धनेको कल्पनाको नेपाल


भुवन पौडेल
Bhuwan“आज शुक्रवार साथिहरूसगँ विदा मनाउने योजना वनाएको कस्तो भुसुक्कै विर्सिएछु । ए घडी हेर्नैपर्यो कति वजेछ हँ ? लौ हेर समयले त धेरै अगाडि पार गरि सकेछ। छिटो नुहाँएर कपडा लाएर निस्कनु पर्यो” भन्दै धने वाथरूम भित्र पस्यो । सवै साथीहरू गगनचुम्बी महलहरूको दृश्यावलोकन गर्दै उसको पर्खाइमा थिए । यतिकैमा धने हस्याङ फस्याङ गर्दै आइपुग्यो।

साथीहरू नमस्कार,
“माफ पाउँ है ढिला भएछ । नाइट डिउटीले गर्दा विहान उठ्दा सकिनछु ।” “थाहा छ तेरो वानी व्यहोरा हामीलार्इ स्पष्टीकरण भनिरहनु पर्छ र अनि पहिलो पटक ढिलो आए जस्तो हेर न” भन्दै साथीहरूले शव्द वाण हान्न थालि हाले। एउटाले भनेर नसक्दै अर्कोले थपी हाल्यो, “भै गो यसको वानि थाहा हुदाँहुदै के लार्इ चलायो मुख भरी के भन्छन चुप लागौ साथि हो ।”

धनेले गगनचुम्बी महलको त्यो माहोलमा वसेर चिया पिउदैँ साथीहरूसगँ गफिदै भन्यो, “त्यही त ढिला सम्म सुतेर सपना धेरै देखेँ क्या साथि हो गाली धेरै नगर ल आखिर सरापै दिए पनि मेरो यो परदेशमा आफन्त भनेनी पराइ जे भने पनि को छ र तिमीहरू वाहेक । वरू हेर न वाहिरको दृश्यको मज्जा ल्याउन साथि हो ।”

धनेले भन्यो- ” यो ठाउँमा यस्तो परिवर्तन, विकास, उन्नति प्रगति सम्भव छ भने नेपालमा कसो नहोला । हेर केटा हो, एक दिन हामी हाम्रै काठमांडौको गगनचुम्वीमा वसेर गफिनु पर्दछ है ? “

धनेको वाक्य पुरा हुन नपाउदै साथिहरू भन्दै थिए “अव नेपाल पनि यस्तो हुन्छ त कस्तो मूर्ख कुरा गरेको यसले ढिलासम्म सुतेर राम्रै सपना देखेछ ।” धनेले सम्झाउदै भन्यो, “होइन सपना देखे पनि त ठूलो कुरा होनी ! मैले सपना देखेर ठूलो गल्ती गरेँ ? अनि हाम्रो देश राम्रो भएको कल्पना, विचार, विमर्श, मन्थन समेत गर्न मैले नपाउनु ?

त्यतिकैमा अर्को साथिले भन्यो, “ए, यो त विकासविद, राजनितिज्ञ दार्सनिक भएछ राम्रै भाषण गर्ला जस्तो छ नेपाल फर्के पछि नसकिने भो योसगँ ।”

यी र यस्ता वाणको प्रहार र प्रतिप्रहार चलिरहेको थियो । यतिकैमा मान बहादुरले जमिनमाथिको Flyover मा रेल गुडेको देखाउदै, “ए हेर त अव तैले यो पनि नेपालमा भएको सपना देख्छस् होला कि देखि सकेको छस् ?”

धने झसङ्ग भयो, “वाफ रे वाफ ! जमिनमा रेल छकछक आवाज निकाल्दै गुडेको त केही वर्ष पहिले दशैं विदा मनाउन इजिप्ट यात्राको क्रममा लामो रेल यात्रा गर्ने सौभाग्य प्राप्त भएको थियो । दुइ जना भएर हामी अलेक्सजेन्ड्रिया (जसलाइ मिश्रवासी स्केन्द्रिया पनि भन्छन) वाट कायरो हुदै लक्सौर सम्मको करिव सोह्र घण्टे यात्रा गरेका थियौ । रेल पनि विभिन्न स्ट्याण्डरको हुने रहेछ भन्ने पनि थाहा पाए स्पेनिस (Spanish) राम्रो श्रेणीमा पर्दो रहेछ हामीले त्यसैलाइ छानेका थियौ। निल नदीको शान्त, सुन्दर सौम्य अडिग वसेजस्तो कलकलाउदो अनि वरिपरि हरियाली थियो । अचम्मको कुरा त करिव पाचँ पाचँ किलो मिटर दाया वायाँ दुवै पट्टी हरियाली त्यस भन्दा पर चट्टान मरूभूमी, रुखो धरातल थियो । त्यही भएर भनेका रहेछन मिश्रको देन नाइल नदी । नाइल नभएको भए सायद यो सभ्यता नै विकास र सम्भव थिएन होला । पानी विना कुनै पनि जिवनको अस्तित्व छैन भन्ने कुराको कहि नभएको उत्कृष्ट दृश्य यहाँ देख्न पाइन्छ । अर्को तर्फ विचरा ती खच्चडको जिन्दगी मान्छेको यातायातको साधन देखि ढुवानीको साधनसम्म वन्नु पर्ने कस्तो दया लागेर आएकोथ्यो । हाम्रो नेपालमा ढुवानी वाहक त भएको थियो र छ पनि तर यात्रु वाहक त थिएन छैन नै । हरेक काममा खच्चडको प्रयोग हुने गरेको देखेर कहाँ गएछन पशु अधिकारवादी को वकालत गर्नेहरू भनेर सम्झिएको थिएँ ।” तर जमिनमाथिको त्यो मेट्रो देखेर धनेको मन झन फेरि तरङगित भएको थियो,

“हाम्रो काठमांडौ देखि सगरमाथाको वेस क्याम्प सम्म यस्तै मेट्रो मा सयर गरेर साझँ घर फर्कन पर्छ है त्यो दिन साच्चै कस्तो होल् साथमा छोरा छोरी श्रीमतीहरूलाइ पनि लिएर जानुपर्दछ है, नास्ता चाहि जिरीमा गर्ने विहानको खाना नाम्चेमा खाएर साझँको काठमाण्डौमा खाने ल ?” यतिकै मा एउटाले मुख खोलि हाल्यो–”होइन कतिवटा श्रीमतीहरू छन र धने तेरो।” सवै दातैँ उछिट्टिने गरी हासेँ। अर्कोले आगोमा तेल थप्यो-” यो पागल भयो कि क्या हो राचिँ त लक्ष्मिप्रसाद देवकोटा साइला वाजेलाइ पुर्याएका थिए यो यहाँवाट टाढा छ कसरी प्रर्याउनु यतैको मेन्टल अस्पतालको व्यवस्था गर्नुपर्यो कति हो केटा हो आपतकालिन नम्वर।”

