चरिकोट – नेपाली कांग्रेस र एमाओवादीबीच जिल्ला प्रशासन कार्यालयमा वार्ता भएर सहमति भएपछि शान्त भएको दोलखाको चरिकोट बजारमा अहिले एमाओवादीले शक्ति प्रदर्शनको तयारी गरिरहेको छ। हिजो कांग्रेस र एमाओवादीबीच दुवै पक्षले आगामी दिनमा कुनै किसिमको दुश्मनी नसाध्ने सहमति भएपछि हिजै कांग्रेसले गरेको अनिश्चितकालिन दोलखा बन्द फिर्ता गरेको थियो। पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 04/06/2013
हवाइजहाजमा भन्दा कम छैन बसभित्रको सुविधा !
‘एक वर्षभित्र साधारण बस विस्थापित हुन्छन्’
२१ जेठ, काठमाडौं – केही वर्ष पहिले ‘भिडियो कोच’ लेखिएको लामो यात्राका बसमा यात्रुहरु आकषिर्त हुन्थे । यात्रा अवधिभर सिटमा अडेस लगाएर भिडियो हेर्न पाइने भएकाले लामो यात्रा गर्नेहरुले यस्तै बस रोज्थे । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in विविध
८५ कामदार क्याम्पबाट निकालिए
होम कार्की
दोहा, जेष्ठ २१ – तापक्रम बढ्दै गएका कतारमा आएदेखि तलबसमेत नपाएका ८५ जना नेपाली कामदारलाई बस्ने ठाउँबाट शनिबार निकालिदिएको छ । उनीहरू रातभर सडकमा बसी आइतबार दिउँसो नेपाली दूतावासमा शरण लिन आइपुगेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
दलीय सरकार नबने निर्वाचनमा जान्नौँ : राई
काठमाडौ, जेष्ठ २१ – संघीय समाजवादी पार्टी नेपालका अध्यक्ष अशोक राईले दलीय सरकार नबनेसम्म निर्वाचनमा भाग नलिने बताएका छन् । ‘पच्चीस बुँदे आदेश र ११ बुँदे समझदारी खारेज हुनुपर्छ,’ उनले भने, ‘त्यसपछि दलहरूको नेतृत्वमा नयाँ सम्झौता हुनुपर्छ । त्यसो भएन भने मंसिरमा हुने भनिएको चुनावमा भाग लिँदैनांै । अबको आन्दोलन निणर्ायक हुनेछ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार