Daily Archives: 29/05/2013

गणतन्त्र दिवसमा राष्ट्रपतिले भने ‘त्रुटि अब नदोहोर्‍याऔं’


111आज गणतन्त्र दिवस
काठमाडौ, जेष्ठ १५ – राष्ट्रपति रामवरण यादवले गणतन्त्र दिवसका अवसरमा देशवासीलाई शुभकामना सन्देश दिँदै विगतका त्रुटि नदोहोर्‍याउने प्रतिबद्धतासाथ अघि बढ्न आह्वान गरेका छन् । जनआन्दोलनको उपलब्धि संस्थागत गर्दै राजनीतिक स्थायित्वका लागि दोस्रो संविधानसभा निर्वाचनको वातावरण बनाउन पनि उनले आग्रह गरेका छन् । पढ्नेक्रम जारी राख्नुहोस्

रेग्मीले भने ‘मसिंरको पहिलो हप्ता भित्र निर्वाचन’


image.phpतिथी घोषणा भएन
एक सय ८९ जनालाई मानपदवी
काठमाडौ, जेष्ठ १५ – चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले आगामी मसिंरको पहिलो हप्ता भित्र संविधानसभा निर्वाचन गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले त्यसका लागि आफ्नो नेतृत्वमा सरकार गठन भएयता निर्वाचन केन्दि्रत भएर काम गरिरहेको दावी गरे । पढ्नेक्रम जारी राख्नुहोस्

पत्रकार महासंघ बाराका पूर्व अध्यक्षको सवारी दुर्घटनामा मृत्यु


बारा – पत्रकार महासंघ बाराका पुर्व अध्यक्ष बिनोद प्याकुरेललाई जिपले ठक्कर दिँदा उपचारको क्रममा मंगलबार राति मृत्यु भएको छ। प्याकुरेल मंगलवार राती १० बजे बीरगंज पथलैया सडकखण्डमा पर्ने जीतपुर बजारमा बाटो क्रस गर्ने बेलामा चितवनबाट बीरगंज आइरहेको ना१ज ३२९१ नं. को जीपले ठक्कर दिँदा घाइते भएका थिए । पढ्नेक्रम जारी राख्नुहोस्

बस दुर्घटनामा मर्नेको संख्या १० पुग्यो


सिन्धुपाल्चोक –  पश्चिमी सिन्धुपाल्चोकको हिमाली गाउँ चिलाउनेखर्कमा यात्रुबस बस आज बिहान दुर्घटना हुँदा कम्तिमा दस जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतको संख्या अझै बढ्न सक्ने उघटनास्थलबाट उद्दारकर्ताले बताएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्