रसंघको शरणार्थी आयोगले मलाई मौका दियो । पहिलो टेष्ट गर्छु भनेर तीन महिना कन्सलट्यान्ट भए काम गरेँ । त्यसक्रममा धेरैको सेवा गर्ने मौका पाएँ र त्यसपछि मैले आफ्नो प्रोफेसनल जीवन सुरु गरेँ ।

त्यसपछि मैले श्रीलंका, अफगानिस्तान, सुडानसहितका ११ देशमा काम गर्ने मौका पाएँ । सायद यो अनुभवले नेपालको विकासमा योगदान दिनसक्ने परिस्थिति बनेको छ भन्ने लाग्छ ।

बुबा र मेरो सम्बन्ध

सबैभन्दा पहिला त यसलाई बाबु-छोराको सम्वन्ध भन्दा पनि गुरु चेलाको सम्बन्धका रुपमा लिन्छु । ’cause एउटा घरमा, जसको ७० वर्षको राजनीतिक अनुभव भएको, देशको ६ पटक प्रधानमन्त्री भएको मान्छे र साथै यो देशले विभिन्न मोडमा अपनाएका व्यवस्थासँग काम गरेका व्यक्तिको चेला भएर काम गर्ने मौका पाएको छु, यसलाई म सौभाग्य छान्छु । जहाँसम्म बाबु छोराको सम्वन्ध घरभित्र रहन्छ । तर, नढाँटिभन्दा त्यसबाट मलाई बेफाइदा भन्दा पनि फाइदा भएको छ । राजनीतिक यात्राका लागि उहाँको भूमिकाले मलाई सहज बनाएको छ । त्यसले गर्दा यसलाई म सकारात्मक रुपमै लिन्छु ।

एकता अधिवेशनको खुशी

सबैभन्दा पहिला त म धेरै खुसी छु, यो अधिवेशनलाई एकता अधिवेशन भनिएको थियो, यो सफलताका साथ टुङ्गयिो । पहिला ११/१२ सय प्रतिनिधि सहभागी हुने गरेकोमा २३ सयजति सहभागी भए । त्यसमा पनि २ हजार नयाँ अनुहारको मात्र हैन कि भर्खरका विद्यार्थीदेखि युवाहरु छन्, यसले मलाई एकदमै खुसी बनाएको छ । ’cause जहिले पनि यो बुढापाकाको पार्टी, पूर्वपञ्चको पार्टी भनेर जुन ट्याग लाग्थ्यो, यसले धेरै हदसम्म हटाएको छ । अर्को, जुन रिजल्ट आयो ७० वटा सिटका लागि भएको निर्वाचनमा ६० जना नयाँ पुस्ताका छन्, एकजना त २८ वर्षका विद्यार्थी नेता छन् । यसले म एकदमै खुसी छु, ’cause यो नयाँ जमातसँगै बसेर म पनि काम गर्न पाउँछु ।

दोस्रो, म त राजनीतिमा आएको छ महिना मात्र भयो । योबीचमा मैले करिव १० बटा जिल्ला भ्रमण गरेँ । त्यो घुमाइले गर्दा मानिसहरुले दुई एस्पेक्टले हेरे, पहिलो यो नयाँ पुस्ता आयो, अर्को यो त सूर्यबहादुर थापाको छोरो हो, यसलाई हामीले किन मौका नदिने भन्ने कुरा गरे । तर, उहाँलाई सूर्यबहादुर थापाभन्दा पनि बूढा भनेर चिन्छन् । बूढाको छोरा भनेपछि तुरुन्तै पहिचान आइहाल्ने ।

नेपालमा पार्टी टुटफुट भएको बेला भएको यो एकता महाधिवेशनसफल भएकोमा विदेशी पाहुना र विभिन्न पार्टीका मान्छेहरु पनि बडो खुसी भएको पाएँ ।

राप्रपामै लाग्नुको कारण

पहिलो कुरा त म राष्ट्रिय प्रजातन्त्र पार्टीको स्थापनाकालबाटै संलग्न छु । अर्को, राप्रपाले अंगालेको राष्ट्रियता, प्रजातन्त्र र उदारवाद अर्थतन्त्रको नीतिलाई म स्वीकार गर्छु । तेस्रो, नेपालमा त्यतिखेर बैकल्पिक प्रजातान्त्रिक पार्टीका रुपमा स्थापना हुनुपर्छ भन्ने जुन हेतु राखेको थियो । त्यो अरु राजनीतिक पार्टीमा छैन । त्यसले गर्दा मैले यहाँ आएपछि केही गर्न सकिन्छ भन्ने लाग्यो । अर्को, राज्य सञ्चालन एकमुष्ट रुपले गर्न पाएको छैन । हामीजस्तो फर्किएर आएको मान्छे पार्टीमा बस्दा जीवन्त रुप दिन र कार्यकर्ताको मनोवल बढाउन सकिन्छ भन्ने हो ।

