वैज्ञानिकले बनाए भुल्नै नदिने उपकरण


160अमेरिकी वैज्ञानिकहरुले यस्तो उपकरण तयार पारेका छन् जसले मानिसलाई भुल्ने बानीबाट मुक्त गराउनेछ । वैज्ञानिकहरुले स्मरणशक्तिको क्षयिकरण हुने अल्जाइमर रोगबाट ग्रस्त बिरामीहरुको लागि लक्षित गर्दै यस्तो माइक्रोचिप बनाएका हुन् । वैज्ञानिकहरुका अनुसार यो माइक्रोचिपले मस्तिष्कको कामलाई नियमित गर्नेछ र स्मरणशक्तिलाई मजबुत बनाउनेछ । यो माइक्रोचिप लगाएका व्यक्तिहरुले पूरानो कुरा पनि सजिलै सम्भिmन सक्ने बताइएको छ ।
आगामी दुइ वर्षभित्रमा यो चिप मानिसको मस्तिष्कमा प्रत्यारोपण गर्न सकिने विश्वास शोधकर्ताहरुको छ । दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार मस्तिष्कको हिप्पोक्याम्पस नामक भागमा यो चिपले प्रभाव जमाउनेछ, जुन भाग लामो समयसम्म घटनाको स्मरण गर्ने क्षमतासँग सम्बन्धित छ ।

वैज्ञानिकहरुले मुसा र बाँदरको मस्तिष्कमा यो चिप प्रत्यारोपण गरि यसले स्मरणशक्ति बढाइदिने कुरा प्रमाणित गरिसकेका छन् । अब सोही मुताविक यो चिप मानिसको मस्तिष्कमा समेत प्रत्यारोपण गर्ने लक्ष्य उनीहरुको छ ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  बदल्नुहोस )

Google photo

You are commenting using your Google account. Log Out /  बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  बदल्नुहोस )

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.