शास्त्रका अनुसार संसारमा जति पनि मानिसहरु जन्मिएका छन्, उसको भाग्य जरुर रहेको हुन्छ । उ कति सम्म भाग्यमानी छ, या दुर्भाग्यशाली छ भन्ने कुरा उसको भाग्य रेखामा निर्भर रहेको हुन्छ ।हत्केलाको बीचको औंलाको ठिक मुन्तिरा शनि पर्वत रहेको हुन्छ, यसैलाई नै भाग्य मान्दछ । हत्केलाको जुनसुकै स्थानबाट यस्तो रेखा सो स्थानमा पुगेको छ भने त्यसलाई नै भाग्य रेखा भनिन्छ । जसको नाडीबाट सिधै शनि पर्वत अर्थात बिचको औला पट्टि गएको हुन्छ त्यो व्यक्ति धेरै नै भाग्यशाली रहेको हुन्छ । यस्ता व्यक्ति धेरै नै महत्वकांक्षी र लक्ष्यप्रति केन्द्रित रहेको हुन्छ । शनि पर्वत तिर गएको रेखा चोरी औलाको मुनिपट्टि बाडियो अर्थात गुरु पर्वत यानी हुदै गयो भने सो व्यक्ति दानी एवम परोपकारी हुन्छ । उनले उच्च पद र प्रतिष्ठा प्राप्त गर्दछ ।
तर सर्त यो हो कि, यो रेखालाई अरु कुनै रेखा काटिएको हुनु हुदैंन । जुन स्थानमा भाग्य रेखा काटेको हुन्छ, जीवनको सोही समयमा त्यस व्यक्तिले संघर्ष र कष्टको सामना गर्नु पर्दछ । भाग्य रेखा लामो भएर बिचको कुनै बाटो बाहिर गयो भने परिश्रम गरेपनि सफलता भने कोसौं टाढा भईदिन्छ । बुढि औलाको मुनितिर जीवन रेखामा शुक्र पर्वत रहेको हुन्छ । हस्तरेखा विज्ञानका अनुसार, अब त्यस स्थानबाछ कुनै रेखा निक्लिएर शनि पर्वत पट्टि गयो भने विबाह पछि व्यक्तिको भाग्य उदय हुनेछ । यस्ता व्यक्तिले कुनै कलामा मध्यम प्रगति गर्दछ । तर उसको जीवनमा कुनै समय संकटको बादल मडारिएको हुन्छ किनकी भाग्य रेखा जिवन रेखालाई उछिन्नेर अघि बढेको छ ।हत्केलाको मध्यममा मस्तिष्क रेखाबाट निक्लिएर कुनै रेखा शनि पर्वत गएको छ भने, त्यो धेरै उत्तम
हुन्छ । हस्तरेखा विज्ञानका अनुसार यस्ता व्यक्ति सामान्य परिवारमा जन्म लिएर पनि आफ्नो योग्यता र लगनशिलताले सफलताको शिखरमा पुग्दछ । शनि पर्वत पट्टि गएर रेखा दुई भागमा बाँढियो भने त्यो व्यक्ति धेरै नै उत्तम अर्थात फलदायी हुन्छ ।
हत्केलाबाट तपाई आफ्नो भाग्य आफै पत्ता लगाउनु होस……..
This entry was posted in थाहा पाईराखे राम्रो. Bookmark the permalink.
Bhagyama aastha rakhnu islam dharmka sikhchha madhye ho, tara kasko bhagyama ke lekheko chha, yo hami sabaiyka sarasta(Allah)layi nai thaha chha,Wahanle aafno purn geyan anusar hami sabaiko bhagya lekhnu bhayeko chha, Tara hami layi thaha chhaina ke hamro bhagyame ke lekhe ko chha, yasarth hami ramro aashagardai aa aafna karya kartabyama lagchhawn, Hatkela bata bhagyako purn geyan parapt garna sakidaina,yo matra bharm ho, Yasarth aajko biksit yugma satya tathya sikchha parapt gari aa aafna kalyanka lagi paryasrat hunu parchha.
Lok tatha parlok dubaima hami sabaika kalyan hus ya nai hamro mnokamna ho.