२५५७ औं बुद्ध जयन्ती मनाइने नेपाल तामाङ घेदुङ कुवेत


लामा भाई इस्ट मान वाईबा कुवेत सिटी २०१३/५/१०

आज २०१३/मे/१० तारिक शुक्रबारका दिन मुर्गाप कन्याकुमारी रेस्टुरेन्ट स्थित भएको सोहि बैठकमा नेपाल तामाङ घेदुङ कुवेतले २५५७ औं बुद्ध जयन्ती मनाइने भएको छ

945488_576689602352023_1178920118_nसंसारभर शान्तीको ज्ञान छर्ने भगवान गौतम बुद्धको  २५५७ औं जन्म जयन्ती देश बिदेशमा भब्य रुपले मनाउने क्रम भएको छ । नेपाल मात्र होईन जहाँजहाँ भगवान गौतम बुद्धको सन्देशले छोएको छ त्यहाँ यो पवित्र दिनलाई बिभिन्न तरिकाले उहाँलाई सम्झँदै आजको दिनलाई शान्ती प्रती समर्पित गर्दै र आगामी दिनमा संसारभर शान्तीले अझै ठुलो ठाउँ लियोस भन्दै मनाउने गरिन्छ । नेपाल र नेपालीको चिनारी सगरमाथा हिमाल देखी भगवान गौतम बुद्ध अनी नेपाली धर्म र संस्क्रिती नै हुन जस्ले संसारमा नेपाललाई चिनाउँछन ।

नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष राम लामाको अध्यक्षतामा सम्पन्न भएको उक्त बैठकमा महासचिव अमृत तामाङले सञ्चालन गरेका थिए भने उपाअध्यक्ष अर्जुन तामाङ,बरिष्ठ सल्लाकार अस् बहादुर लोप्चन, महासचिव अमृत तामाङ प्रभक्त सुरेश ग्याबग तामाङ लामा गुरु लामा भाई इस्ट मान वाईबा कलाकार संयोजक डिबी लोप्चन श्याम लामा लगायत ४० जना भन्दा बढी नेपाल तामाङ घेदुङ कुवेतका कार्यसमितिहरुको उपस्थिति रहेको थियो भने आजको यस नेपाल तामाङ घेदुङ कुवेतको बिशेस बैठकमा नेपाल तामाङ घेदुङ कुवेत द्धारा यहि मे २५ तारिक सिद्धार्थ गौतम वुद्धको जन्मदिन परेको हुदा उक्त दिनै   बुद्ध जयन्ती मनाइने निर्न्य गरिएको छ |

उक्त बुद्ध जयन्ती कार्यक्रमको दिन कार्यक्रम हलमा प्रवेश गर्दा जो कोहि पनि जड रक्सि चुरोट  खाने हरु लाई  प्रवेश नगराइने  पनि   आजको बैठकले पारित गरिएको छ |600909_576690225685294_664082631_n
र कुवेतको नाजुक स्थितिले गर्दा यसपाली नेपाल तामाङ घेदुङ कुवेतले हुन गाइरहेको बुद्ध जयन्ती कार्यक्रम अलि नयाँ ढंगले गर्ने भएको छ तसर्थ नेपाल तामाङ घेदुङ कुवेतका लामा गुरुहरु बाट बौद्ध धर्म लम्बि अनुसार पुजपट साथै प्रवचन र बुद्धिजीबी साथै नेपाल तामाङ घेदुङ कुवेतका सदस्यहरु बाट प्रवचन कार्यक्रम राख्ने र सेलरोटि खाप्सी एवं सखहरिका सात २५५७ औं बुद्ध जयन्ती मनाइने भएको छ भने अन्त्यमा ४८४९ औं सोनाम ल्होछार सिडी वितरण गरि सोहि बैठक सम्पन्न भएको थियो

जे-जस्तो अफवाह फैलाउँदै गएपनी नेपालीहरुको एउटै छ मन अनी एक ढिक्का छन आफ्नो प्यारो पहिचानको लागि त्यो कायम राख्न र भगवान गौतम बुद्ध प्रतीको धार्मिक अनी शान्तीको सन्देशलाई अझै संसारमा फैलाउन तामाङ घेदुङ कुवेत प्रयास गरेको   छ ।                                  स्थान: एसिया एसिया होटल मलिया
मिती: २०१३ मे २५ तारिक सनिबार
समय: दिउसो ४ बजे देखी रति १२ बजे सम्म

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.