१०० हो डायल गरौ मानवहादुर वकवकायो । यी सारा ठाडो कान लगाएर सुनिरहेको धनेलाइ सह्य भएन रातोपिरो हुदैँ कडकियो, “होइन तिमीहरू कल्पना गर्न पनि दिदैनौ सुन कान खोलेर पहिला मकवानपुरको जितफेदीवाट गाडि मान्छेलाइ वोकाएर काठमाण्डौ ल्याइ राजा, राणाहरू सवारी गर्थे रे अनि त्यसको खुराकी तेलको मेसो कसरी गरे होलान त्यो पनि मानिसलाइ वोकाएर ल्याउथे । अहिले काठमाण्डौमा चक्रपथ छ, गल्ली गल्लीमा गाडी कति कति, गाउँमा कटाले के हुदैछ भनेर समाचार फुकेकोमा आज हातहातमा मोवाइल, रेडियो घर घरमा टि भि छ पूर्व मेचि देखि पश्चिम महाकाली वाटोले जोडिएको छ। विमानस्थल पचास भनदा वढी छन, मनकामना दर्शन गर्न काठमाण्डौवाट कति दिन लाग्थ्यो, अहिले केवलकार सरर एक दिनमा दर्शन गरेर घरमा फरर यो सव विकासले होइन त सम्भव भएको । होला चाहे जति विकास नभएको तर अवश्य केही परिवर्तन भएको छ नी यसमा आशावादी नहुने के सधै एकैनास हुन्छ त सपना पनि देख्नु पर्छ, सपना देख्नु पनि गल्ती होइन, हामीले नभए हाम्रा सन्तानले त्यो सपनाको अनुभुति विपनामा उपयोग गर्न पाउनेछन । वरू हाम्रा राज नेताहरूले पनि देश विकासको वारेमा सपना, कल्पना गरे कस्तो हुँदो होला ? विकासवादी नेता पैदा भए देशको मुहार किन नफेरिएला कति समय लाग्छ र परिवर्तन हुन हाम्रा सामु प्रशस्त उदाहरणहरू छन।

शालिन श्रवणले पनि धनेले पुरा वोल्न नपाउदै भन्यो, “हो यसले अघि पनि ठिकै कुरा गरेको रहेछ, अहिले काठमाण्डौ सिभिल हलमा गएर फिलिम हेर्दा यूरोप अमेरिकामा अथवा यतैतिर भएको भान हुन्छ, पोखरामा २ डि, ३ डी होइन १२ डी सम्म चल्ने फिलिम हल छन ।हामी के कम सपिङ्ग गर्न चाइना टाउन, काठमाण्डौ महल, पिपल पलाजा, सिभिल महल, सिटि सेन्टर कति छन छन के यो परिवर्तन होइन ?”

अरू केटाहरू एक छिन अक्क न वक्क भए, छक्क परे यतिकैमा अर्कोले भन्यो, “अव अर्को दार्सनिक वनो सकिएन वा सकिएन।”

शेर वहादुरले थप्यो, “दुवइ सपिङ्ग महल विश्वको सवैभन्दा ठूलो महल जहाँ ३२०० वटा पसल एउटै महल भित्र छन अनि यो पनि नेपालमा अझ सगरमाथाको आधार शिविरमा होला भोलि होइन त ।” अरू केटाहरूले खित्का छोडेर तालि वजाइ हासेँ ।

धनेले रिसले आगो हुदै भन्यो, “ए श्रवण ! यी केटाहरूले कल्पना सम्म गर्न सक्ने हिम्मत गर्दैन र गर्न पनि दिदैनन। हामी गोर्खाली खुकुरी चलाउन माहिर भयौ तर दिमाग चलाउन सिपालु नभएर होला अरूको दास, गुलामी वन्नु परेको है।”

श्रवणले थप्यो, “वाह्र घण्टा अझ सोह्र घण्टा सुरक्षा गार्ड, चौकिदारी या यस्तै काम गर्न परेको यो तातो घाममा वालुवा माथि, धन्न एक दिन भए पनि विदा नत्र यी उतै घाममा झोक्याउथे कहाँ जिस्काउन पाउथे यहा खित्का छोडि छोडि।” मान वहादुरले वेटरलाइ देखाउदै भन्यो, “ए कफी पनि आइपुग्यो यी कुरा छाडेर कफि पिउन लागौ यसैमा कल्याण छ साथि हो ।”

श्रवणले भन्यो, ” यो ब्रुज खालिफा टावर पनि पृथ्वीको मानव निर्मित अर्को आश्चर्य हो चमत्कार हो, सिसैसिसा कस्तो आलिसान भव्य कति सुन्दर शिखहरूको मन्दिर आकारको, आम्मामा यसको तलवाट माथि हेर्दा त टोपी नै खस्छ होला है हाम्रो धरहरा त यसको तुलनामा के नै छ र है नेपालमा पनि यस्तै पिपल तावर वा यस्तै नाममा यस भन्दा ठूलो टावर वन्ला नि कि कसो ।”

