मुस्लिम मुलुकहरुमा कानुन उल्लंघन गर्ने मान्छेलाई कोर्रा हानेर सजाय दिनेगरेका समाचारहरु बेलाबेलामा सुन्ने गरिएको छ । यसरी कोर्रा खानेमा केवल सर्वसाधारण मात्र होइन कहिलेकाहीँ ठूलै मान्छे पनि पर्छन् । अब यस्तो कोर्राको सजाय खाने पालो इरानी राष्ट्रपति महमूद अहमदीनेजादको आएको छ । समाचार अनुसार अहमदीनेजाद विरुद्ध चुनाव दर्ता कार्यालयमा आफ्ना प्रमुख सल्लाहाकार सँग मिलेर नियम कानून उल्लंघन गरेको आरोप लागेको छ । यस्तो आरोप प्रमाणित भएमा अधिकतम ६ महिनाको जेल वा ७४ कोर्राको सजाय हुनेछ । पछिल्ला केही वर्षयता इरानमा अहमदीनेजाद र सत्ताधारी धार्मिक नेताहरुका बीचमा चलिरहेको संघर्षको रुपमा पछिल्लोपटक सार्वजनिक भएको यो घटनालाई लिइएको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 19/05/2013
सम्धीलाई काखी च्याँपेपछि इरानी राष्ट्रपति अहमदिनेजादलाई ७४ कोर्रा !
Posted in विविध
साउदी छोड्न नेपाली हतारिए, ४ दिनमै १३ हजारको आउटपास
५ जेठ, दोहा । साउदी अरबले गैरकानुनी हैसियतका कामदारलाई दिएको आममाफी लिएर स्वदेश फिर्न शनिबारसम्म १३ हजार नेपाली कामदारले दूतावासमा ‘आउटपास’ बनाएका छन् । साउदी सरकारले मे १० देखि जुलाई ३ सम्मका लागि सबै प्रकारका गैरकानुनी हैसियतका कामदारलाई सम्बोधन हुने गरी आममाफी दिएपछि फर्कनेको ताँती लागेको हो ।
राजधानी रियादस्थित नेपाली दूतावासका अनुसार आममाफीका लागि फारम लिन थालेको चार दिनमै ‘आउटपास’ बनाउनेको संख्या १३ हजार पुगेको हो । दूतावासले भीड थेग्न नसकेपछि स्वयंसेवी विभिन्न संघसंस्थासँग समन्वय थालेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in प्रवासी समाचार
श्रीमानद्वारा गोली हानी श्रीमतीको हत्या
लहान – लहानबाट ३ किलोमिटर दक्षिणको गाढा-९ मा आज विहान श्रीमानले श्रीमतीलाई गोली हानी हत्या गरेका छन्। ३२ वर्षीया बबिता महतोलाई उनको श्रीमान श्यामसुन्दर महतोले गोली हानी हत्या गरेका हुन्।वडा प्रहरी कार्यालय लहानका डिएसपि हरिराज वाग्लेका अनुसार घटना करिब १ बजे राती भएको थियो। ३ सन्तानकी आमा बवितालाई हत्या गरी तीनै जना बच्चालाई श्यामसुन्दरले सोही गाउ वडा नम्बर ३ मा लगेर छाडी भागेका थिए। ‘मैले उनीहरुको आमालाई मारिदिएँ’, भन्दै श्यामसुन्दर बच्चाहरुलाई छाडेर भागेको प्रत्यक्षदर्शीलाई उदृत गर्दै प्रहरीले जनाएको छ। पढ्नेक्रम जारी राख्नुहोस्
Posted in अपराध समाचार
कति होला एमाओवादी नेताको सम्पति ?
माओवादी नेताहरुको सम्पति सार्वजनिक गरिने
नेपालगन्ज, जेष्ठ ५ – एमाओवादी नेताहरूको सम्पत्ति छानबिन गर्न गठित आयोगले छिटै बस्ने केन्द्रीय कमिटीको बैठकमा छानबिनको प्रतिवेदन बुझाउने र त्यसपछि सार्वजनिक गर्ने भएको छ । पार्टी आचरण विपरीत घरसम्पत्ति जोडेका केन्द्रदेखि जिल्ला तहसम्मका नेताहरूको सम्पत्ति’bout आयोगले १० महिनादेखि छानबिन गर्दै आएको थियो । ‘छानबिनको काम सकिइ सकेको छ । अब रिपोर्ट सार्वजनिक गर्छौं,’ एमाओवादी महासचिव पोष्टबहादुर बोगटीले भने, ‘प्रतिवेदन बाहिर पनि ल्याउनैपर्छ ।’ बुधबार थारूवान राज्य समिति सदस्य, सल्लाहकार र नेताहरूबीच यहाँ भएको भेलामा धेरैजसो सदस्यले आचरण विपरीत गलत ढंगले कमाएको सम्पत्ति विवरण सार्वजनिक गरी कारबाही माग गरेपछि आगामी बैठकमा प्रतिवेदन प्रस्तुत गर्ने जानकारी गराएका हुन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
बाँचेकै छ भनी (गजल)
डम्बर जंग मल्ल, कुवेत
भोक प्यास यसो-तेसो बाध्यतामा गुजार्दै छु जिबन
बिन्ती सबैलाई सुनाइ दिनु खबर, बाँचेकै छ भनी
रुँदै रुँदै काट्दै छु जिन्दगी, हाँसो के हो थाहा नै भएन
औंसी रातको जिबन यो, सुनाइ दिनु बाँचेकै छ भनी पढ्नेक्रम जारी राख्नुहोस्