दरबार हत्याकाण्ड’bout पारस शाहको वयान


darbar-hattya-kanda-1यसका पछाडिको कारण बिवाहकै हो
हामी त्यहाँ त्यस्तै अन्दाजी ७ : ४० तिर पुग्यौं । सबैजना आइसकेका थिए । मुमा, म, बहिनी, हिमानी र हामी अलि ढीलो पुग्यौं । पुग्दाखेरि युवराजाधिराज (दीपेन्द्र) अलिकति ककटेल ज्यूनार भैसक्या जस्तो थियो । अनि के खाने-मैले कोक मात्र खाने विचार गरें । ए कोकमात्र खाने ! म त हि्वस्की खाएर बसेको छु हुकुम भयो । त्यो बेलासम्म ठिक्कै होइबक्सन्थ्यो, एकदमै लागेको जस्तो गरिबक्सी राखेकोथ्यो ।

के भो भन्दाखेरि, हैन यही विवाहको कुरा भइराखेको छ, मेरो, मुमासँग पनि कुरा गरें । आफूमुमासँग पनि कुरा गरें अनि, दुबैजनाले हुन्न भन्नुभयो । अब आइतवार बुबासँग कुरा गर्छु हुकुम भयो । त्यति कुरा भइराखेको थियो, त्यत्ति हुँदाहुँदै आठ बज्यो । सबै जनालाई डि्रंक्स सिंक्स टक्राइबक्स्यो । आठ बज्यो । आफूमुमा, मुमा बडामहारानी सवारी होइबक्स्यो, फेरि सरकारबाटै सवारी चलाइबक्सेका, फेरि …… डि्रंक्स दिइबक्स्यो, अनि यस्तै साढे आठतिर महाराजाधिराज सवारी होइबक्स्यो । अफिस सक्याएर सवारी होइबक्स्यो, त्यो बेलामा दाइ हामीसँग भित्र होइबक्सन्थ्यो । जहाँ घटना भयो त्यही कोठामा होइबक्सन्थ्यो ।
एकदमै लागेको जस्तो ढलिबक्स्यो, बेहोसै होइबक्सेको जस्तो सुकला नै भयो, त्यही भुइँमा नै सुकला भयो । म, गोरख, निराजन र राजीव भएर उठाएर लगेर सरकार यहाँ त मिलेन ठूलोबुबा सवारी होइबक्स्यो, अब यसो यस्तो कति छ …… छ ।

माथि सवारी चलाउँछौं भनेर हामी चारजना भएर माथि खोपीमा सवारी चलायौं । त्यो खोपीमा लगेर गद्दीमा त सुकला गराउन पाइँन । गद्दीको मुन्तिर सानो ओछ्यान छ नि, त्यहीं नै सुताएर गयौं हामीले । करीव साढे आठजस्तो भाथ्यो । साढे आठ, त्यस्तै ३१ होला । हामी तल आयौं । बत्तिसत्ति निभाएर तल आयौं । तल आएपछि अब महाराजाधिराजको भित्रै, मुमाबडामहारानी सरकार, जहाँ राज होइबक्सेकोथ्यो, त्यहीं नै हेलेन शाहसँग मिटिङ्ग भइराखेको थियो । हामीले दर्शन गर्न पनि पाएको थिएन, बाहिर कुरेर बसिराखेको थिएँ । त्यहाँभित्रको मिटिङ्ग आधा घण्टाजति चल्यो होला ।

त्यसपछि हामी दर्शन गरेर यता आयौं । महाराजाधिराज सरकार र मुमा बडामहारानी सरकार पनि यतै सवारी भयो । त्यही कोठामा जहाँ यो घटना भयो, त्यही कोठामा सवारी भयो । भर्खर डि्रंक्स लिइबक्सेको थियो, महाराजाधिराज सरकारले । हामीेले चियर्स पनि गरेको छैनौं, भर्खर डि्रक्स लिई बक्सेको थियो । यसै बीचमा अब हामीचाँहि एतापट्टी कुनामा थियौं । हजुर, देखिएन युवराजधिराज सवारी भएको । अँ….. हामीले युवराजधिराज सवारी भएको देखेनौं, हामी कुनामा थियौं । मैले त यो ….. …….. ……………….

