एनआरएन दर्ताका लागि ‘मध्यमार्गी उपाय’को खोजी


jiba.lamichhane५ महिनाभित्रै थप ७३ मेगावाटका विद्युत आयोजना घोषणा हुने
३० बैशाख, काठमाण्डौ – दुई बर्षभन्दा कम समय विदेश बस्नेलाई एनआरएन मान्न नसकिने भन्दै सरकारले एनआरएन दर्ता अस्वीकार गरेपछि ‘बीचको बाटो’ खोज्न पहल सुरु भएको छ ।
गैरआवासीय नेपालीसम्बन्धी ऐनमा दुईभन्दा बढी समय विदेश बस्ने नेपाली नागरिकलाई मात्र गैरआवासीय नेपाली मान्न सकिने उल्लेख छ भने एनआरएनको विधानले ६ महिना १ दिन (१८३ दिन) भन्दा बढी विदेश बस्नेलाई एनआरएन मान्दै आएको छ । एनआरएनको विधानको सोही प्रावधानलाई कारण देखाउँदै सरकारले गैरआवासीय नेपाली संघ दर्ता गर्न नसकिने जानकारी दिएको थियो ।

सरकारी पत्रअनुसार विधान संसोधन गर्दा विदेश अध्ययन गर्न गएका विद्यार्थी र वैदेशिक रोजगारीमा गएका अधिकांश नेपाली एनआरएनको सञ्जालबाट बाहिरिने भएपछि अहिले एनआरएनले बीचको बाटो खोज्न पहल गरिरहेको छ । ‘तत्कालै विधान संसोधनको सम्भावना छैन, महाधिवेशनबिना हामीलाई त्यो अधिकार पनि छैन’ लामिछानेले भन्नुभयो-’अध्यादेशमार्फत् ऐन संशोधन गरेर एनआरएनकै विधानअनुसार दर्ताका लागि सरकारसँग आग्रह गरेका थियौं, त्यो पनि तत्काल सम्भव देखिएन ।’

ऐन बनाउनुअघि पहिलोपटक जारी गरिएको अध्यादेशमा एनआरएनको विधानसँग मिल्ने गरी ६ महिनाभन्दा बढी विदेश बस्नेलाई नै एनआरएन मान्ने प्रावधान रहेकाले त्यसैलाई टेकेर कुनै नयाँ बिकल्प निकाल्न सकिन्छ कि भन्ने विषयमा छलफल भइरहेको लामिछानेले जानकारी दिनुभयो ।

‘हामीलाई परेको अप्ठेरो उहाँहरुले पनि महसुस गर्नुभएको छ’ केही दिनअघि परराष्ट्र मन्त्रालयका अधिकारीसँग छलफल गर्नुभएका लामिछानेले भन्नुभयो-’उहाँहरुको पनि चाहना एनआरएन नेपालमा दर्ता होस भन्ने छ, कुनै बीचको बाटो निकालेर भए पनि एनआरएन दर्ता गर्न सकिन्छ कि भन्नेमा आशावादी छु ।’ सरकारी ऐनअनुसार संसोधन गर्ने’bout विगतमा पनि छलफल भएको जानकारी दिँदै उहाँले आगामी सम्मेलनबाट त्यसखाले संसोधन सम्भव नदेखिएकाले मध्यमार्गी उपायको खोजीमा लाग्नुपरेको जानकारी दिनुभयो ।

५ महिनाभित्रै १ सय मेगाबाट बिजुलीको टुंगो

दुईबर्षे कार्यकालका लागि अध्यक्ष चुनिनुभएका लामिछानेले आफ्नो कार्यकालभित्रै १ सय मेगावाट जलविद्युत उत्पादनको काम सुरु हुने बताउनुभयो ।

हाल एनआरएन इन्भेष्टमेन्ट कम्पनीमार्फत् विश्वभर छरिएका करिव ८ सय गैरआवासीय नेपालीहरुले करिव १ अर्ब रुपैयाँ संकलन गरेका छन् । संकलित रकमबाट लम्जुङस्थित २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत आयोजनामा लगानी गरिएको छ । जुलाई महिनाबाटै निर्माण सुरु हुने परियोजनामा करिव ५१ करोड रुपैयाँ एनआरएन इन्भेष्टमेन्ट कम्पनीमार्फत् लगानी भएको छ ।

१ सय मेगावाट जलविद्युत उत्पादन गर्ने लक्ष्यसहित सुरु भएको अभियानले पाँच महिनाभित्रै पूर्णता पाउने लामिछानेले जानकारी दिनुभयो । ‘केही लाइसेन्स खारेज भएका परियोजना हामीलाई दिन सरकारसँग आवेदन गरेका छौं’- लामिछानेले भन्नुभयो-’आगामी ५ महिनाभित्र १ सय मेगावाटमध्ये बाँकी सबै परियोजनाको घोषणा हुन्छ ।’

नयाँ परियोजना टुंगो लागेसँगै दोस्रो चरणको लगानी संकलन अभियान पनि सुरु हुने उहाँले जानकारी दिनुभयो । नेपालमा लोडसेडिङको समस्या रहेको र बिजुलीमा गरिने लगानीको प्रतिफल पनि निश्चित भएका कारण एनआरएनले विद्युत उत्पादनलाई जोड दिएको उहाँले जानकारी दिनुभयो ।

 रेमिट्यान्स अध्ययन गर्न मनिला

यसैवीच आगामी मे १८ तारिखदेखि फिलिपिन्सको मनिलामा हुने गैरआवासीय नेपाली संघको एशिया प्रशान्त क्षेत्रीय बैठकमा रेमिट्यान्सको उपयोगलाई मुख्य एजेण्डा बनाइने भएको छ ।

‘नेपालमा आउने रेमिट्यान्स उत्पादनमूलक क्षेत्रमा लगानी भएन भन्ने कुरा आएको छ’ लामिछानेले भन्नुभयो-’त्यस मामिलामा फिलिपिन्स अगाडि रहेका कारण सम्मेलनका दौरान त्यहाँ कसरी उत्पादनमूलक क्षेत्रमा रेमिट्यान्स उपयोग भएको छ भन्ने अध्ययन गरिने छ ।’ क्षेत्रीय बैठक भए पनि बैठकमा एनआरएनका ग्लोवल मुद्दा’bout छलफल हुने उहाँले जानकारी दिनुभयो ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.