धनेले थप्यो, “यो दुवइको अर्को चिनारी र संसारको लागि चुनौती हो उनीहरूको कडा मिहिनेत र झुकावले सम्भव भएको हो, देश प्रति विकास प्रति जनताप्रतिको इमान्दारिता हो, यो वनाउदा धेरै नेपालीको पसिना वगाएका छन सायद ज्यानै पनि गुमाए होलान अचम्मको कुरा यो वनाउन योगदान पुर्याउनेको तस्वीहरू यस भित्र राखिएका छन त्यसमा नेपाली पनि परेकोमा खुसी लाग्छ। कुनै समय आफूलाइ पनि यसको प्रथम पटक विधिवत उद्घाटन भएको नयाँ वर्षमा संसारको सवैभन्दा महङगो आतिसवाजी भएको प्रत्यक्ष हेर्ने मौका मिलेको थियो । करिव आधा दिन नै कुरेरै हामीले त्यो पललाइ आखामा मस्तिष्कमा र भिडियोमा कैद गरेका थियौ साथमा म्यूजिकल फाउन्टेनको मज्जा पनि । कहाँ पुगेछ संसार भन्ने भान भएको थियो मलाइ फाउन्टेन पनि म्यूजिकको तालमा गति लिने कस्तो स्वर्ग मै पुगेको आभाष मिलेको थियो। आज पनि मानस पटलमा ताजै छ । सवै कुरा अनुभूति भो तर कसरी व्यक्त गर्न सकिन्छ र यहाँ केटा हो।”

“ऒहो यो त सारै भाग्यमानि रहेछ” भन्दै विचमा अर्कोले उकेरा लगायो ।  धनेले भन्दै गयो, “वास्तवमा यहाँका जनताले वर्षौ पहिला गैर कानूनी व्यापार गरी भारतमा पुगेर अन्न अनाज ल्याएर जिविकोपार्जन गरेका थिए। कति दर्दनाक अवस्था थियो यीनीहरूको। समुन्द्रमा हुने र वालुवामा पाइने सुन, रूवी, अन्य पत्थरहरू वहुमूल्य यस्तै वटुलेर अंगार /कोइलाले कालो वनाएर नचिनिने वनाएर भारतमा लगेर विक्री गरेर दैनिकी गुजारेका थिए। यहाँ धेरै पछि सम्म पनि भारतीय मुद्रा प्रचलनमा रयो। तेलको कुवा पत्ता लाग्नु नै यीनीहरूको नयँ जिन्दगी पाउनुजस्तो भो। जसको कारण हाल यो विश्वको नै धनि वर्गमा पर्छन। भाग्यमानी रहेछन मोराहरू गोर्खालीलाइ कजाएका छन । के यीनीहरूले यस्तो होला भनेर चिताएका थिए, त्यो समयमा, सायदै सोच्ने फुर्सद थियो होला। कमसेकम हामीले त सोच्ने फुर्सद पाएका छौ, सोच्न शुक्रवार भए पनि विदा पाएका छौं ।”

