कतारलाई जेल भन्दा राजदुत शर्मालाई स्पष्टीकरण


देवेन्द्र भट्टराई

image.phpअर्का राजदूतको अभिव्यक्ति पनि विवादमा
काठमाडौं, -‘कतार भनेको खुला जेल हो’ भन्दै कुटनीतिक मर्यादाबाहिर गएर बोलेकोमा कतारस्थित राजदुत मायाकुमारी शर्मासँग परराष्ट्र मन्त्रालयले लिखित स्पष्टिकरण मागेको छ । मन्त्रालयमा शुक्रबार आयोजित प्रेस ‘ब्रिफिङ’मा परराष्ट्र प्रवक्ता अर्जुनबहादुर थापाले राजदुत शर्मासँग लिखित स्पष्टिकरण माग गरिएको जानकारी दिए । खाडी पुगेको श्रमिकका हकहितमा गर्न सकिने कुटनीतिक कामका ’bout बीबीसी साझा सवाललेले जिज्ञासा राख्दा राजदुत शर्माले नेपाली श्रमिकलाई ‘भाग्यमै ठगिएका’ भन्दै संवेदनाहीन प्रतिक्रिया दिएकी थिइन् ।

अर्को एक अन्तर्वार्तामा उनले ‘कतारलाई खुला जेल’ भन्दै प्रतिक्रिया दिएकोमा काठमाडौंस्थित कतारी दुतावासले पनि यो भनाइ’bout चासो राख्दै परराष्ट्रको ध्यानाकर्षण गरेको थियो । प्रवक्ता थापाले दक्षिण कोरियास्थित राजदुत कमानसिंह लामाले ‘जुन नेपाली कामदारले एक सय केजीको बोरा उचाल्न सक्छ, उसैलाई इपीएस पद्धतीमा काम गर्न कोरिया पठाए हुन्छ’ भनी राखेको धारणा पनि परराष्ट्रको ध्यानाकर्षणमा आएको भन्दै अब राजदूत नियुक्तिमा मापदण्ड निर्धारण गर्ने तयारी भइरहेको बताए ।

कतारस्थित राजदूत शर्मा र कोरियामा रहेका लामा दुबै एमाओवादी दलका कार्यकर्ता हुन् ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.