वैद्यसँग वार्ता भइरहेको छ : गृहमन्त्री


विराटनगर — गृहमन्त्री माधवप्रसाद घिमिरेले संविधानसभा निर्वाचनको मिति दुई साताभित्र घोषणा हुने बताएका छन्। उनले निर्वाचन सम्बन्धी ऐनलाई अध्यादेशमार्फत् जारी गर्ने तयारी भइरहेकाले चुनावको मिति १०–१२ दिनमै घोषणा हुने दाबी गरे। ‘कार्तिकको अन्तिम साता अथवा मंसिरको पहिलो सातामा चुनाव गर्ने मिति घोषणा हुँदैछ,’ आइतवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित कुरागर्दै गृहमन्त्री घिमिरेले भने,’निर्वाचन सम्बन्धी ऐन अघि बढेपछि चुनावको मिति घोषणा हुन्छ।’
उनले निर्वाचन सम्बन्धी ऐनमा थ्रेस होल्ड, समानुपातिकको संख्या लगायतका विवादित विषयमा राजनीति दलहरुसित छलफल भइरहेको जानकारी दिए। ‘सरकार चुनावका लागि एकलब्य भएर लागेको छ,’ उनले भने,’चुनावबाट पछाडी फर्किने अवस्था छैन्।’

सुनसरीको चतराधाममा आयोजित धार्मिक समारोहमा सहभागी हुन आएका गृहमन्त्री घिमिरेले निर्वाचनप्रति असन्तुष्टि राख्ने दलहरुसित पनि कुराकानी भइरहेको बताए। ‘वैद्य माओवादीलाई वार्ताका लागि लेखिएको पत्रको जवाफ आइसकेको छ,’ उनले भने,’केही पूर्व सर्तहरु राखिएको छ, सरकारले उहाँहरुको जायज माग सम्बोधन गर्नेछ।’ गृहमन्त्री घिमिरेले वैद्य माओवादीका नेताहरुसित अनौपचारिक कुराकानी भइरहेको र उनीहरु चुनावमा सहभागि हुने विश्वास रहेको उल्लेख गरे।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.