ईन्द्र भुसाल ,कुवेत
वर्षौ देखी गैरकानुनी तरिकाले साउदी अरेबियामा बसेका बिभिन्न देशका नागरिकहरुको लागि सजिलो तरिकाले देश फर्कन र बस्न चाहेमा तोकिएको मापदण्ड पुरागरेर साउदीमै कानुनी रुपमा बस्न सुनौलो मौका पराप्त भएको समाचार आएको छ। अन्यदेशका नागरिक जस्तै नेपालीहरु पनि इलिगल भएकोले नेपाली दुताबास साउदीले बिग्यप्ती मार्फत औपचारिक जानकारी र सुचना निकालेको छ । पढ्नेक्रम जारी राख्नुहोस्
Daily Archives: 13/05/2013
साउदीमा खुल्यो एम्नेस्टी,इलिगल कामदारहरुलाई देश फर्कन र लिगल बन्न सुनौलो मौका
Posted in अरब विशेष, प्रेस बिज्ञप्ति
एनआरएन दर्ताका लागि ‘मध्यमार्गी उपाय’को खोजी
५ महिनाभित्रै थप ७३ मेगावाटका विद्युत आयोजना घोषणा हुने
३० बैशाख, काठमाण्डौ – दुई बर्षभन्दा कम समय विदेश बस्नेलाई एनआरएन मान्न नसकिने भन्दै सरकारले एनआरएन दर्ता अस्वीकार गरेपछि ‘बीचको बाटो’ खोज्न पहल सुरु भएको छ ।
गैरआवासीय नेपालीसम्बन्धी ऐनमा दुईभन्दा बढी समय विदेश बस्ने नेपाली नागरिकलाई मात्र गैरआवासीय नेपाली मान्न सकिने उल्लेख छ भने एनआरएनको विधानले ६ महिना १ दिन (१८३ दिन) भन्दा बढी विदेश बस्नेलाई एनआरएन मान्दै आएको छ । एनआरएनको विधानको सोही प्रावधानलाई कारण देखाउँदै सरकारले गैरआवासीय नेपाली संघ दर्ता गर्न नसकिने जानकारी दिएको थियो । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in NRNA गतिविधि
वैद्यसँग वार्ता भइरहेको छ : गृहमन्त्री
विराटनगर — गृहमन्त्री माधवप्रसाद घिमिरेले संविधानसभा निर्वाचनको मिति दुई साताभित्र घोषणा हुने बताएका छन्। उनले निर्वाचन सम्बन्धी ऐनलाई अध्यादेशमार्फत् जारी गर्ने तयारी भइरहेकाले चुनावको मिति १०–१२ दिनमै घोषणा हुने दाबी गरे। ‘कार्तिकको अन्तिम साता अथवा मंसिरको पहिलो सातामा चुनाव गर्ने मिति घोषणा हुँदैछ,’ आइतवार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसित कुरागर्दै गृहमन्त्री घिमिरेले भने,’निर्वाचन सम्बन्धी ऐन अघि बढेपछि चुनावको मिति घोषणा हुन्छ।’ पढ्नेक्रम जारी राख्नुहोस्
Posted in नेपाल समाचार
कतारलाई जेल भन्दा राजदुत शर्मालाई स्पष्टीकरण
देवेन्द्र भट्टराई
अर्का राजदूतको अभिव्यक्ति पनि विवादमा
काठमाडौं, -‘कतार भनेको खुला जेल हो’ भन्दै कुटनीतिक मर्यादाबाहिर गएर बोलेकोमा कतारस्थित राजदुत मायाकुमारी शर्मासँग परराष्ट्र मन्त्रालयले लिखित स्पष्टिकरण मागेको छ । मन्त्रालयमा शुक्रबार आयोजित प्रेस ‘ब्रिफिङ’मा परराष्ट्र प्रवक्ता अर्जुनबहादुर थापाले राजदुत शर्मासँग लिखित स्पष्टिकरण माग गरिएको जानकारी दिए । खाडी पुगेको श्रमिकका हकहितमा गर्न सकिने कुटनीतिक कामका ’bout बीबीसी साझा सवाललेले जिज्ञासा राख्दा राजदुत शर्माले नेपाली श्रमिकलाई ‘भाग्यमै ठगिएका’ भन्दै संवेदनाहीन प्रतिक्रिया दिएकी थिइन् । पढ्नेक्रम जारी राख्नुहोस्
Posted in समाचार
कसैले (गजल)
प्रेम कटुवाल, कुवेत
छछल्क्यो जवानी उबा़यो कसैले
कसी प्रेम पाशामा डुबायो कसैले
अति प्रितले मन्द मुस्कान छर्दै
सुधा जल खन्याई नुवायो कसैले पढ्नेक्रम जारी राख्नुहोस्