Daily Archives: 14/05/2013

नेकपा-माओवादीसहित ३३ दलले घेर्यो अख्तियार


news-photo3३१ वैशाख, काठमाण्डौं । सरकार गठनदेखि नै प्रमुखदलको निर्णय बदर गर्न माग गर्दै सरकार विरोधि आन्दोलनमा उत्रिएका नेकपा-माओवादीसहित ३३ दलले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय घेराउ गरेका छन् । विहान ९ बजेदेखि ११ बजेसम्म गरिएको धर्ना सरकारको विरोध र  अख्तियार प्रमुख नियुक्तिको विरुद्धमा रहेको  नेकपा-माओवादीकी प्रवक्ता पम्फा भुसालले अनलाइनखबरलाई जानकारी दिनुभयो ।

आदिवासी जनजातिको नेतृत्व कुमाललाई


Nagendra-Kumal-President-N-225x300काठमाडौँ- चितवनको सौराहामा भएको आदिवासी जनजाति महासङ्घको आठौँ राष्ट्रिय महाधिवेशनले तीन वर्षीय कार्यकालका लागि नगेन्द्र कुमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। महास‍ंघको उपाध्यक्षमा तराईतर्फ राम अवतार मण्डल, हिमालतर्फ डण्डु शेर्पा, पहाडतर्फ सुर्यबहादुर भुजेल, भित्री तराईतर्फ तपिया दराई, महिलातर्फ रोश्नी मेचे निर्वाचित भएका छन्। पढ्नेक्रम जारी राख्नुहोस्

राहदानीको चर्को शुल्कको विरोध


image.phpकाठमाडौ, वैशाख ३१ – चर्को शुल्क लिएर छिटो राहदानी उपलब्ध गराउने सरकारी निर्णयको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले विरोध गरेकोछ । परराष्ट्र मन्त्रालयले १५ हजार रुपैयाँ तिरे ४८ घण्टामा राहदानी उपलब्ध गराउने निर्णय गलत भएको विज्ञप्ती जारी गर्दै जनाएको छ । उसले जनतालाई छिटो छरितो रुपमा सुविधा उपलब्ध गराउनुपर्नेमा उल्टै आर्थिक भार थपेको भन्दै आपत्ती जनाएको छ ।

सरकार निर्वाचन कानुनका विषयमा एमालेसंग छलफल गर्दै


काठमाडौ, वैशाख ३१ – सरकारले निर्वाचन कानुन तथा चुनावको तिथी विषयमा सहमति जुटाउन दलहरुसंग परामर्श लिने क्रम जारी राखेको छ । सोमबार राति नेपाली काँग्रेसका नेताहरुसंग छलफल गरेको सरकारले मंगलबार बिहान एमाले नेताहरुसंग छलफल गर्दैछ ।

यसअघि निर्वाचन सम्बन्धी एजेन्डामा दलहरुसंग सरकारले सामूहिक छलफल थियो । छिटो निष्कर्षमा पुग्न छुट्टा-छुट्टै छलफलको रणनीति अपनाइएको हो । बालुवाटार स्रोतका अनुसार निर्वाचनको तिथी, समानुपातिक सिट संख्या, थ्रेस होल्ड तथा प्रस्तावित निर्वाचन कानुनको मस्यौदामा देखिएको अन्य असहमतिहरुका विषयमा निष्कर्षमा पुगी छिटो निर्वाचन तिथी तोक्ने तयारी स्वरुप सरकारले छलफललाई तिव्रता दिएको हो । पढ्नेक्रम जारी राख्नुहोस्