भन्छन्- यही स्थितिमा निर्वाचनमा जाँदैनौं
जनयुद्धको जगमा जनविद्रोह पार्टीको लाइन भएपछि आयोगमा दर्ता हुनुको अर्थ छैन
दीपेन्द्र विष्ट
काठमाडौ, जेष्ठ १९ – नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले पार्टीको कार्यदिशा ‘जनयुद्धको जगमा जनविद्रोह’ भएको उल्लेख गर्दै निर्वाचन आयोगमा पार्टी दर्ता नगरेको बताएका छन् । अन्तरिम चुनावी मन्त्रिपरिषद् विघटन र प्रमुख दलबीचका सहमति खारेज नभएसम्म संविधानसभा निर्वाचनमा भाग नलिने अडान कायम रहेको उनले जानकारी दिए ।
उनले ‘यही अवस्थामा’ निर्वाचनमा भाग नलिने उल्लेख गर्दै आफ्नो पार्टीले अघि सारेका माग सम्बोधन गरे संविधानसभा निर्वाचनमा सहभागी हुने बताए ।
‘चुनाव’bout त हामीले सोचेका पनि छैनौं, यथास्थितिमा हुने चुनावको कुनै अर्थ पनि छैन । पार्टीको अहिलेको लाइन नै जनविद्रोह भनिसकेपछि निर्वाचनमा नजाने स्पष्ट छ,’ उनले शनिबार पार्टी कार्यालय बुद्धनगरमा कान्तिुरसँग भने, ‘निर्वाचनमै नजाने भएपछि आयोगमा दर्ता गर्नुको राजनीतिक अर्थ छैन ।’
वैद्यले आफ्नो पार्टी संविधानसभा विरोधी भने नभएको स्पष्ट गरे । ‘हामीलाई संविधानसभा विरोधी बनाइँदै छ,’ उनले भने, ‘त्यो आरोप मात्र हो ।’
चुनावी सरकारका अध्यक्ष खिलराज रेग्मीले चुनाव गर्न नसक्ने ठोकुवा पनि उनले गरे । ‘सर्वदलीय र सर्वपक्षीय गोलमेचसभा गरी संविधान बनाउने’bout हामीले आफ्ना माग राखेका छौं,’ उनले भने, ‘हाम्रा माग पूरा नभएसम्म जनविद्रोह उन्मुख आन्दोलन जारी रहन्छ ।’ माओवादीलगायत ३० साना दलसमेत निर्वाचनमा सहभागी नहुने भन्दै उनले विदेशीको इसारामा संविधानसभा निर्वाचन हुन लागेको दाबी गरे । ‘सरकारले सकारात्मक वार्ताको पनि कुनै सन्देश पठाएको छ्रैन,’ उनले भने, ‘वार्ता’bout हाम्रा धारणा स्पष्ट छन्, माग पूरा गर्छन्/गर्दैनन्, त्यो सरकारको कुरा हो ।’ माओवादीलगायत ३३ साना दलले रेग्मी नेतृत्व सरकारको खारेजी माग गर्दै करिब तीन महिना अघिदेखि सडक आन्दोलन गर्दै आएका छन् ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले एमाले, कांग्रेसलाई तर्साउन पार्टी एकताको हल्ला फैलाएको आरोप लगाउँदै उनले त्यो भ्रममा नपर्न आग्रह गरे । केही दिनदेखि अध्यक्ष दाहालले डराएर, तर्सिएर नेकपा-माओवादीसँग एकता हुुने भन्दै हिँडेको उनले बताए ।
‘प्रचण्डको कमजोर राजनीतिक धरातल हुँदै छ, अब कति दिन हामीलाई देखाएर राजनीति गर्छन्, कुप्रचार गर्न उनलाई खुब आउँछ,’ उनले भने, ‘विस्तारवाद, साम्राज्यवादका दलालसँग एकता हुँदैन ।’ दाहाल झूटको खेतीमा निकै खप्पिस भएको आरोप पनि उनले लगाए ।
सरकार दमनमा उत्रे आफ्नो आन्दोलनको स्वरूप पनि त्यही आधारमा तय हुने उनले चेतावनी दिए । भने, ‘एमाओवादीसँग कुनै एजेन्डा नै छैन, कुन नारा लिएर जनतासमक्ष जान्छ ?’ उनले प्रश्न गरे । चैत १ गतेको राष्ट्रपतिको कदम र २५ बुँदे संविधान संशोधन लगायत खारेजी नभएसम्म संविधानसभा निर्वाचन’bout केही सोच्न नसकिने उनले बताए । गोलमेचसभाद्वारा दलको नेतृत्वमा राष्ट्रिय सरकार गठन नभएसम्म आफूहरूको आन्दोलन जारी रहने पनि जानकारी दिए ।