बारको पछाडि, हामी बस्ने कुना त्यही हो । हामी योंगहरुको, अब त्यहाँ उताबाट चुरोट सुरोट समाएको नदेखियोस् भनेर त्यो कुनामा हामी धेरैजस्तो बस्ने त्यही कुनामा हो । अनि त्यहाँ मैले सवारी भएको कोही देखेको थिइँन, मैले सवारी भएको थाहा पाएको पहिलो बन्दुक पड्केपछि थाहा पाएँ । गड्याङ्ग गर्‍यो, त्यत्ति ३ राउण्ड जति फायर भएको छ । पहिले सवारी हुनेवित्तिकै ३ फायर भएको छ । एउटा माथि छ, एउटा सिधा छ । त्यसरी दागिबक्सदाखेरि एउटा सिधै गएको छ, एउटा माथि गएको छ । ३ राउण्ड जस्तो मलाई जहाँसम्म लाग्छ । अब त्यस्तो हुँदाखेरि ३ राउण्डजस्तो लाग्छ शुरुमै त्यो पनि आवाज । महाराजाधिराजले के गरेको मात्र हुकुम भएको थियो, ड्याङ्ग-ड्याङ्ग । महाराजाधिराज ढलिबक्स्यो । म र डाक्टर राजीव सँगसँगै दुईजना कुदेर गयौं । डा. राजीव चाँहि महाराजाधिराज भएको ठाउँमा कुद्न भ्यायो हजुर, मलाई चाहीं अधिराजकुमारी शोभाले जानै दिन बक्सेन, तिमी त्यहीं बस हिँड्ने होइन, हुकुम भयो । त्यहीँ नै मैले पछाडि फर्केर बहिनीहरु सबैजनालाई ढल्नलाई सुत तिमीहरु यहाँ भने । यहाँ वाङ्ग वाङ्ग पड्कन थालिसक्यो सबै जना सुत भनेर त्यो लाइन क्रोसियरमा सबैजनालाई राखें । उता दुई जना सिनियर मेम्बरहरु पनि महेशकुमार र रवीसमशेर दुबैजना पनि मेरै छेउमा थिए । दुबैजनालाई पनि मैले लाइन क्रोसियरमा राखें । यत्ति हुँदाहुँदै युवराजधिराज सरकार, फेरि फर्केर सवारी भयो । मैले देखेको चाहीं हजुर, महाराजाधिराजलाई हानिबक्सेको देखें । धीरेन्द्र सरकारलाई हानी बक्सेको देखें, बाबा इनफ, यु डु इनफ भनेर सेकेन्ड टाइम फर्केर जाँदाखेरि, धीरेन्द्र सरकारले यु डन ड्यामेज हुकुम भयो । त्यति हुकुम हुँदाखेरि ड्याङ्ग ड्याङ्ग अर्को एउटा यस्तोमा लागेको छ । एउटा होकी दुईटा, त्यो पनि धीरेन्द्र सरकारलाई । राम्रोसँग सम्झन सकेको छैन । धीरेन्द्र सरकार ढलिबक्स्यो । ढलिबक्से बित्तिकै त त्यसपछि त अरु मान्छेहरु एकपछि अर्को को ढल्यो, को ढल्यो त्यसपछि राम्रोसँग भन्न सक्दिँन । म पछाडि फर्केर बहिनीहरु सुताउन थालिसकेको थिएँ । अं…… मैले ढलिबक्सेको देखेको महाराजाधिराज ढलिबक्सेको देखें यता, कुमार खड्ग ढलिबक्सेको थियो, उता कुमार गोरख ढलेको देखें । त्यो चाही शुरुमै ठूलोबुबा सँगसँगै ३ जना ढलेको छ । त्यो फस्ट अटोमेटिक हतियार एमपी ५ । को फायरले ३ जना ढलेको छ । बाहिर सवारी भयो । फेरि फर्केर सवारी भयो । त्यसपछि त्यो सानो हतियार फालिबक्स्यो । त्यो हतियार महाराजाधिराज सरकारले टिपिबक्स्यो । त्यो हतियार टिपिबक्सेको थियो । अधिराजकुमारी शोभा सवारी भएर त्यो हतियार लिइबक्स्यो । म्यागजिन पनि झिकिबक्स्यो । त्यही भुइँमा राख्दिबक्स्यो त्यो । अब के भन्ठानिबक्स्यो भने त्यही एउटा मात्र होला भन्ठानिबक्सेछ । दाइले चाँहि अरु पनि बोकिबक्सेको मैले पनि देखेको हो । अरु तीनवटा बोकिबक्सेको थियो । चारवटा थियो हतियार । एउटा चाहिने बन्दुक देब्रे साइडमा थियो । ह्याण्ड गन, ह्याण्ड गन, चाहिँ देब्रे साइडमा थियो । दाहिने बगलीमा एम-५ थियो । भिरिबक्सेको शटगन र एम-१६, त्यो अटोमेटिक हो । भ्यार्रर गरेर ठूलो बुबालाई हानिबक्स्यो, कान्छोबुबालाई पनि हानी बक्स्यो, यता खड्गविक्रम ढलिबक्स्यो उता गोरख ढल्यो । त्यो फस्ट एट्याकमै कता कता दागेर बाहिर सवारी भयो । त्यसपछि हामी त कुनैमा थियौं । बाहिरपट्टी के भयो, मैले त देखिँन फेरि भित्र सवारी भयो । सवारी भएर ठूलोबुबालाई ………………

