Daily Archives: 27/05/2013

बेल्जियममा भीम रावलको कार्यक्रममा प्रहरी हस्तक्षेप


bhim-rawal१३ जेठ, बेल्जियम । नेकपा एमालेका नेता भीम रावलले सम्बोधन गरिरहेको कार्यक्रममा नेपालीहरुले नै कालोझण्डा देखाउने र नाराबाजी गरेपछि बेल्जियम प्रहरीले कार्यक्रममा हस्तक्षेप गर्नुपरेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

९ कक्षादेखि नै इन्जिनियरिङ


हर्ष सुब्बा
धरान, जेष्ठ १३ – इन्जिनियरिङ पढ्न अब लाखौं रुपैयाँ चाहिँदैन । न एसएलसी र प्लसटु गरेर प्रवेश परीक्षाका लागि भौंतारिँदै हिँड्नुपर्ने अवस्था आउने छ । सामुदायिक विद्यालयको कक्षा ९ देखि नै इन्जिनियरिङको पढाइ थालिएपछि गरिब विद्यार्थीलाई यो विषय पढ्न सहज भएको छ । सरकारले यसै शैक्षिक सत्रदेखि लागू गरेको प्राविधिक तथा व्यावसायिक शिक्षा राष्ट्रिय कार्यक्रमले यो सम्भावना बढाएको हो । पढ्नेक्रम जारी राख्नुहोस्

आईपीएल-६ को उपाधि मुम्बईलाई


image.phpकोलकाता (एजेन्सी), जेष्ठ १३ – मुम्बई इन्डियन्स आईपीएल-६ को आइतबार नयाँ विजेता बनेको छ । कोलकातामा भएको फाइनलमा उसले चेन्नाई सुपरकिङ्सलाई २३ रनले हरायो । मुम्बईले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याएको चेन्नाईको सुरुआत खराब रह्यो । उसले ५८ रन जोड्दा ८ विकेट गुमाएपछि दबाबमा परेको थियो । कप्तान महेन्द्र सिंह धोनीले नटआउट ६३ रन बनाए पनि टिमलाई चौथोपल्ट च्याम्पियन बनाउन सकेनन् । चेन्नाईले नौ विकेट क्षतिमा १ सय २५ रनमात्र बनायो । पढ्नेक्रम जारी राख्नुहोस्