हुम्लामा सीता एयरको विमान दुर्घटना


planजे पाण्डे
नेपालगञ्ज, जेष्ठ १८ – सीता एयरको विमान शनिबार बिहान हुम्लाको सिमकोट विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन । विमानमा चालक दलका दुई सदस्यसहित पाँच यात्रु थिए ।

नेपालगञ्जदेखि हुम्लाका लागि कार्गो लिएर उडेको नाइन एन एएचबी विमान बिहान ७ बजेर १० मिनेटमा सिमकोट विमानस्थलमा दुर्घटना भएको हो । बाक्लो हुस्सुका कारण विमान दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।नेपालगन्ज स्थित सिता एयरका स्टेशन म्यानेजर परशुराम चौधरीले सिमकोटको मौसम खराव भएकाले दुई चक्कर लगाएर धावन मार्गमा अवतरण गर्दा पखेटा भित्तामा ठोक्किदा दुर्घटना भएको बताए ।

हुम्ला संवाददाता जयबहादुर रोकायका अनुसार दुर्घट्नाबाट जाहाजको बायाँ पखेटा भाँचिएको छ । तीनवटै टायर धसिएको छ । धावनमार्गमै जहाज अन्य जहाजलाई अवतरणमा समस्या भएको छ । अवतरणका बेला विमानस्थल नजिक बादल ढाकेको थियो ।  विमान चालक किरण भटराई र सहचालक दिपक शाहले विमान उडाएका हुन् ।

सीता एयरकै विमान यसअघि २०६९ असोज १२ गते बिहान ६ बजेर १५ मिनेटमा त्रिभूवन विमानस्थलबाट सोलुखुम्बुका लागि उड्नेवित्तिकै मनोहरा फाँटमा दुर्घटना हुदा १९ जनाको मृत्यु भएको थियो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.