समयको त्यस्तो कुनै लामो ग्याप छैन । एक मिनेट पनि छैन । ३० सेकेण्ड होला म्याक्सिमम् । ३० सेकेण्ड, भित्र-बाहिर, भित्र-बाहिर गरिबक्स्यो । सवारी भयो, ठूलो चाहिँ बन्दुक एम-१६ ले पहिले नै ठूलोबुबाको माथमा हानिबक्स्यो । त्यसपछि यता सवारी भयो । खड्ग फुपाजु ढलिबक्स्यो । कुमार खड्ग त्यो बारको ठ्याक्कै तल ढलिबक्स्यो । उतापट्ट िगोरख, ठूलोबुबा बीचमा स्नुकर बोर्डको तल गोरख ढलिराखेको थियो । श्रुती, आएको देखिँन, गोरखलाई गएर बाबा तिमीलाई पनि लाग्यो भनेको देखें । त्यो गएको बेलामा उताबाट फर्किबस्क्यो । युवराजाधिराज सवारी भयो । यतापट्टी ढलिराखेको थियो, कुमार खड्ग ढलेकोमा अधिराजकुमारी शारदा सवारी भो । तिमीलाई के भयो, तिमीलाई के भयो भनेर सवारी भई माथिपट्टी सुतिबक्स्यो । खड्ग फुपाज्यूको माथि ढलेर कभर गरिबक्स्यो । युवराजधिराज सवारी भयो, ड्याङ्ग-ड्याङ्ग, ड्याङ्ग ड्याङ्ग ड्याङ्ग यस्तो घारीबाट देखेको त्यही देखेको । त्यो घटना भएको म यताको कुनाको मेचमा, त्यो बारको मूनिबाट त्यो चाही राम्रोसँग देखेको हो मैले । ड्याङ्ग हानी बक्स्यो । त्यो गोली आएर यतापट्टी कार्पेटमा लागेछ । आएर मेचको यतापट्टी काठमा लागेर मेरो साइडमा महेश कुमारलाई राखेको थिएँ मैले, त्यो गोली उछिट्टएिर गएर लागेको उसलाई । अब त्यसपछि फेरि बाहिर सवारी भएको हो कि मैले राम्रोसँग सम्झन सकिँन । बाहिर सवारी भएको जस्तो लाग्दछ, दुईतीनचोटि गरिबक्स्यो भित्र-बाहिर । थर्ड टाइम सवारी हुँदा चाहिँ यता शाहज्यादी जयन्ती दिदी, केतकी श्रुति ३ जनालाई हानीबक्स्यो । श्रुती थर्ड टाइम । अनि बाहिर सवारी भयो युवराज सरकारचाँहि । त्यसपछि, यता कुनामा सवारी भयो । त्यसपछि डाइरेक्ट नजरमा हामी पर्‍यांै ……. के गरिबक्स्या हजुर ….. हामी ….. के गरिबक्स्या प्लिज … गइबक्स्योस् भनेर त्यो विन्ती जाहेर गरें मैले । नत्र भए सबै जनालाई हानेको भए म थिएँ, महेश मेरो पछाडि थियो, रवी उतापट्टी ठ्याक्कै बारको मुनि रवि थियो । अँ…… महेशको पछाडि मेरो बहिनी छ । पछाडि मेरो वाइफ थियो, मेरो वाइफ पछाडि मेरो ३ जना बहिनीहरु मैले राखेको थिएँ । लुकाएर राखेको थिएँ । एउटा बहिनी चाँही त्यो सोफा जस्तो छ, त्यसको पछाडि राखेको थिएँ । एकदमै कभर गरेर राखेको थिएँ मैले । मैले चाँहि दाइसँग के गरिबक्स्या, हामी यस्तो यहाँ त हामी मात्र छौं प्लिज । वन बाइ वन सबैलाई हेरेर छोडेर बाहिर लागिबक्स्यो । त्यसपछि थाहा भयो हामीलाई हानी बक्सेन भनेर । म उठेर गएँ । त्यहाँ अरु मान्छे ढलिराखेको थियो । के के भा’छ भनेर म कान्छोबुवाकहाँ गएँ । पारस मेरो खुट्टा चलाउन, मैले खुट्टै चलेन, मेरो खुट्टा खुम्च्याउन सक्दिँन खुट्टा चलाइदेउ । अलिकति चलाएँ, फिल गर्न सकिबक्सेन । त्यसपछि यता केटाकेटीलाई हेर भन्नुभयो, मैले त मेरो मुमा ढलेको पनि देखेको छैन । मुमा पनि देखेको छैन, यता अधिराजकुमारी शान्ति पनि देखेको छैन, उता उता …… वडामहारानी सरकार र निराजनको त बाहिरै कुरा भयो । मैले त्यति देखेकै छैन । अनि त्योबेलामा हेर्दाखेरि मुमा भर्खर उठिबक्सिराथ्यो । ढली बक्सेको । मूमा तल होइसिन्थ्यो । अधिराजकुमारी शान्तिमाथि होइसिन्थ्यो । मुमाले चाहिँ घँचडेर उठिबक्सेको देखें । मैले हेल्प गरेर उठाएँ मुमालाई । …… म ठीक छैन, म ठिक छैन, भन्नुभयो, माथबाट पनि रगत आइराखेको, यस्तो समातेर बसिबक्स्याथ्यो । माथको रगत चाहिँ अधिराजकुमारी शान्तिको रगत रहेछ । मैले त माथमा लागेछ भन्ठानेको थिएँ पहिला । अधिराजकुमारीको रगत रहेछ । त्यति गरेपछि कहाँ लागेको छ भन्दा यहाँ लागेको छ हुकुम भयो, माथ पनि चेक गरें मैले, केही पनि छैन ।

