९ कक्षादेखि नै इन्जिनियरिङ


हर्ष सुब्बा
धरान, जेष्ठ १३ – इन्जिनियरिङ पढ्न अब लाखौं रुपैयाँ चाहिँदैन । न एसएलसी र प्लसटु गरेर प्रवेश परीक्षाका लागि भौंतारिँदै हिँड्नुपर्ने अवस्था आउने छ । सामुदायिक विद्यालयको कक्षा ९ देखि नै इन्जिनियरिङको पढाइ थालिएपछि गरिब विद्यार्थीलाई यो विषय पढ्न सहज भएको छ । सरकारले यसै शैक्षिक सत्रदेखि लागू गरेको प्राविधिक तथा व्यावसायिक शिक्षा राष्ट्रिय कार्यक्रमले यो सम्भावना बढाएको हो । माध्यमिक तहदेखि नै प्राविधिक विषय पठनपाठन गर्ने/गराउने नीतिअन्तर्गत धरानस्थित सामुदायिक शिक्षा निकेतन उच्चमाविमा आइतबारदेखि कक्षा ९ को सिभिल इन्जिनियरिङ पढाइ सुरु गरिएको छ । यो पूर्णतः निःशुल्क हो । विद्यार्थीहरूसँग कुनै अतिरिक्त रकम नलिएको विद्यालयले जनाएको छ ।

शिक्षा विभागले सार्वजनिक सूचनामार्फत नयाँ नीतिअन्तर्गत ५ वटा प्राविधिक तथा व्यावसायिक विषयमध्ये एक पठनपाठन गर्न इच्छुक सामुदायिक उच्च माविहरूलाई प्रस्तावपत्र आह्वान गरेअनुसार शिक्षा निकेतनले इन्जिनियरिङ कक्षा सञ्चालनको स्वीकृति पाएको हो । प्राचार्य हिराकाजी बुढाथोकीका अनुसार पहिलो पटक देशभरिका १ सय विद्यालयहरूलाई प्राविधिक विषय पढाउने स्वीकृति दिने कार्यक्रममा २ सय २३ आवेदन परेको थियो । त्यसमध्ये पूर्वाञ्चलमा सुनसरीको शिक्षा निकेतन र मोरङको सुकुना उच्चमाविले कक्षा ९ देखि सिभिल इन्जिनियरिङ कक्षा सञ्चालन गर्ने स्वीकृति पाएका हुन् । विभागले स्वीकृति दिएका बाली विज्ञान, पशु विज्ञान, कम्प्युटर, इलेक्टि्रकल र सिभिल इन्जिनियरिङ मध्ये माध्यमिक तहमा पहिलो पटक सुरु गरिएको सिभिल इन्जिनियरिङ पाठ्यक्रम चार वर्षे छ । उनीहरूले १ सय पूर्णाङ्कका साविक पाठ्यक्रमको नेपाली, अंग्रेजी, गणित र विज्ञानबाहेक थप ६ सय पूणर्ांकको पाठ्यक्रमसहित १ हजार पूर्णाङ्क पढ्नुपर्ने छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.