Daily Archives: 15/05/2013

कर्मा शेर्पाको हृदयघातका कारण कुवेतमा निधन


सुरेश गुरुङ, कुवेत

heart१५ मे २०१३ । रोजगारीको शिलशिलामा बिगत १८ महिना पहिला कुवेत आई कुवेतको साम्सुङ कम्पनिमा कार्यरत लिवाङ गाबिस, वडा नं. ६ ताप्लेजुङ् जिल्ला निवासी, ४० बर्षिय कर्मा शेर्पाको कुवेतमा गत १० मे २०१३ का दिन ह्रदयघातका कारण अकस्मात निधन भएको छ । सो दिन ड्युटीबाट आई खाना खाएर साधारण अवस्थामा सुतेका शेर्पा बिहान मृत अवस्थामा फेला परेको जानकारी प्राप्त भएको छ । पढ्नेक्रम जारी राख्नुहोस्

हत्केलाबाट तपाई आफ्नो भाग्य आफै पत्ता लगाउनु होस……..


finga457शास्त्रका अनुसार संसारमा जति पनि मानिसहरु जन्मिएका छन्, उसको भाग्य जरुर रहेको हुन्छ । उ कति सम्म भाग्यमानी छ, या दुर्भाग्यशाली छ भन्ने कुरा उसको भाग्य रेखामा निर्भर रहेको हुन्छ ।हत्केलाको बीचको औंलाको ठिक मुन्तिरा शनि पर्वत रहेको हुन्छ, यसैलाई नै भाग्य मान्दछ । हत्केलाको जुनसुकै स्थानबाट यस्तो रेखा सो स्थानमा पुगेको छ भने त्यसलाई नै भाग्य रेखा भनिन्छ । जसको नाडीबाट सिधै शनि पर्वत अर्थात बिचको औला पट्टि गएको हुन्छ त्यो व्यक्ति धेरै नै भाग्यशाली रहेको हुन्छ । यस्ता व्यक्ति धेरै नै महत्वकांक्षी र लक्ष्यप्रति केन्द्रित रहेको हुन्छ । शनि पर्वत तिर गएको रेखा चोरी औलाको मुनिपट्टि बाडियो अर्थात गुरु पर्वत यानी हुदै गयो भने सो व्यक्ति दानी एवम परोपकारी हुन्छ । उनले उच्च पद र प्रतिष्ठा प्राप्त गर्दछ । पढ्नेक्रम जारी राख्नुहोस्

एनसीसी कुवेतको तेश्रो अधिबेसन निर्वाचन वा सहमति


भाईराम चौलागाई
nrnaकुवैत सिटी १५ मे- गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएन) कुवेतको तेश्रो अधिबेसनको मिति नजिकिदै अन्तिम चरणमा प्रवेश गरिसकेको छ।निर्वाचन समितिको तालिका अनुसार मे २४ तारिख नया कार्य समिति चयन हुने कार्यक्रम रहेको छ।जसकारण कुवेतको नेपाली समाजमा चुनाबी महौल छाएको छ । यहाको समाजमा एनआरएनको भाबी नेत्रित्तोको सम्बन्धमा सहमति वा निर्वाचन भन्दै बहस चलिरहेको छ। सामाजिक संजाल होस् वा टेलिफोन सम्पर्क वा नेपाली हरु जमघट हुने स्थान सबै तिर एनआरएन कै बिषयमा चर्चा हुने गरेका छन्।सामाजिक बिषयमा बहस गर्नु चिन्तनशील हुनु राम्रो पक्ष हो तर केहि व्यक्ति हरुले खुल्ला रुपमा एनआरएन को चुनाब हुनु हुदैन भएको खण्डमा सबैजना देश निकालामा परिन्छ एनसीसी कुवेतको चुनावनै असम्भव भनि भ्रम फैलाउदा पनि निर्वाचन समितिको ध्यानआकर्षन भएको देखिदैन किन? पढ्नेक्रम जारी राख्नुहोस्

Fee amnesty proposed so illegals can leave Decision rests with Minister of Interior


KUWAIT CITY, May 14: Brigadier Ghazi Al-Omar, head of the Immigration Security Department at the Ministry of Interior is said to have submitted a proposal to the First Deputy Prime Minister and Minister of Interior, Sheikh Ahmed Al-Hmoud Al-Sabah through the Assistant Undersecretary of the Ministry of Interior for Nationality and Passports, Major-General Sheikh Faisal Al-Nawaf to allow residence law violators to leave the country without paying fines, reports Al-Anba daily quoting reliable sources. पढ्नेक्रम जारी राख्नुहोस्

प्रहरीमा ठूलो संख्यामा जनशक्ति थप्ने तयारी


सुजित महत
image.phpकाठमाडौ, जेष्ठ १ – निर्वाचन गर्ने प्रमुख जिम्मेवारीमा कुनै प्रगति गर्न नसकेको सरकारले प्राथमिकता बाहिरको र राज्यकोषमा दीर्घकालीन असर पर्ने काममा भटाभट निर्णय गरिरहेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लोकमानसिंह कार्कीलाई नियुक्त गर्ने विवादास्पद निर्णय गरेको सरकारले नेपाल प्रहरीमा ठूलो संख्यामा जनशक्ति थप्ने निर्णय गर्न लागेको छ । पढ्नेक्रम जारी राख्नुहोस्

मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीसँग एमाओवादीको वार्ता


काठमाडौँ – मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीसँग उनको निवास बालुवाटारमा आज बिहान एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका टोलीले आउँदो संविधानसभाको निर्वाचनको मिति घोषणा, संविधानसभासम्बन्धी अध्यादेश, समानुपातिक निर्वाचन सिट सङ्ख्या कति कायम गर्ने भन्नेलगायत विषयमा छलफल गरेको छ । उनीहरुबीच झन्डै डेढ घण्टा संविधानसभाको निर्वाचन प्रक्रिया र पद्धतिलगायत समसामयिक विषयमा छलफल भएको थियो। पढ्नेक्रम जारी राख्नुहोस्