त्यसपछि म दौडेर गएर यता मुमा वडामहारानी सरकारकहाँ गएँ । बाहिर पनि मैले त फायरिङ्ग सुनेको थिएँ । मैले त उता भन्ठानेँ, मूमा वडामहारानी सरकरको खोपीमा भन्ठानें । दौडेर त्यहाँ गएँ । त्यहाँ त केही पनि भएको छैन । त्यहाँ यस्तो यस्तो भयो भनेर जाहेर गरें, त्यो बेलासम्म फायरिङ्ग सकिसकेको थियो, म जाँदा मुमा वडामहारानी सरकार उता सानो बैठक बाहिर पट्टकिोमा होइबक्सन्थ्यो । त्यहाँ जाँदासम्म फाइरिङ बन्द भएको थियो । जब म मान्छेहरुलाई हेर्न गएको थिएँ त्यो वेलासम्म कोही फायरिङ्ग भइराखेको थियो । बाहिर ….. त्यो चौरमा फायरिङ्ग भइराखको थियो । लाष्ट भएकै चौरमा हो । त्यसमा पनि के भयो म केही भन्न सक्दिँन । मैले देखेको होइन । कसलाई हानिबक्स्यो, त्यहाँ कसरी घटना भयो, त्यो पहिला कसलाई हानिबक्स्यो, पछि कसलाई हानीबक्स्यो मलाई थाहा छैन । मैले त मुमालाई लागेको देखेको होइन, अहिले कुरा सुन्दाखेरि बाहिरबाट हानिबक्सेको मुमालाई, पछाडि दुइटा बाहिरबाट हानिबक्सेको मात्र सुनें । त्यो मलाई थाहा छैन । मैले नदेखेको कुरा म भन्न सक्दिँन । मैले देखेको कुराचाँहि यति हो । त्यसपछि मान्छेहरुलाई हेरें, सबैजना ढलिराखेका छन् । खुट्टा चलाइदेउ भन्नु भयो । पाउ चलाएँ, सिधै हेर्न सकिँदैन । यता केतकी फुपूलाई हेर भन्नुभयो, कान्छोबुबाले । म खुट्टा पनि चलाउन सक्दिँन । हेल्प भन्दा धेरै त्यो जाहेर गरें । दौडेर आफूमुमा कहाँ गएँ, मुमावडामहारानी सरकारकहाँ ३ जना होइबक्सन्थ्यो, त्यहाँ केही पनि भएको छैन । बाहिर दौडेर एडीसीहरुलाई भित्र ल्याएँ । त्यो एडीसीहरु बाहिर गयो, वाहिर जाँदाखेरि ….. हरु ठ्याक्क आइराखेको थियो । म बाहिर पुग्नु र एडीसीहरु आइपुग्नु सेम टाइम थियो । अनि त्यहाँ बाहिर गएर के भने यो भित्र मरेको मान्छे पनि छ घाइते मान्छेहरु पनि छ । मरेको मान्छेहरुलाई छाडदेउ । घाइते मान्छेहरुलाई दौडाइहाल । पहिला, भित्र लगें घाइते मान्छेहरु सबैजना पहिला उठाएर वन बाइ वन सबैजनालाई जो-जो पहिला गए, जो-जो हाल्न सकें, पठाएथें । ५-६ मर्डरहरु थिए । जो-जो आए, हाल्दै पठाउँदै थिएँ । अब दाइ, बडामहारानी सरकार र भाइलाई भेटाउन, गएको तिमीहरु खोज भनेर ३ जना । दाइको एडीसी दौडेर आयो हि शट हिमसेल्फ हि शट हिमसेल्फ भन्दै आयो । त्यसपछि भाइ कहाँभन्दा भाइलाई पनि हानिबक्स्यो । ठूलोमुमा खोइ, ठूलो मुमालाई पनि डाउन, सबैजना डाउन । ठूलोमुमाको चान्स नै छैन भनेर उनीहरुले मलाई भन्यो । मैले देखेको होइन, ठूलोमुमाको चान्स छैन, दाइचाहिँ ऐया ऐया गरेर लडीबक्स्याथ्यो, माथमा लागेको थियो । ल हाल भनेर दाइ र भाइलाई चाही मैले सँगै हालेर दाइको एडीसीले हाल्यो, म अगाडि बसें, पछाडि एकजना ड्राइभरले दाइलाई समाइराथ्यो र भाइलाई समातेको थियो पछाडि अर्को एकजना थियो । दुईजना चाँही म र दुईजना एडीसी, अर्को एकजना ड्राइभर भएर अस्पताल पुर्‍याको । त्यतिवेला महाराजाधिराज सरकारको सवारी चलाइसकेको थियो । ………. सबैभन्दा पहिला त सुन्दर भन्ने एडिसी छ, त्यो गर्दा ऊ आयो, उता उताबाट घुमेर आयो । त्यहाँ त फायरिङ्ग भइराखेको थियो । उसले अरु मान्छे ल्याउन सकेन, उताबाट बाहिर घुमेर फायरिङ्ग भइ राखेको थियो, उता ढोकाको शिशा फुटाएर मैले आउ भन्दिए । यो फुटाएर भित्र आएर ठूलोबुबा महाराजाधिराज सरकारलाई लग्यो, महाराजाधिराज सरकारलाई पहिला लगेको हो ।

