लघु कर्जामा क्याप लगाउने तयारी, पुर्नकर्जा १४ प्रतिशतमा सीमित


रमेश घिमिरे
nepal-rastra-bank१९ जेठ, काठमाडौं । विपन्न वर्गको जीवनस्तर उकास्ने उदेश्यले खुलेका लघुवित्त कम्पनीले ऋणीसँग चर्को ब्याज असुलेपछि नेपाल राष्ट्र बैंकले ब्याजदर नियन्त्रण गर्ने तयारी थालेको छ । पुनर्कर्जा लिने सहकारी संस्थाको स्प्रेड ६ प्रतिशत तोकेपछि केन्द्रीय बैंकले लघुवित्त कम्पनीको कर्जा ब्याजदर पनि नियमनको दायरामा ल्याउने प्रयास थालेको हो । स्वावलम्बन कोषबाट पुर्नकर्जा लिने सहकारी संस्थाले १४ प्रतिशतभन्दा बढी ब्याज दरमा ग्राहकलाई ऋण दिन नपाउने नियम केन्द्रीय बैंकले हालै लागू गरेको छ ।

केन्द्रीय बैंकबाट ८ प्रतिशत ब्याजदरमा पुनर्कर्जा लिएर सहकारीले बढीमा ६ प्रतिशत मार्जिन राखी ग्राहकलाई प्रवाह गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसअघि राष्ट्र बैंकले अधिकतम ब्याजदर नतोक्दा सहकारीहरुले २० प्रतिशतको हाराहारीमा ब्याज असुल्ने गरेका थिए ।यद्यपि सहकारीले आफ्नै कोषबाट प्रवाह गर्ने ऋणमा केन्द्रीय बैंकले ब्याजदर तोकेको छैन । अब सहकारी र लघुवित्तलगायत लघु कर्जा प्रदान गर्ने सबै संस्थाहरुको ब्याजदरलाई बाञ्छित सीमा राख्ने गृहकार्यमा केन्द्रीय बैंक लागेको छ । वाणिज्य बैंकबाट साढे ६ प्रतिशतको दरमा पुनर्कर्जा लिई लघुवित्त कम्पनीहरुले २० देखि २५ प्रतिशत ब्याजदरमा ग्राहकलाई ऋण प्रवाह गर्ने गरेका छन् ।

लघुवित्त संस्थाको अधिकतम् कर्जा प्रवाह दर १६ प्रतिशतभन्दा बढी हुनु अस्वाभाविक हुने केन्द्रीय बैंकका अधिकारीको भनाइ छ । लघुवित्त कम्पनीले भने आफूहरुको पुँजी लागत महँगो पर्ने भएकाले ब्याजदर घटाउन नसक्ने तर्क गरेका कारण राष्ट्र बैंक निर्णयमा पुग्न सकेको छैन । एकातिर ५०/६० प्रतिशत नगद लाभांश वितरण गर्ने र अर्काेतर्फ ब्याजदर घटाउन सकिंदैन भन्ने कम्पनीहरुको भनाइ विरोधाभाषपूर्ण भएको तर्क केन्द्रीय बैंक अधिकारीको छ ।

केन्द्रीय बैंकले बढी नगद लाभांशको प्रस्ताव ल्याउने लघुवित्त कम्पनी’bout विस्तृत अध्ययन गर्ने र ब्याजदर महँगो भएको पाएमा घटाउन दबाब दिने रणनीति लिएको छ । नगद लाभांश वितरणलाई निरुत्साहन गरी जगेडा कोषमा राख्न जोड दिने केन्द्रीय बैंकको नीति रहेको छ । लघुवित्त कम्पनीहरु सेवाभन्दा अत्यधिक नाफामा मात्र केन्दि्रत भएको राष्ट्र बैंकले गरेको अध्ययनले देखाएको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.