भुवन पौडेल
“आज शुक्रवार साथिहरूसगँ विदा मनाउने योजना वनाएको कस्तो भुसुक्कै विर्सिएछु । ए घडी हेर्नैपर्यो कति वजेछ हँ ? लौ हेर समयले त धेरै अगाडि पार गरि सकेछ। छिटो नुहाँएर कपडा लाएर निस्कनु पर्यो” भन्दै धने वाथरूम भित्र पस्यो । सवै साथीहरू गगनचुम्बी महलहरूको दृश्यावलोकन गर्दै उसको पर्खाइमा थिए । यतिकैमा धने हस्याङ फस्याङ गर्दै आइपुग्यो।
साथीहरू नमस्कार,
“माफ पाउँ है ढिला भएछ । नाइट डिउटीले गर्दा विहान उठ्दा सकिनछु ।” “थाहा छ तेरो वानी व्यहोरा हामीलार्इ स्पष्टीकरण भनिरहनु पर्छ र अनि पहिलो पटक ढिलो आए जस्तो हेर न” भन्दै साथीहरूले शव्द वाण हान्न थालि हाले। एउटाले भनेर नसक्दै अर्कोले थपी हाल्यो, “भै गो यसको वानि थाहा हुदाँहुदै के लार्इ चलायो मुख भरी के भन्छन चुप लागौ साथि हो ।” पढ्नेक्रम जारी राख्नुहोस्