“कालान्तरमा हाम्रो भूमी पनि खनिजको उत्खलनले हिरा, सुन चादिँ के के ले भरिपूर्ण भएको भेटिने छ । जसको कारण विदेशी कामदारको घुइँचो लाग्ने छ । हाम्रा विमानस्थल चौविसै घण्टा व्यस्त र चालु रहनेछन। प्रत्येक वर्ष लाखौ लाख विदेशी कामदारको आवश्यकता परेको भन्दै विभिन्न मुलुक सगँ श्रम सम्झौता गर्ने छौ। नेपाल सवैभन्दा राम्रो श्रम गन्तव्य मुलुक भन्ने छन । एक नेपाली रूपैयाँको तीन सय डलर माथि जानेछ । आम्मामा कस्तो महङगो करेन्सी भनेर धेरैले दङगदास पर्ने छन । हाजिरजवाफको लागि गतिलो प्रश्न वन्नेछ । सवै नेपालीले घरमा केयर गिभर राख्ने छन यीनीहरूको समस्या हेर्ने छुट्टै श्रमिक अदालत शसक्त हुनेछ। विदेशी नियोगहरूले कामदारका उद्दारको लागि सेल्टर राख्ने कष्ट गर्नुपर्ने छैन। पुरै कुटनैतिक उन्मुक्ति र सुविधामा रमाउने छन । सवै मुलुकका कुटनीतिज्ञको रोजाइको पोस्टिङ नेपाल हुनेछ। सवै अड्डाहरू श्रमिक मैत्री हुनेछन । सि एन एनले वार्षिक विशेषाङ्कमा विश्वका अर्वपतिको सूचिमा सवैभन्दा धेरै नेपाली रहेको भन्दै संसारको क्षेत्रफलमा ९० औ ठूलो देशमा संसारका सवैभन्दा धेरै धनाड्य वस्ने मुलुक नेपाल उल्लेख गर्दै जहाँ सवैभन्दा धेरै विदेशी कादारहरू खानी जल विधुत तथा निर्माण कार्यमा कार्यरत रहेका छन भनि प्रशारण गर्ने छ । वासिङटन पोष्टको फ्रन्ट पेजमा नेपालको प्रमुख समाचार छापिनेछ जसको हेडलाइन यस्तो हुनेछ-”Nepal Built a city inside the Himalaya अर्थात नेपालले पहाडभित्र गुफाको शहर वस्ती वनायो जो हेर्न विदेशी तथा स्वदेशी पर्यटकको ऒइरो, टिकट नपाएर पर्यटकहरू हिडेर यात्रा गर्न वाध्य, थप विमान भित्र्याउने तयारीमा सरकार रहेको पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको भनाइ।टाइम्स अफ इन्डिया ले आर्थिक पृष्ठमा लेख्ने छ नेपालका विकासका लाभ भारतने ज्यादा लिने से चुका अर्थात राजनीतिक अस्थिरता र पृथकतावादी आन्दोलनले गर्दा नेपालले जति सहयोग गरे पनि भारतले नेपालको विकासको लाभ भाहे जति लिन नसकेको नेपाल भारत सम्बन्धका उक विज्ञ एस डि मुनीको भनाइ ।”

श्रवणले उठेर “साच्चै यस्तो भए त हाम्रो सन्तानले सुखको अनुभूति गर्ने थिए यो मरूभूमिमा आउनु नपरोस। सवैले एक मत भएर हो कुरो ठीकै हो आशा गरौं । सपना देख्नु कल्पना गर्नु पर्दो रहेछ” भन्दै “धनेलाइ हामीले वास्तवमा नवुझेका रहेछौ उसको अध्ययन र सोचाइ नै हामी भन्दा धेरै गहिरो रहेछ त्यही भएर नै यस मरूभूमिमा पनि हाकिम जस्तो वनेर नेपालीको थोरै भए पनि इज्जत त धाने कै हो । हामिले समयमा नवुझेर नै पछि परेको हो देशमा सवैले जिम्मेवार भएर आफ्नो कर्तव्य निर्वाह गर्ने हो भने अवश्य हाम्रा सन्तान गुलामी वन्नु पर्ने छैन” भन्दै धने सगँ के क्षमा माग्दै थिए, यतिकैमा वेटर आएर टेवल खाली गर्ने सङकेत गर्यो र सवै आआफ्नो वाटो लागे ।

3 responses to “धनेको कल्पनाको नेपाल

  1. It was my wonderful time to read. its really good article.

  2. waiting for another one…..

  3. Dhane le jastai hamra deshka neta, buddhijiwi, samaj sewi, aguwa harule pani hamro desh ko pragati ko nimti 1 patak yestai sapana dekhe kehi hunthyo ki……

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.