ईन्द्र भुसाल ,कुवेत
प्रबासको ठाउँमा आफ्नो रोजगारीमा व्यास्त भएतापनी बचेको समय र बिदाको दिनलाई आफ्नो धर्म ,सँस्कृति र नेपाली पहिचानलाई जीवन्त राख्न कृयाशिल हुँदै आएको साँस्कृतिक संस्था लालीगुराँश साँस्कृतिक परिवारले आगामी जुलाई ५ तारिक शुक्रबारको दिन संस्थाको तेस्रो वार्षिक उत्सब मनाउने निर्णय गरेको जानकारी सस्थाका अध्यक्ष एवं लोकगायक राजेन्द्र बिरहीले जानकारी दिनुभएको छ।
हिजो बसेको लालिगुराँश साँस्कृतिक परिवारको बैठकले अनुशासित कलाकार छान्ने,लगनशिल र उत्कृष्ट कलाकारलाई सम्मान गर्ने निर्णय गर्दै कुवेत को बसाईमा नेपाली सस्क्रितीको रक्षामा कृयाशिल रहेर काम गर्दै आएका कलाकार बिनोद गुरुङलाई बिदाई गर्ने निर्णय पनि गरेको जनकारी प्राप्त भएको छ। स्थापना देखी बिभिन्न चाडपर्वमा भब्य साँस्कृतिक कार्यक्रम सम्पन्ह गरिसकेको यो सस्थाले कुवेतको बसाईमा रहेका बिभिन्न कलाकारहरुलाई समेट्ने काम पनि गरेको छ।