यो राजीव कहाँथ्यो के थ्यो, राजीव गएको पनि देखेको छैन। म पछाडि गर्दै थिएँ यता मान्छेहरु हेर्दै थिएँ, राजीव गएको मैले देखेको होइन । सबभन्दा पहिला चाँही महाराजाधिराज सरकारलाई लिएर गएको । त्यसपछि चाहीँ म गएर मान्छेहरुलाई हेर्न गएको । एडीसीहरुलाई मैले नै बोलाएर त्यो शिशाको ढोका फुटालेर महाराजाधिराज सरकारको सवारी चलाएँ । मैले देखेको त यत्ति नै हो ।

कतिवटा हतियार युज भएको छ भन्दा मलाई जहाँसम्म लाग्दछ, एउटा एम १६ यूज भएको छ । ग्लक यूज भएको छ, चारवटा यूज भएको छ । मैले त्यो १२ बोर फायर गरेको देखेको छैन । त्यसको फाएर देखेको होइन मैले । अरुचाहिँ फायर भएको देखेको छु मैले । यो एम-१६ फायर भएको देखेको हुँ ।

मैले सुने अनुसार दाइले आफूलाई हानिवक्स्यो, बि्रजमा हानिबक्सेको । यसका पछाडिको कारण विवाहकै हो । मलाई जहाँसम्म लाग्छ, विवाहकै हो । यो शुरु भएको पोहोर जन्मोत्सवमा शुरु भएको कुरा हो । पार्टी भएको त्यही ठाउँमै त्यही ठाउँमा भएको कुरा हो । त्यहीं नै हामी आएर कुरा गर्दाखेरि जो-जो विपक्षी अघि जो जोसँग अब भाइ र मसँग जहिले पनि सँगै । दाइको त हामी जे-जे हुकुम हुन्छ, त्यही गर्ने मान्छे । भाइ र मसँगै थियौं । अब राजीव त डा. सँग भयो । श्रुती, गोरखहरु र अरु बहिनीहरु विरोधी थियो विवाहको । मेन कुरा यही नै जस्तो लाग्दछ ।

त्यो दिन मसंग कुरा गरिबक्स्या छैन । मैले अघि तपाईलाई भनेको जस्तो म जानेबित्तिकै के मर्जी भयो भने मलाई मूमासंग पनि कुरा गरें, आफुमुमासंग पनि कुरा गरें, नहुने भयो । अब म बुबासंग आइतबार दर्शन पाउँछु, त्योबेला कुरा गर्छु, त्यत्ति मात्र हुकुम भाथ्यो मलाई ।

लागेको जस्तो भएको थियो । एकदमै राम्रो मूढ थियो । त्यस्तो होला भन्ने केही सोचेकै थिएनौं हामीले । एकदमै जोक गरी बक्सेको जस्तो सबैलाई हँसाइबक्सेको थियो, त्यहाँ तल होइबक्सँदासम्म त । सरकार माथि हामी चार जनाले पुर्‍याएको । हामी चारजना । एकजनाले कहाँ सक्नु ! दुईजना साइडमा, म पछाडि उचालेर गोरख र भाइले, राजीव र भाइले दुईजना साइडमा मैले पछाडि समाएर माथि लग्यौं । गोरख होइन, गोरख पछि पछि आउँदै थियो । माथि मेन गद्दीमा त सुताएनौं । तल सुतायौं । मैले भाइलाई भनेको, काठाबाट हतियारहरु झिक लैजाऊ, अप्ठ्यारो हुन्छ झिक । ….. पर्दैन होला … जुन मेन गद्दी थियो, त्यो गद्दीभन्दा तल अर्को एउटा बेड ..ग्राउण्ड बेड जस्तो त्यहाँ सुताएर हामी तल आएको । हतियारहरु त बोकिबक्सेको छैन । एमपी ५ । मैले देखेको छैन कहाँ

थियो । अँ, …… अनि एम १६ चाहिँ जानेबित्तिकै तख्ताहरु जस्तो छ, त्यहाँ थियो । बट्टाभित्रै बक्सभित्र नै थियो । त्यो तख्तामा नै देखेको थिएँ मैले त्यो एम १६ चाहि म चिन्छु, जहिले पनि चलाइबक्सिराखेको हो । अब यस्तो हुन्छ भनेर कसले भन्न सक्ला र ?

त्यो यस्तो छिटो भैद्याथ्यो कि सबै कुरा मैले गर्न सकेको काम गरेको हो । सक्नेजति गरेको हो । बचाउन खोजेको हो, मान्छेलाई । त्यही पनि अरु पनि बचाउन सक्थें कि जस्तो लाग्छ । आफूलाई अहिले, सोच्दाखेरि जे जति गरें, त्यो कम भयो जस्तो लाग्छ ।

(दरबार हत्याकाण्ड’bout छानविन समितिलाई पारसले दिएको वयानको सम्पादित अंश)

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.