ईन्द्र भुसाल ,कुवेत
फलामले बनेको सागुरो खाट ,सरिर नै आधा पुरिने खाल को डल्लब अनी दुबइमा बनेको बलाङ्केटको साथमा बिहान ४ बजे बज्ने घडीको आलाराम अनी मनमा अनगन्ती सपना साचेर बित्ने गर्दछ प्रबाशी जीवन बिताउने लाखौं नेपालीहरुको रात (बिशेषगरी खाडी मुलुक )मा । दिन हुनासाथ एकतर्फ सोचेर नोकरी नगरि हुँदै हुँदैन भने बचेँको समय आफ्नो प्यारो जन्मभुमीको यादमा बित्ने गर्दछ । वर्षौ बसेर फर्कदा नत पेन्सेन पाक्छ नत जवानीनै रहन्छ खाली तेही हुन्छ आफुले बेलामा सोचेर कमाएको धन त्योपनी पुरा परिवार पालेर बचेँमा । एस्तो अवस्था रहेको खाडी मुलुक अनी त्यो मुलुकमा रोजगारी गर्ने हामी नेपालीहरु प्रबाशमा पनि मिल्न सकेनौ तर पनि गाली दन्काउछौ नेपाली राजनेताहरुलाई ..
बितेको ५ बर्षमा यो पटक जस्तो कुवेतको नेपालीसमाज कुबाटोमा कहिलै हिनेन। न कसैलाई कसैको पद को इर्शा थियो नत कही कसैलाई राजनीतिको चासो थियो तर एक्काशी आएर एन आर एन ए को मन्दबिशले नेपाली समाजलाई भुमरिमा पारेको छ कुवेतमा । खाडी मुलुकका नेपाली मजदुरको लागि कुनै सरोकार नभएको यो पूँजीवादीहरुको सस्थाले कुनै मानबिय सहायता गर्नुको साटो नेपाली समाजलाई तहस नहस पार्न सफल भएको छ। कुनै बेला एउटै उदेस्य बोकेका सामाजिक ब्यक्तिहरु NRNA को कुर्चिको लागि बिचलित भएका छन भने गरिखाने मजदुर पनि एन आर एन ए को कालो बादलबाट उम्किन सकेका छैनन ।
खाडी मुलुकका हरेक ठाउँमा एन आर एन ए को रन्को छ तर नेपालीहरुले पाउने भनेको केवल समाज टुक्राउने सुपारी मात्र हो । नत दोहोरो नागरिकता नत सामुहिक लगानी कुनैपनी बिषयले नेपालीहरुलाई समेट्दैन यो ठाउमा तर पनि बगेकाछन समाजका मान्छेहरु पाटिगत लबिङ देखी सस्थागत लबिङ सम्म जस्ले सम्पूर्ण शान्ता नेपाली समाजलाई तरङित बनाएको छ भने असान्तिको कालो बादल मडारिएको छ नेपालीहरुको बिचमा । अरु केही गर्न नसकेपनी एन आर एन ए ले खाडीबाशी नेपालीहरुको बिचमा फाटो ल्याउन सफल भएको छ । केन्द्रको लबिङ देखी रन्केको एन आर एन ए को राजनीतिले सागुरो खटियामा सुत्ने पौरखी नेपालीहरुलाई अब बिभाजित बनाएको छ अनी त्यसैमा सफल भएको मान्दैछन नेपालीसमाजका अगुवहरु ।
खाडी मुलुकको नेपाली समाजमा एन आर एन ए को कालो बादल
This entry was posted in बिचार/बिमर्श. Bookmark the permalink.
यस्तो घिन लाग्दो राजनीतिक गर्ने हरुत नेपालमै बस्दा हुन्थियोनि.(कुर्ची का लोविहरु )
धन्नेवाद इन्द्र भुषाल जिउ हजुरले जस्तै अरु माननीय बुद्धिजिबी बर्गहरुले अथवा पत्रकार बन्धुहरुले पनि नबुझेका र नजान्ने साथीभाईहरुलाई सम्पूर्ण नेपाली पिडित उत्पीडित जनताहरुलाई एस्तै राम्रो सचेयसन र सल्हासुझाब दिने हो भने त हामी नेपाली जहाँ गयपनि ठग्ने थगिहरु बाट बच्न सक्ने छन् र बच्न सक्ने छौ |||||
वाह वाह वाह क्या मिठास छ इन्द्र जी हजुर को यो सु सब्द मा,
मानौ कि यो सब्द अनि विचार बिमर्स तपाई हामी जति पनि छौ जहाँ रहे पनि येउटै छात्ता मुनि हुनु पर्छ रहनु पर्छ भन्ने र त्यो विचार राख्ने एस मरु भुमि लगाएत अन्य खाडी क्षेत्र कार्यरत धेरै को चित्त बुज्दो पक्का छ ई सब्द मा,हुन सक्छ यो सब्दले धन को तुजुक अनि हामी जस्तो कोहि छैन भन्ने आफुलाई प्रचार बाजी मात्र गर्ने अनि काम चाही उही हात्ती आयो हात्ती आयो फुस्सा नत ति जेलमा रहेकी डोल्मा को समाधान हुन्छ नत हाम्रो लागि केहि हुने वाला छ ,
बिहान को अलाराम लगाउनै पर्यो
केहि सब्द गल्ति भए छेमा है