फिलिपिन्समा यस्तो रह्यो एनआरएन सम्मेलन (फोटो फिचरसहित)


1गैरआवासीय नेपाली संघको तेस्रो एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन फिलिपिन्सको राजधानी मनिलामा ६ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । एसिया प्यासिफक क्षेत्रका १२ मुलुकका करिव एक सयभन्दा बढि नेपालीहरु सहभागी रहेको सम्मेलनमा खासगरि बिदेशमा कार्यरत नेपाली श्रमिकका समस्या र उनीहरुले नेपाल पठाउने रेमिट्यान्सको कसरी सदुपयोग गर्ने भन्ने बिषयमा केन्द्रीत रह्यो ।

त्यैगरी गैरआवासीय नेपालीहरुको सीप र पूँजीलाई नेपालको बिकाशमा कसरी लगाउने, गैरआवासीय नेपालीहरुलाई दिइने परिचयपत्रलाई सरलीकृत गर्ने, गैरआवासीय नेपाली संघको दर्ता, बिधान संसोधन र आसन्न छैटौं गैरआवासीय नेपाली बिश्व सम्मेलनका एजेण्डाका बिषयमा पनि छलफल भएको थियो ।

सम्मेललनले ६ बुँदे घोषणापत्र जारी गर्दै बिश्व सम्मेलनअघि नै एनआरएन दर्ता गर्न, बिदेशमा बस्ने नेपाली नागरिकहरुको मताधिकार सुनिश्चीत गर्न, बिदेशमा बस्ने नेपाली मूलका बिदेशी नागरिकलाई सहज ढंगले एनआरएन कार्ड बितरण गर्न सरकारसँग माग गरेको छ । यस्तै सामूहिक लगानीका लागि सुरु भएको पहलमा बिश्वभर फैलिएको एनआरएन संजाललाई उपयोग गर्ने सम्मेलनले घोषणा गरेको छ ।

ब्यबस्थापन प्रसंसनीय
निकै कम नेपालीहरु रहेको फिलिपिन्समा आयोजित सम्मेलन यसअघि अन्यत्र आयोजितभन्दा निकै ब्यबस्थित रहेको भन्दै सहभागीहरुले आयोजक समितिको निकै तारिफ गरे ।

चार पाँचकै सक्रियतामा यति निकै ब्यबस्थित कार्यक्रम आयोजना भएको भन्दै एनआरएनका संस्थापक डा. उपेन्द्र महतोले एनआरएन पिलिपिन्सका पदाधिकारी र आयोजक समितिको प्रंससा गर्नुभयो । जापान, चीन, हङकङ, मकाउ, कोरिया, ब्रनाई लगातका प्रतिनिधिहरुले पनि कार्यक्रमको ब्यबस्थापन पक्षको प्रसंसा गर्दै एनआरएन फिलिपिन्सका अध्यक्ष सुर्दशन खड्का, आयोजक समितिका सदस्यहरु हितेश शर्मा, प्रकाश श्रेष्ठ, डा. रमेश खतिवडा लगायतको प्रसंसा गरेका थिए ।
कार्यक्रममा फिलिपिन्सका पूर्व श्रममन्त्री मूख्य अतिथिका रुपमा सहभागी थिए । एमिलियो अगुईनाल्डो कलेजमा एमबीबीएस र नर्सिङ बिषय अध्ययनरत छात्रछात्राहरुले नेपाली गीतसँगीतमा नृत्य प्रस्तुत गरेका थिए । उद्घाटनदेखि समूहगत छलफल र घोषणापत्र जारी गर्ने काम एकै दिन सकिएको थियो भने दोस्रो दिन सम्पूर्ण टोलीले मनिला शहरको भ्रमण गरेको थियो ।
सम्मेलनले जारी गरेको घोषणापत्र

गैरआवासीय नेपाली संघको तेस्रो एशिया प्रशान्त क्षेत्रीय बैठकद्वारा जारी मनिला घोषणापत्र २०१३

गैरआवासीय नेपाली संघ एशिया प्रसान्त क्षेत्रको तेस्रो वैठक १८ मे २०१३ मा फिलिपिन्सको राजधानी मनिलामा ६ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो । सम्बृद्ध नेपालका लागि एकीकृत नेपाली भन्ने नाराका साथ सम्पन्न यो वैठकमा १८ देशका १ सय २५ प्रतिनिधिहरुको सहभागिता रह्यो ।

घोषणापत्रका बुँदाहरु

१. बैदेशिक रोजगार तथा शिक्षाको क्षेत्रमा फिलिपिन्स सरकारले गरेको अनुभवलाई नेपालको परिप्रेक्षमा लागू गर्न आबश्यक अध्ययन तथा पहल गर्ने ।

२. अक्टुवर २०१३ मा हुन लागेको संघकोे छैटौं बिश्व सम्मेलन अघि नै संघ दर्ताका लागि नेपाल सरकारसँग बिशेष समन्वय गर्ने ।

३. नेपालमा हुन लागेको आगामी निर्वाचनमा बिदेशमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई मतदाता परिचयपत्र उपलब्ध गराई सहज रुपमा मताधिकार सुनिश्चीत गराउन हार्दिक अनुरोध गर्ने ।
४. बिदेशमा बसोबास गरिआएका नेपाली मूलका बिदेशी नागरिकहरुलाई गैरआवासीय नेपालीसम्बन्धी नियमावलीअनुसारको आबश्यक कागजातहरु जुटाउन असमर्थ भएको अबस्थामा पनि सहजरुपमा एनआरएन आइडी उपलब्ध गराउन नेपाल सरकारसँग समन्वय गर्ने ।
५. पाँचौं बिश्व सम्मेलनबाट अनुमोदित सामूहिक लगानीको अबधारणालाई मूर्त रुप दिन तथा नेपालमा जलबिद्युतमा लगानी बढाउन गैरआवासीय नेपाली संघको संजाललाई परिचालित गर्ने ।
६. एनआरएन एशिया प्रशान्त क्षेत्रीय वैठक सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक समिति तथा राष्ट्रिय समन्वय परिषद् फिलिपिन्सलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.