आफ्नै घरको फूलबारी राम्रो

नेपालमा अहिलेको परिस्थितिमा धेरै अवसर छ । हामीलाई जहिले पनि आफ्नो घरको फूलबारी राम्रो नलाग्ने, अरुको घरको राम्रो लाग्ने । आफ्नो विद्यार्थी कालको संघर्षमय काममा मैले भाँडा पनि माझंे । सायद मैले आफ्नै घरमा भाँडा माझ्दिँन थिएँ होला । हामीमा द्वैध पर्सनालिटी जहिले पनि हुन्छ । हरेक नेपालीमा छ । यहाँ बाथरुम सफा गर्न नचाहने तर, दुबई एयरपोर्टमा सफा गर्ने ।

मान्छे बाहिर जानुका दुई कारण हुन्छन् । एउटा बाध्यताको कारणले, अर्को केही सिक्न । म के भन्छु भन्दा नेपालमा पनि उत्तिकै अवसर छ । कति नेपालीहरु खाडी गएर फर्किएर यहाँ तरकारी खेती गरेका छन् र आफ्नो जिविका आनन्दसँग चलाएका छन् । हो, अवसर जागिरमा कम होला तर, जागिरबाहेक अरुमा अवसर छ, खोतल्नु मात्र पर्छ ।

राजनीतिमा लाग्ने मान्छे लोभीपापी हुनुहुँदैन

मलाई राजनीति गर्ने ठूलो इच्छा थियो । त्यसलाई मैले कसरी पूरा गरेँ भने पहिला बाहिर गएर सिकेर, देश विदेश हेरेर त्यहाँको राम्रो कुरा यहाँ लागू गर्न सकिन्छ कि भनेर हेरें । तर, नेपालको सेवा गर्न चाहने मान्छेले लोभीपापी सोचाइ राख्नु हुँदैन । मलाई मेरो २२ वर्षको सेवाअवधिमा त्यो संस्थाले मेरो जीविका चलाउन, छोराछोरी पढाउन पर्याप्तमात्रमा आर्थिक सुविधा दियो । आज यो समयमा आउँदा मैले परिवारप्रति गर्नुपर्ने न्यूूनतम आवश्यकता परिपूर्ति गर्दिसकेको छु । अब मैले मेरो आधा जीवनमा कुनै पनि लोभीपापी नभई देश र जनताको सेवा गर्न सक्छु । ’cause मलाई भोलि मन्त्री भएर पैसा कमाएर छोराछोरीलाई घर बनाइदिनुपर्ने, पढाइदिनुपर्ने यस्ता काममा मलाई लाग्नु छैन । मैले सबै गरिदिएको हुनाले अब राजनीतिक सफलताका लागि काम गर्न सक्छु । अहिले कमाउनका लागि राजनीतिमा क्रम बढ्यो । यसले गर्दा राजनीतिक परिपार्टीमाथि जनताको वितृष्णा बढ्यो ।

नेपालको इतिहासमा धेरै व्यक्ति लोभीपापी नभएका पनि छन् । कृष्णप्रसाद भट्टराईलाई हेर्नुस, रुपचन्द्र विष्ट हेर्नुस् । कांग्रेसका शंकर पाण्डेलाई लिन सकिन्छ । यो त कसरी अघि बढ्ने भन्ने हो । मानिसले कमाउनका लागि पनि राजनीति नगरेका होइनन् तर, जनताको सेवा गर्न मात्र राजनीति गर्नेहरु पनि छन् ।

मैले पनि जीवनमा कम दुःख गरेको छैन

हुने र नहुनेमा म हुनेमा परेँ होला, तर, मैले पनि त २२ वर्ष संयुक्त राष्ट्रसंघमा एक्लो जीवन बिताएँ । त्यहाँ मैले पैसा र नाम मात्र कमाइँन, परिवारले ठूलो मूल्य चुकाएको छ । कतिपटक अगाडि बम पड्किन्थ्यो । घरबाट निस्किँदा म र्फकन्छु कि र्फकन्न भन्ने डर हुन्थ्यो । त्यसरी पनि मैले जीवन बिताएको छु । आपत्ति आइलाग्दा मैले जाइलागेको छु ।

अन्तरपार्टी सम्बन्ध विकास गर्नुपर्छ

नेपालमा अब एउटा पार्टी मात्र हैन, अन्तर पार्टी साझा कार्यक्रम बनाएर हिँड्नुपर्छ । जहाँ कि सबै लाइक म्याण्डेट पिपुल एक ठाउँमा बस्नुपर्छ । मैले भनेको कस्तो भने राप्रपाको, कांग्रेसको, एमालेको र केही हदसम्म माओवादीको पनि युवाहरु एक ठाउँमा बस्न सकियो भने हामी धेरै ठूलो उपलब्धी हासिल गर्न सक्छौं । अमेरिकामा क्लिन्टनको दोस्रो कालमा हाउसमा बहुमत भए पनि बाइपार्टीइज्ममा गए । नेपालमा पनि त्यो परिस्थिति आइसक्यो । गगन थापा, योगेश भट्टराई, गोकर्ण विष्टसहित कति नाम नसुनेका युवाहरु छन् । त्यसैले अबको नेपाल बनाउने हो भने दुई लेयरले जानुपर्छ । एउटा पार्टीगत भने अर्को लाइक म्याण्डेट पिपुल विथ कमन भिजन र इन्ट्रा पार्टी । यसमा अब छिट्टै काम सुरु गर्छु http://www.youtube.com/watch?v=AJwad4-IPzA&feature=player_embedded%5D

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.